Trending
Prev Story
Next Story

अमेरिकाको चुनाव : रिपब्लिकनको गढमा डेमोक्रेटिकको ऐतिहासिक जित, गभर्नर र सिनेटमा उलटफेर

Nagarik News •
November 04, 2026 • 11:03 AM
1
1 reads 0 reactions

टेक्सास, जर्जिया, आयोवा र ओहायोजस्ता राज्यमा डेमोक्रेटिकको जितले अमेरिकी राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन ल्याएको छ।

अमेरिकाको चुनाव : रिपब्लिकनको गढमा डेमोक्रेटिकको ऐतिहासिक जित, गभर्नर र सिनेटमा उलटफेर

अमेरिकाको चुनावमा लामो समयदेखि रिपब्लिकनको राजनीतिक पकडमा रहेका राज्यहरूमा डेमोक्रेटिकले ऐतिहासिक सफलता हासिल गरेका छन्।

टेक्सास, जर्जिया, आयोवा र ओहायोजस्ता राज्यमा डेमोक्रेटिकको जितले अमेरिकी राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन ल्याएको छ।

यस नतिजासँगै दुई दशकपछि पहिलोपटक डेमोक्रेटिकहरूले गभर्नर पदमा बहुमत हासिल गरेका छन्।

मध्यावधि निर्वाचनको सन्दर्भमा यो जितलाई पार्टीका लागि ठूलो राजनीतिक उपलब्धिका रूपमा हेरिएको छ।

राष्ट्रपति निर्वाचनका लागि महत्वपूर्ण मानिने जर्जियामा केइशा लान्स बटम्सको जित विशेष चर्चामा रहेको छ। उनी अमेरिकामा गभर्नर निर्वाचित हुने पहिलो अश्वेत महिला बनेकी छन्।

डेमोक्रेटिकहरूले अन्य रिपब्लिकन प्रभावशाली राज्यहरूमा समेत सफलता हासिल गरेका छन्।

आयोवा, ओहायो र टेक्सासमा भएको जितले परम्परागत रूपमा रिपब्लिकनको प्रभाव रहेको क्षेत्रमा पनि डेमोक्र्याटहरूको समर्थन विस्तार भइरहेको संकेत गरेको छ।

२०२४ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले सहज जित हासिल गरेका राज्यहरूमा समेत डेमोक्र्याटहरूको सफलता उल्लेखनीय देखिएको छ।

अमेरिकाका ५० गभर्नर पदमध्ये २६ पदमा रिपब्लिकनहरूको नियन्त्रण रहेको अवस्थामा आगामी राजनीतिक समीकरणमा डेमोक्रेटिकहरूको प्रभाव बढ्ने देखिएको छ।

गभर्नर निर्वाचनसँगै अमेरिकी सिनेटमा पनि डेमोक्रेटिकहरूले महत्वपूर्ण सिटहरू आफ्नो पक्षमा पारेका छन्।

रिपब्लिकनहरूको प्रभाव रहेको राज्यमा भएको अप्रत्याशित जितले आगामी राजनीतिक प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

जेम्स टालारिको, टेक्सास : रिपब्लिकन केन प्याक्सटनलाई पराजित गर्दै ३२ वर्षपछि टेक्सासमा राज्यव्यापी चुनाव जित्ने पहिलो डेमोक्र्याट बने।

एडम ह्यामिल्टन, क्यान्सस : रिपब्लिकन रोजर मार्शललाई पराजित गर्दै सन् १९३२ पछि पहिलोपटक क्यान्ससमा डेमोक्रेटिकहरूले सिनेट सिट जिते।

जोश टुरेक, आयोवाः ट्रम्पले १४ प्रतिशतले जितेको राज्यमा टुरेकले सिनेटको प्रतिस्पर्धा ४ प्रतिशत अंकले जिते।

एनी एन्ड्रयूज, साउथ क्यारोलिनाः ट्रम्प समर्थक उम्मेदवारलाई पराजित गर्दै कम्तीमा ४ प्रतिशतको अन्तरले जित हासिल गरिन्।

रोय कूपर, उत्तरी क्यारोलिनाः रिपब्लिकन माइक ह्वाट्लीलाई लगभग २० प्रतिशत अंकले पराजित गर्दै ठूलो जित हासिल गरे।

ट्रय ज्याक्सन, मेनः सिनेटर सुसान कोलिन्सलाई लगभग ७ प्रतिशत अंकले पराजित गर्दै रिपब्लिकनको सिट डेमोक्र्याटहरूले फिर्ता लिए।

शेरोड ब्राउन, ओहायोः रिपब्लिकन जोन हस्टेडलाई लगभग ४ प्रतिशत अंकले पराजित गरे।

अब्दुल अल–सयद, मिशिगनः रिपब्लिकन माइक रोजर्सलाई पराजित गर्दै अमेरिकाको पहिलो मुस्लिम सिनेटर बन्ने ऐतिहासिक उपलब्धि हासिल गरे।

अमेरिकी चुनावी इतिहासमा चार ऐतिहासिक उपलब्धि

यस निर्वाचनले अमेरिकी राजनीतिक इतिहासमा केही महत्वपूर्ण पहिलो उपलब्धिहरू पनि थपेको छ।

अब्दुल अल–सयद: अमेरिकाको पहिलो मुस्लिम सिनेटर।

केइशा लान्स बटम्स: अमेरिकामा गभर्नर निर्वाचित हुने पहिलो अश्वेत महिला।

क्रिस पप्पास : न्यू ह्याम्पशायरबाट सिनेटमा निर्वाचित हुने पहिलो खुला समलिङ्गी पुरुष।

डेब हालान्ड : न्यू मेक्सिकोमा गभर्नर निर्वाचित हुने पहिलो आदिवासी अमेरिकी महिला।

धेरै राज्यमा मतगणना जारी रहँदा पनि यी नतिजाले अमेरिकी राजनीतिमा नयाँ अध्याय सुरु भएको संकेत गरेका छन्।

रिपब्लिकनहरूको परम्परागत राजनीतिक पकड कमजोर हुँदै गएको र डेमोक्रेटिकहरूले नयाँ निर्वाचन क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिरहेको देखिएको छ। यी जितहरूले अमेरिकी राजनीतिक प्रतिस्पर्धालाई थप तीव्र बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १६:४८ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1d ago
मिसिसिपीमा डेमोक्रेटिक पार्टीको ऐतिहासिक जित, १४० वर्षपछि अश्वेत नेता विजयी

मिसिसिपीमा डेमोक्रेटिक पार्टीको ऐतिहासिक जित, १४० वर्षपछि अश्वेत नेता विजयी

अमेरिकी राज्य मिसिसिपीमा भएको सिनेट निर्वाचनमा डेमोक्रेटिक पार्टीका स्कट कोलोम विजयी भएका छन् । दशकौँदेखि रिपब्लिकन पार्टीको बलियो पकड रहेको यस...

#डेमोक्रेटिक #ऐतिहासिक
Compare →
Hamro Patro News
4d ago
अमेरिकाको मिसिसिपीमा सिनेट निर्वाचनको मतगणनामा विवाद, पुनः मतगणना हुन सक्ने

अमेरिकाको मिसिसिपीमा सिनेट निर्वाचनको मतगणनामा विवाद, पुनः मतगणना हुन सक्ने

काठमाडौं : अमेरिकाको मिसिसिपी राज्यमा सिनेट निर्वाचनको नतिजालाई लिएर विवाद चर्किएको छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार स्कट कोलोमले रिपब्लिकन उम्मेदवार तथा वर्तमान सिनेटर सिन्डी हाइड–स्मिथलाई झिनो ...

#अमेरिका #सिनेट
Compare →
Onlinekhabar
1d ago
अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपालीले गर्ने व्यवसाय के–के होलान ? यो प्रश्नको उत्तरमा प्रायः रेस्टुरेन्ट, ग्यास स्टेसन र ब्यूटी सलुनजस्ता व्यवसायको नाम आउँछ । तर ठूला ब्रान्डेड होटल, होटल, आवासीय बस्ती र र व्यवसायिक भवन निर्माणजस्ता ठूला लगानीका …

#अमेरिका
Compare →
Ekantipur
3d ago
एनभिडिया प्रमुख जेन्सनको विवाहेत्तर सम्बन्धले अमेरिकामा किन भइरहेको छ हलचल ?

एनभिडिया प्रमुख जेन्सनको विवाहेत्तर सम्बन्धले अमेरिकामा किन भइरहेको छ हलचल ?

चिनियाँ जासुस भएको आरोप लागेकी महिलासँग एनभिडियाका सीईओ जेन्सन हुआङको विवाहेत्तर सम्बन्धबारे अमेरिकी गुप्तचर निकायले छानबिन थालेपछि प्रविधि, भूराजनीति र राष्ट्रिय सुरक्षासँग जोडिएको बहस चर्किएको छ ।

#अमेरिका
Compare →

Related Stories

World News
Build #2612