Trending
Prev Story
Next Story

पहिलो अमेरिकी राष्ट्रपति वासिङ्टनको कपालको एक झुप्पा ४ हजार डलरमा बिक्री

Ekantipur •
November 22, 2026 • 03:32 AM
2
2 reads 0 reactions

फ्रेममा सुरक्षित राखिएको ऐतिहासिक कपालका खरिदकर्ताको नाम सार्वजनिक गरिएको छैन, जबकि अन्य नमुना यसअघि अझ महँगोमा बिक्री भएका थिए।

पहिलो अमेरिकी राष्ट्रपति वासिङ्टनको कपालको एक झुप्पा ४ हजार डलरमा बिक्री

फ्रेममा सुरक्षित राखिएको ऐतिहासिक कपालका खरिदकर्ताको नाम सार्वजनिक गरिएको छैन, जबकि अन्य नमुना यसअघि अझ महँगोमा बिक्री भएका थिए।

काठमाडौँ — अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिङ्टनको कपालको एक झुप्पा लिलामीमा ४ हजार अमेरिकी डलरमा बिक्री भएको छ ।

फ्रेममा राखिएको उक्त कपाल सन् १७९९ मा वासिङ्टनलाई रात्रिभोजमा आमन्त्रण गर्ने जोन ग्याड्स्बीको भएको लिलामीकर्ता संस्था रिचमन्ड अक्सन्सले जनाएको छ । वासिङ्टनको सोही वर्ष निधन भएको थियो ।

संस्थाका अनुसार ग्याड्स्बीका एक वंशजबाट संकलक जोन के. ल्याटिमरले उक्त कपाल प्राप्त गरेका थिए । लिलामीमा कपाल खरिद गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।

शनिबार भएको लिलामीमा बिक्री भएको यो कपालको मूल्य वासिङ्टनका अन्य कपालको तुलनामा कम हो । सन् २०२१ मा उनको मृत्युअघि वा मृत्युपछि काटिएको मानिएका तीनवटा कपालका रेसा लकेटमा राखिएको अवस्थामा करिब ४० हजार डलरमा बिक्री भएका थिए ।

रिचमन्ड अक्सन्सको वेबसाइटमा प्रकाशित सन् १९२८ को एक बयानअनुसार ग्याड्स्बीले वासिङ्टनको निधन हुनुभन्दा केही समयअघि उनलाई रात्रिभोज दिएका थिए । ग्याड्स्बीकी नातिनी जुलिया टेन आइक म्याकब्लेयरले उक्त बयानमा हजुरबुबाले वासिङ्टनसँगको मित्रता र उनको जीवनको अन्तिम समयसँगको सम्बन्धका कारण कपाल प्राप्त गरेको उल्लेख गरेकी छन् ।

म्याकब्लेयरका अनुसार ग्याड्स्बीले उक्त कपाल फ्रेममा राखेर वासिङ्टन सिटीस्थित आफ्नो घरमा जनरल वासिङ्टनको तस्बिरमुनि झुन्ड्याएका थिए । उनले आफूले बाल्यकालदेखि नै उक्त कपाल देख्दै आएको बताएकी छन् । ग्याड्स्बीले सन् १७९८ र १७९९ मा वासिङ्टनको जन्मदिनका समारोहसमेत आयोजना गरेका थिए ।

वासिङ्टनले अमेरिकी स्वतन्त्रता संग्राममा बेलायती सेनाविरुद्ध अमेरिकी फौजको नेतृत्व गरेका थिए । त्यसमा विजय हासिल गरेपछि उनले अमेरिकी संविधानको मस्यौदा तयार पार्न योगदान दिएका थिए । सन् १७८८ मा अमेरिकाको पहिलो राष्ट्रपति बनेका उनले दुई कार्यकाल पूरा गरी सन् १७९७ मा पद छाडेका थिए ।

वासिङ्टनको कपालका अन्य नमुनासमेत सुरक्षित राखिएका छन् । तीमध्ये कम्तीमा ५० वटा नमुना उनको पूर्वनिवास माउन्ट भेर्ननमा संग्रहित छन् । उक्त स्थान अहिले संग्रहालयका रूपमा सञ्चालनमा छ ।

माउन्ट भेर्ननको वेबसाइटमा प्रकाशित एक ब्लगअनुसार १९औँ शताब्दीमा मित्र वा प्रियजनको कपाल सार्वजनिक रूपमा प्रदर्शन गर्ने चलन लोकप्रिय थियो । वासिङ्टनजस्ता सम्पन्न परिवारमा भने यो परम्परा त्यसअघि नै प्रचलनमा थियो ।

वासिङ्टनसँग सम्बन्धित अन्य सामग्री पनि लिलामीमा बिक्री हुँदै आएका छन् । गत जुलाईमा सन् १७७६ मा उनले लेखेको र हस्ताक्षर गरेको एउटा पत्र १ लाख ९ हजार ८ सय डलरमा बिक्री भएको थियो । उक्त पत्रमा बेलायती सेनाविरुद्ध लड्न कन्टिनेन्टल आर्मीका लागि सैनिक उपलब्ध गराउन आग्रह गरिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
33m ago
अमेरिकी पूर्वराष्ट्रपति जर्ज वासिङ्टनको कपालको एक झुप्पो ४ हजार डलरमा बिक्री

अमेरिकी पूर्वराष्ट्रपति जर्ज वासिङ्टनको कपालको एक झुप्पो ४ हजार डलरमा बिक्री

काठमाडौँ। अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनको कपालको एक झुप्पो लिलामीमा ४ हजार अमेरिकी डलरमा बिक्री भएको...

#कपाल #वासिङ्टन #बिक्री
Compare →
Arthasansar
23h ago
एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्रीलाई लिएर समर्थकबाट प्रश्न उठेपछि नेपाल क्रिकेट संघ (क्यान) ले स्पष्टीकरण दिएको...

#बिक्री
Compare →
Onlinekhabar
3d ago
चीनका वैज्ञानिकले बनाए कपाल पुनः उमार्ने विद्युतीय काइँयो

चीनका वैज्ञानिकले बनाए कपाल पुनः उमार्ने विद्युतीय काइँयो

चीनका वैज्ञानिकहरूले कपाल पुनः उमार्न सक्ने नयाँ विद्युतीय काइँयो विकास गरेका छन् । ‘डिट्याङ्गल’ नाम दिइएको यो काइँयोले कपाल झर्ने समस्या कम गर्नुका साथै पुनः कपाल उमार्न मद्दत गर्ने वैज्ञानिकहरूको दाबी छ । यद्यपि, यो प्रविधि …

#कपाल
Compare →
Nagarik News
3d ago
चीनले गर्यो कपाल पलाउने काइँयोको आविष्कार, मुसामा देखियो उत्साहजनक नतिजा

चीनले गर्यो कपाल पलाउने काइँयोको आविष्कार, मुसामा देखियो उत्साहजनक नतिजा

कपाल झर्ने र तालुपनको समस्याबाट चिन्तित व्यक्तिहरूका लागि वैज्ञानिकहरूले नयाँ प्रविधिको विकास गरेका छन्।

#कपाल
Compare →
Hamro Patro News
2h ago
आइतबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १४७ रूपैयाँ ९८ पैसा

आइतबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १४७ रूपैयाँ ९८ पैसा

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रूपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रूपैयाँ ५८ पैसा निर्धारण गरिएको छ...

#अमेरिकी #डलर
Compare →

Related Stories

World News
Build #2612