Trending
Prev Story
Next Story

अस्ट्रेलियाकी गभर्नर जनरलले भनिन्- दोस्रो पुस्ताका नेपालीले गभर्नर जनरल बन्ने सपना देखून्’

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

२४ असोज, क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित गभर्नर जनरलको सरकारी निवास वर्षमा एक दिन सर्वसाधारणका लागि खुला हुँदा यसपटक नेपाली समुदायका लागि विशेष रह्यो। हजारौँ आगन्तुकको भिडमा अस्ट्रेलियाका गभर्नर जनरल साम मोस्टिनले नेपालीको इमानदारी र मेहनतको …

अस्ट्रेलियाकी गभर्नर जनरलले भनिन्- दोस्रो पुस्ताका नेपालीले गभर्नर जनरल बन्ने सपना देखून्’

२४ असोज, क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित गभर्नर जनरलको सरकारी निवास वर्षमा एक दिन सर्वसाधारणका लागि खुला हुँदा यसपटक नेपाली समुदायका लागि विशेष रह्यो।

हजारौँ आगन्तुकको भिडमा अस्ट्रेलियाका गभर्नर जनरल साम मोस्टिनले नेपालीको इमानदारी र मेहनतको खुलेर प्रशंसा मात्र गरिनन्, नेपाली युवालाई देशकै सर्वोच्च पदसम्म पुग्ने सपना देख्न प्रेरितसमेत गरिन्।

शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र खुला गरिएको उक्त निवासमा हजारौँ मानिसको घुइँचो लागेको थियो। सामान्यतया अति विशिष्ट पाहुनालाई मात्र प्रवेश दिइने बैठक कक्ष, बसोबास क्षेत्र, ग्यालरी र सुन्दर बगैँचामा सर्वसाधारणले सहजै अवलोकन गर्न पाए।

अर्को वर्ष निर्माणको एक शताब्दी पूरा गर्न लागेको यस ऐतिहासिक भवनको हरियाली चौरमा धेरै परिवारले पिकनिक मनाउँदै रमणीय वातावरणको आनन्द लिएका थिए।

नेपालको विपत्तिप्रति गभर्नर जनरलको चासो

अवलोकनका क्रममा गभर्नर जनरल मोस्टिनले अनलाइनखबरसँग कुराकानी गर्दै नेपालमा हालै गएको बाढीपहिरो, उद्धार र पुनर्निर्माणको अवस्थाबारे गहिरो चासो र सहानुभूति व्यक्त गरिन्।

उनले अस्ट्रेलियाको विकासमा यहाँ बसोबास गर्ने नेपालीहरूले देखाएको इमानदारी र मेहनतको मुक्तकण्ठले प्रशंसा गर्दै नेपाली खानपान र संस्कृतिप्रति आफ्नो विशेष रुचि रहेको बताइन्।

नेपाली युवालाई सर्वोच्च पदको लक्ष्य राख्न प्रेरणा

सोही अवसरमा प्रान्तीय निर्वाचनमा उम्मेदवार बनेकी नेपाली मूलकी राजनीतिज्ञ स्नेहा लता केसीले पनि गभर्नर जनरल मोस्टिनसँग भेट गरिन्।

भेटपछि अनलाइनखबरसँग कुरा गर्दै केसीले भनिन्, ‘गभर्नर जनरलले दोस्रो पुस्ताका नेपाली मूलका युवाहरूलाई ठूला सपना देख्न र भविष्यमा अस्ट्रेलियाकै गभर्नर जनरल बन्नेसम्मको उच्च लक्ष्य राख्न प्रोत्साहित गर्नुभयो।’

तिमल्सिना अस्ट्रेलिया क्यान्बेरामा कार्यरत सञ्चारकर्मी हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
अस्ट्रेलियामा दोस्रो पुस्तादेखि नेपालबाट आएका अभिभावकसम्मले मनाए भव्य रूपमा भाइटीका

अस्ट्रेलियामा दोस्रो पुस्तादेखि नेपालबाट आएका अभिभावकसम्मले मनाए भव्य रूपमा भाइटीका

• अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले भाइटीका चाड हर्षोल्लासका साथ मनाएका छन्। • दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, माला र मिठाई लगाइदिएर सुख, शान्ति र दीर्घायुको कामना गरेका छन्। • नयाँ पुस…

#अस्ट्रेलिया #पुस्ता
Compare →
Arthasansar
3d ago
आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर प्रकरण’मा टोलीका सबै सदस्यलाई बल टेम्परिङबारे जानकारी रहेको दाबी गरेका...

#अस्ट्रेलिया
Compare →
Ekantipur
6d ago
ढाकाटोपीमा सजिए अस्ट्रेलियाका प्रधानमन्त्री, गरे नेपाली समुदायको प्रशंसा

ढाकाटोपीमा सजिए अस्ट्रेलियाका प्रधानमन्त्री, गरे नेपाली समुदायको प्रशंसा

नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री पहिलो पटक सहभागी

#अस्ट्रेलिया
Compare →
Nagarik News
1w ago
अमेरिकाको चुनाव : रिपब्लिकनको गढमा डेमोक्रेटिकको ऐतिहासिक जित, गभर्नर र सिनेटमा उलटफेर

अमेरिकाको चुनाव : रिपब्लिकनको गढमा डेमोक्रेटिकको ऐतिहासिक जित, गभर्नर र सिनेटमा उलटफेर

टेक्सास, जर्जिया, आयोवा र ओहायोजस्ता राज्यमा डेमोक्रेटिकको जितले अमेरिकी राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन ल्याएको छ।

#गभर्नर
Compare →

Related Stories

National (Nepal)
Build #2612