Trending
Prev Story
Next Story

‘नास-आईटी एक्स्पो’ ५ र ६ मंसिरमा

Onlinekhabar •
November 17, 2026 • 02:01 PM
5
5 reads 0 reactions

१ मंसिर, काठमाडौं । आकाश टेल नास-आईटी एक्स्पो २०२६ ५ र ६ मंसिरमा आयोजना हुने भएको छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज (नास-आईटी) ले यो प्रदर्शनी गर्ने भएको छ । ‘नेपालको आगामी …

‘नास-आईटी एक्स्पो’ ५ र ६ मंसिरमा

१ मंसिर, काठमाडौं । आकाश टेल नास-आईटी एक्स्पो २०२६ ५ र ६ मंसिरमा आयोजना हुने भएको छ ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज (नास-आईटी) ले यो प्रदर्शनी गर्ने भएको छ । ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित आयोजना हुन लागेको यस वर्षको एक्स्पोमा स्टार्टअप प्याभिलियन र दुई विषयगत छलफल हुनेछ ।

दुई दिने एक्स्पोले नेपाली प्रविधि कम्पनीलाई बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियर अवसरबारे जानकारी दिने उद्देश्य पनि एक्स्पोले लिएको छ ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नास-आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली सूचना प्रविधि क्षेत्रसँग देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने ठूलो सम्भावना रहेको बताए ।

‘नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरका प्रविधि उत्पादन तथा सेवा विकास गरिरहेका छन्, अब ती उत्पादनको बजार विस्तार, स्वदेशमै प्रयोग वृद्धि र अन्तर्राष्ट्रिय पहुँच बढाउनु आवश्यक छ, नास–आईटी एक्स्पोले नेपाली प्रविधि कम्पनीलाई बजार, लगानीकर्ता र सम्भावित साझेदारसँग जोड्दै यस दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं,’ उनले भने ।

नास-आईटी महासचिव श्रेया श्रेष्ठले एक्स्पो प्रविधि प्रदर्शन गर्ने मञ्चमात्र नभई व्यवसाय, प्रविधि र प्रतिभा जोड्ने अवसर समेत भएको बताइन् ।

एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्ल्याटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास गरी ६ क्षेत्रमा कार्यरत ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुनेछन् ।

यस वर्ष युरोपेली संघको सहयोगमा नयाँ तथा प्रारम्भिक चरणका कम्पनीलाई लक्षित गरी स्टार्टअप प्याभिलियन थप गरिएको छ । यसले स्टार्टअपहरूलाई आफ्ना नवीन विचार, उत्पादन तथा प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
नास–आईटीले मंसिर ५ र ६ मा ललितपुरमा एक्स्पो आयोजना गर्दै

नास–आईटीले मंसिर ५ र ६ मा ललितपुरमा एक्स्पो आयोजना गर्दै

नास–आईटीले मंसिर ५ र ६ मा ललितपुरमा एक्स्पो आयोजना गर्दै सानेपास्थित हेरिटेज गार्डेनमा हुने दुई दिने एक्स्पोमा ३० भन्दा बढी प्रविधि कम्पनी, स्टार्टअप पभिलियन तथा दुई विषयगत छलफल आयोजना गरिने छ । ...

#आईटी #नास #एक्स्पो
Compare →
Bizshala
8h ago
मंसिर ५ र ६ गते काठमाण्डौमा ‘नास–आईटी एक्स्पो २०२६’ हुँदै, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

मंसिर ५ र ६ गते काठमाण्डौमा ‘नास–आईटी एक्स्पो २०२६’ हुँदै, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

काठमाण्डौ । नेपाली सूचना प्रविधि उद्योगको विकास, स्टार्टअप प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय बजार विस्तारलाई लक्षित...

#आईटी #नास #एक्स्पो
Compare →
Ekantipur
1d ago
मत्स्यपोखरीमा मंसिर ५ देखि चिचिला महोत्सव

मत्स्यपोखरीमा मंसिर ५ देखि चिचिला महोत्सव

मंसिर ५ देखि ८ गतेसम्म चल्ने महोत्सवमा ३० वटा स्टल, फुड फेस्टिभल र १२.५ किलोमिटर ट्रेल रेस आयोजना हुनेछ।

#मंसिर #आयोजना
Compare →
Nagarik News
2d ago
मंसिर २ देखि ५ सम्म एमालेका तीन ठूला कार्यक्रम, यस्तो छ कार्यतालिका

मंसिर २ देखि ५ सम्म एमालेका तीन ठूला कार्यक्रम, यस्तो छ कार्यतालिका

नेकपा (एमाले) ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीन वटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ।

#मंसिर #आयोजना
Compare →

Related Stories

Business & Economy
Build #2612