Trending
Prev Story
Next Story

जंगली हात्तीको आक्रमणबाट मानवीय क्षति बढेपछि सप्तरीमा ड्रोनबाट निगरानी, जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Ekantipur •
November 22, 2026 • 01:02 AM
3
3 reads 0 reactions

हात्तीको बढ्दो चहलपहल र मानव–वन्यजन्तु द्वन्द्वको जोखिमलाई मध्यनजर गर्दै कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी र सचेतना अभियानलाई तीव्र बनाएको हो।

जंगली हात्तीको आक्रमणबाट मानवीय क्षति बढेपछि सप्तरीमा ड्रोनबाट निगरानी, जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह

हात्तीको बढ्दो चहलपहल र मानव–वन्यजन्तु द्वन्द्वको जोखिमलाई मध्यनजर गर्दै कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी र सचेतना अभियानलाई तीव्र बनाएको हो।

राजविराज — सप्तरीमा जंगली हात्तीको आक्रमणबाट मानवीय क्षति हुन थालेपछि वन डिभिजन कार्यालयले हात्तीको गतिविधि निगरानी गर्न ड्रोन क्यामरा परिचालन गरेको छ। हात्तीको बढ्दो चहलपहल र मानव–वन्यजन्तु द्वन्द्वको जोखिमलाई मध्यनजर गर्दै कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी र सचेतना अभियानलाई तीव्र बनाएको हो।

जिल्लाको सुरुङ्गा, खडक र शम्भुनाथ नगरपालिकाअन्तर्गतका वन क्षेत्रमा जंगली हात्तीको गतिविधि बढेपछि ड्रोन क्यामराको सहायताले हात्तीको अवस्थिति र आवतजावतबारे निगरानी थालिएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ।

पछिल्लो समय रातिको समयमा वन क्षेत्रबाट निस्किएका हात्ती गाउँबस्ती तथा खेतीयोग्य जमिनमा प्रवेश गर्ने क्रम बढेको छ। यसले किसान, सर्वसाधारण र स्थानीय बासिन्दाको सुरक्षामा चुनौती थपेको छ। हात्तीको आक्रमणबाट मानवीय क्षतिसमेत हुन थालेपछि स्थानीयमा त्रास बढेको छ।

गतसाता सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट ७२ वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो। उक्त घटनापछि सम्भावित जोखिम न्यूनीकरण गर्न वन कार्यालयले निगरानी र सुरक्षा सतर्कता थप कडा बनाएको हो।

डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरका अनुसार वन्यजन्तुको प्राकृतिक बासस्थान अतिक्रमण, जैविक मार्ग (करिडोर) अवरुद्ध हुनु तथा वन क्षेत्रभित्र घरटहरा निर्माण हुनुले हात्ती र मानवबीचको द्वन्द्व थप जटिल बन्दै गएको छ।

त्यस्तै, कोसी संरक्षण केन्द्र पश्चिम कुशाहाका प्रमुख वीरेन्द्र गौतमले हात्तीको बासस्थान, चरिचरण क्षेत्र र परम्परागत आवतजावत गर्ने मार्गमा मानवीय अतिक्रमण तथा अवरोध बढ्दा आहार र आवतजावतको खोजीमा हात्ती मानवबस्ती पस्ने गरेको बताए।

वन कार्यालयले प्रभावित क्षेत्रका बासिन्दालाई विशेषगरी रातिको समयमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँबस्तीमा हात्ती प्रवेश गरेको देखिएमा नजिक नजाने र तत्काल प्रहरी कार्यालय वा वन कार्यालयलाई खबर गर्नसमेत अनुरोध गरिएको छ।

जंगली हात्तीको बढ्दो गतिविधि र यसबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न ड्रोन निगरानीसँगै स्थानीयस्तरमा सचेतना र समन्वयलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

आरएन विश्वास कान्तिपुर मिडिया ग्रुपका सप्तरी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
सप्तरीमा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सप्तरीमा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

३० कात्तिक, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय गोपी चौधरी रहेको प्रहरीले जनाएको छ । ‎ ‎आइतबार बेलुक...

#हात्ती #जंगली #आक्रमण
Compare →
Nagarik News
5d ago
जंगली हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृ’त्यु

जंगली हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृ’त्यु

जंगली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको छ।

#हात्ती #जंगली #आक्रमण
Compare →
Onlinekhabar
4d ago
सप्तरीमा जंगली हात्तीको बथान गाउँ पस्न थालेपछि स्थानीय त्रसित

सप्तरीमा जंगली हात्तीको बथान गाउँ पस्न थालेपछि स्थानीय त्रसित

२ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर गाउँमा जंगली हात्तीको बथान रातिको समयमा गाउँ प्रवेश गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्। ‎ ‎स्थानीयका अनुसार विगत तीन दिनदेखि चुरे जंगलबाट बेलुका गाउँ पस्ने र बिहान करिब …

#हात्ती #जंगली #सप्तरी
Compare →
Bizshala
1d ago
निर्माण आयोजनाको सबै जोखिम ठेकेदारमाथि थोपर्न पाइँदैन : अध्यक्ष पाण्डे

निर्माण आयोजनाको सबै जोखिम ठेकेदारमाथि थोपर्न पाइँदैन : अध्यक्ष पाण्डे

काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण आयोजनामा देखिने सबै प्रकारका जोखिम...

#जोखिम
Compare →

Related Stories

Business & Economy
Build #2612