Trending
Prev Story
Next Story

‘आउटसोर्सिङ’ बाट माथि उठ्दै नेपालको आईटी क्षेत्र

Ekantipur •
November 22, 2026 • 05:02 AM
3
3 reads 0 reactions

सानेपामा जारी नास–आईटी एक्स्पोमा सहभागीले सरकार, अन्तर्राष्ट्रिय निकाय र निजी क्षेत्रबीच सहकार्यले नेपाली प्रविधिको क्षमता र बजार विस्तार गर्ने बताए ।

‘आउटसोर्सिङ’ बाट माथि उठ्दै नेपालको आईटी क्षेत्र

सानेपामा जारी नास–आईटी एक्स्पोमा सहभागीले सरकार, अन्तर्राष्ट्रिय निकाय र निजी क्षेत्रबीच सहकार्यले नेपाली प्रविधिको क्षमता र बजार विस्तार गर्ने बताए ।

काठमाडौँ — नेपाली प्रविधि कम्पनीको क्षमता अभिवृद्धि गर्न र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन उद्योगमैत्री नीति आवश्यक रहेको सरोकारवालाहरूले औँल्याएका छन् । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा जारी दुई दिने ‘आकाशटेल नास-आईटी एक्स्पो २०२६’ मा नेपाली प्रविधि कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सरकार, अन्तर्राष्ट्रिय निकाय र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय आवश्यक रहेकोमा सहभागीले जोड दिए ।

शनिबार उद्घाटन समारोहमा बोल्दै नास-आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली सूचना प्रविधि उद्योगका साझा समस्या समाधान र बजार विस्तार गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताए । ‘पछिल्लो दुई वर्षमा सूचना प्रविधि क्षेत्रलाई सहयोग पुग्ने गरी सरकारले विभिन्न नीतिगत सुधारका काम अघि बढाएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि आईटी उद्योगको विकास र विस्तारका लागि उद्योगमैत्री नीति तथा कार्यक्रम आवश्यक छन् ।’ नास-आईटीकी महासचिव श्रेया श्रेष्ठले नेपाली प्रविधि कम्पनीको अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना भए पनि स्वदेशी बजारमा प्रयोग अपेक्षाकृत कम रहेको धारणा राखिन् ।

सन् २०२४ को प्रतिवेदनअनुसार नेपालको सूचना प्रविधि सेवा निर्यात करिब ४० करोड अमेरिकी डलर पुगेको श्रेष्ठको भनाइ छ  । सन् २०२१ देखि २०२३ सम्म यस क्षेत्रमा ६४ प्रतिशत वृद्धि भएको तथ्यांक प्रस्तुत गर्दै उनले अन्तर्राष्ट्रिय बजारमा नेपाली प्रविधिको पहिचान बढेको उल्लेख गरिन् । सरकारले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई सूचना प्रविधि दशकका रूपमा अघि बढाउने र ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको सन्दर्भ पनि उनले जोडिन्।

एक्स्पोको पहिलो दिन शनिबार ‘फ्रम नेपाल टु द वर्ल्ड : डिप्लोमेसी, टेक्नोलोजी एण्ड ग्लोबल ग्रोथ’ शीर्षकमा प्यानल छलफल आयोजना गरिएको थियो । नास-आईटीका उपाध्यक्ष विभूषण बिष्टले सहजीकरण गरेको सत्रमा नेपालका लागि युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटलीले युरोपमा नेपाली आईटी सेवा र दक्ष जनशक्तिको ठूलो माग रहेको बताए । उनले युरोपमा सन् २०३० सम्म ५० लाख आईटी जनशक्ति अभाव हुने अनुमान रहेको उल्लेख गर्दै नेपाली कम्पनीहरूका लागि यो सुनौलो अवसर भएको धारणा राखे ।

यस्तै, बेलायतका राजदूत रब फेनले नेपाल अब ब्याक-अफिस आउटसोर्सिङको गन्तव्य मात्र नरहेको बताए । बेलायती र नेपाली कम्पनीहरू एउटै विश्वव्यापी कार्यप्रवाहमा जोडिएर अघि बढेको उनको भनाइ थियो । स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानियल म्युली मोन्टेलियोनीले नास-आईटी रोड-शोले नेपालको डिजिटल प्रतिभा र स्विस नवप्रवर्तनलाई जोड्न मद्दत गरेको बताइन् । उनले सन् २०२६ जुनमा जेनेभामा हुने एआई शिखर सम्मेलनमा नेपाली प्रविधि कम्पनीलाई सहभागी हुन आह्वानसमेत गरिन् ।

प्रदर्शनीमा यसपाली युरोपेली संघको सहयोगमा ‘स्टार्टअप पभिलियन’ समावेश गरिएको छ । उक्त पभिलियनमा नयाँ तथा प्रारम्भिक चरणका प्रविधि कम्पनीले आफ्ना नवीन प्रविधि र विचार प्रदर्शन गरिरहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
नास–आईटीले मंसिर ५ र ६ मा ललितपुरमा एक्स्पो आयोजना गर्दै

नास–आईटीले मंसिर ५ र ६ मा ललितपुरमा एक्स्पो आयोजना गर्दै

नास–आईटीले मंसिर ५ र ६ मा ललितपुरमा एक्स्पो आयोजना गर्दै सानेपास्थित हेरिटेज गार्डेनमा हुने दुई दिने एक्स्पोमा ३० भन्दा बढी प्रविधि कम्पनी, स्टार्टअप पभिलियन तथा दुई विषयगत छलफल आयोजना गरिने छ । ...

#आईटी #नास #एक्स्पो
Compare →
Onlinekhabar
4d ago
‘नास-आईटी एक्स्पो’ ५ र ६ मंसिरमा

‘नास-आईटी एक्स्पो’ ५ र ६ मंसिरमा

१ मंसिर, काठमाडौं । आकाश टेल नास-आईटी एक्स्पो २०२६ ५ र ६ मंसिरमा आयोजना हुने भएको छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज (नास-आईटी) ले यो प्रदर्शनी गर्ने भएको छ । ‘नेपालको आगामी …

#आईटी #नास #एक्स्पो
Compare →
Bizshala
4d ago
मंसिर ५ र ६ गते काठमाण्डौमा ‘नास–आईटी एक्स्पो २०२६’ हुँदै, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

मंसिर ५ र ६ गते काठमाण्डौमा ‘नास–आईटी एक्स्पो २०२६’ हुँदै, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

काठमाण्डौ । नेपाली सूचना प्रविधि उद्योगको विकास, स्टार्टअप प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय बजार विस्तारलाई लक्षित...

#आईटी #नास #एक्स्पो
Compare →

Related Stories

National (Nepal)
Build #2612