Trending
Prev Story
Next Story

एनभिडिया प्रमुख जेन्सनको विवाहेत्तर सम्बन्धले अमेरिकामा किन भइरहेको छ हलचल ?

Ekantipur •
November 10, 2026 • 10:32 AM
1
1 reads 0 reactions

चिनियाँ जासुस भएको आरोप लागेकी महिलासँग एनभिडियाका सीईओ जेन्सन हुआङको विवाहेत्तर सम्बन्धबारे अमेरिकी गुप्तचर निकायले छानबिन थालेपछि प्रविधि, भूराजनीति र राष्ट्रिय सुरक्षासँग जोडिएको बहस चर्किएको छ ।

एनभिडिया प्रमुख जेन्सनको विवाहेत्तर सम्बन्धले अमेरिकामा किन भइरहेको छ हलचल ?

चिनियाँ जासुस भएको आरोप लागेकी महिलासँग एनभिडियाका सीईओ जेन्सन हुआङको विवाहेत्तर सम्बन्धबारे अमेरिकी गुप्तचर निकायले छानबिन थालेपछि प्रविधि, भूराजनीति र राष्ट्रिय सुरक्षासँग जोडिएको बहस चर्किएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा अहिले एउटा प्रेम सम्बन्धका बारेमा खुबै चर्चा छ । चर्चामात्रै होइन, यस प्रेम सम्बन्धका बारेमा अमेरिकाले छानबिनसमेत सुरु गरिसकेको छ । के कुनै व्यक्तिबीचको सामान्य प्रेम सम्बन्धका बारेमा छानबिन भएको हो ? होइन । यो एउटा असाधारण सम्बन्ध मानिएको छ, अझ अमेरिकाका लागि त रणनीतिक हिसाबले संवेदनशील ।

यो सम्बन्धको कथा हो, बहुचर्चित टेक कम्पनी एनभिडिया का प्रमुख कार्यकारी जेन्सन हुआङको चिनियाँ जासुस भनिएकी महिलासँगको विवाहेत्तर सम्बन्ध का बारेमा । सिंगापुरस्थित एक डेटा सेन्टरकी पूर्वसीईओ एलिस हुआङसँग जेन्सनको सम्बन्ध अब परिवारको दायराभन्दा धेरै परसम्म पुगिसकेको छ र यो प्रविधि, भूराजनीति र राष्ट्रिय सुरक्षासँग जोडिएको छ । अझ यो अमेरिका र चीनबीचको प्रतिद्वन्द्वितासँग पनि जोडिएको छ ।

अब त जेन्सनले आफ्नी श्रीमतीलाई मात्र होइन, अमेरिकालाई समेत धोका दिइरहेका छन् कि भन्ने कुरासँग पनि जोडिएको छ । सोही कारण अमेरिकी गुप्तचर संस्था एफबीआईले यसबारे छानबिन थालेको छ । न्युयोर्क टाइम्सका अनुसार एलिस हुआङ चीनका लागि जासुसी गरिरहेकी थिइन् । अधिकारीहरूको विश्वास छ– जेन्सन र एलिसबीच घनिष्ठ सम्बन्ध थियो ।

जेन्सनले आफ्ना कर्मचारीहरूलाई पठाएको इमेलमा पनि आफ्नी श्रीमतीलाई धोका दिएको स्वीकार गर्दै श्रीमती र सन्तानलाई गहिरो चोट पुगेकोमा माफी मागेका छन् ।

यो विवादपछि एनभिडियाको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ भने कम्पनीले जेन्सन र एलिसबीचको सम्बन्धका बारेमा आन्तरिक छानबिन सुरु गरिसकेको छ । संदिग्ध चिनियाँ जासुससँगको सम्बन्ध लुकाएर सेयरधनीहरूलाई गुमराहमा राखेको र राष्ट्रिय सुरक्षा जोखिम निम्त्याएको आरोप लगाउँदै लगानीकर्ताहरूले क्यालिफोर्नियाको अदालतमा सामूहिक मुद्दा दायर गरेका छन् । यससँगै उनीहरूले चीनतर्फ हुने एआई चिप बिक्रीमा थप कडाइ र प्रतिबन्ध लगाउने रक्षा विधेयक पारित गर्न माग गरेका थिए । जेन्सन एनभिडियाका पाँचौँ ठूला सेयरधनी हुन्, कम्पनीमा उनको ३.६ प्रतिशत सेयर रहेको छ ।

कम्पनीले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचना चुहिएको कुनै आधार नभएको दाबी गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नजिकका सहयोगी जेन्सनमाथि लागेको आरोपप्रति आश्चर्य व्यक्त गरेका छन् । ट्रम्पका अनुसार जेन्सनले चिनियाँ महिला जासुस हुन् भन्ने कुरा आफूलाई जानकारी नभएको जवाफ दिएका छन् ।

के हो यो प्रकरण र को हुन् एलिस हुआङ, जससँगको सम्बन्धका बारेमा अमेरिकी गुप्तचर निकायले नै छानबिन गर्नुपर्ने अवस्था आइपरेको छ ?

गत अक्टोबर २९ मा न्युयोर्क टाइम्सले एलिस हुआङ नामकी चिनियाँ महिलाले एनभिडियाको प्रविधिबारे सूचना प्राप्त गर्ने उद्देश्यले जेन्सनसँग निकट सम्बन्ध बनाउन खोजेको समाचार प्रकाशित गरेको थियो । एलिस सिंगापुरको डेटा कम्पनी मेगास्पिडको नेतृत्वमा सन् २०२३ को मार्चदेखि नोभेम्बरसम्म कार्यरत थिइन् । मेगास्पिड एनभिडियाको ठूलो खरिदकर्ता हो । यो कम्पनीमाथि एनभिडियाका चिपहरू चीन पठाउन सहयोग गरेको आशंका गरिएको थियो । यद्यपि एनभिडियाले यस विषयमा छानबिन गर्दा आरोप गलत साबित भएको बताएको छ । सिंगापुरको सरकारले पनि यस आरोपका बारेमा मेगास्पिडमाथि छानबिन गरिरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार निगरानीका क्रममा एलिस हुआङ र एक अमेरिकी नागरिकबीच कुराकानी भएको पत्ता लागेको थियो । पछि अनमास्किङ प्रक्रियामार्फत ती अमेरिकी नागरिक जेन्सन हुआङ भएको पत्ता लागेको थियो । यद्यपि एलिसले कुन जानकारी बेइजिङसम्म पुर्‍याएकी थिइन् कि थिइनन्, खुलेको छैन ।

चीनले भने जासुसीको यस आरोपलाई अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबारको नियमित प्रेस ब्रिफिङमा आरोपहरू पूर्ण रूपमा आधारहीन, अनुमानमा आधारित र चीनलाई बदनाम गर्ने उद्देश्यले लगाइएको जनाए ।

किन यो विषय अझ बढी महत्त्वपूर्ण छ ?

चीन र अमेरिकाबीच कृत्रिम बौद्धिकतालगायतका प्रविधिमा प्रभुत्व जमाउने प्रतिस्पर्धा अहिले तीव्र रूपमा चलिरहेको छ । एआईको क्षेत्रमा अमेरिकाको अग्रताको एउटा ठूलो कारण एनभिडियाजस्ता अमेरिकी कम्पनीहरू हुन् । एआई प्रविधिको विस्तारसँगै एनभिडियाका चिपको माग बढेको छ । ओपनएआई, एन्थ्रोपिक, मेटा, गुगलजस्ता कम्पनीले विकास गरेका ठूला भाषा मोडलका लागि एनभिडियाले चिप उत्पादन गर्दै आएको छ ।

सन् २०२२ देखि अमेरिकाले विभिन्न किसिमका निर्यात प्रतिबन्धहरू लागू गरेको छ, ताकि सबैभन्दा उन्नत प्रविधि चीनसम्म नपुगोस् । चीन एआईको क्षेत्रमा अगाडि बढे सैन्य र निगरानी क्षमतालाई तीव्र गतिमा अगाडि बढाउन सक्ने अमेरिकी आशंका छ ।

सन् १९६३ मा ताइवानमा जन्मिएका जेन्सन हुआङ ९ वर्षको छँदा बाबुआमा अमेरिका पुगेका थिए । ओरेगन स्टेट युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङको डिग्री हासिल गरेका उनले स्टानफोर्ड युनिभर्सिटीबाट मास्टर्स डिग्री लिएका थिए । एनभिडियामा प्रवेश गर्नुअघि उनले अमेरिकी चिप निर्माता कम्पनी एएमडीमा काम गरेका थिए । ब्लुमबर्गका अनुसार उनको कुल सम्पत्ति १५५ अर्ब डलर छ ।

जेन्सनले सन् १९९३ मा क्रिस मलाकोभ्स्की र कुर्टिस प्रिएमसँग मिलेर एनभिडिया स्थापना गरेका थिए, जसले सुरुमा कम्प्युटर गेमहरूका लागि आवश्यक चिप्स उत्पादन गर्थ्यो । पछिल्ला दशकमा यसले एआईमा ध्यान केन्द्रित गर्दै वर्चस्व जमाएको छ । यसको कुल सम्पत्ति अहिले ४.५ ट्रिलियन डलर पुगेको छ ।

यो विवादपछि पनि एनभिडियाको सञ्चालक समितिले जेन्सन र उनको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै तत्काल नहटाइने जनाएको छ ।

अमृत अमृत दाहाल कान्तिपुर टिभीमा डेस्क एडिटर हुन् । समसामियक विषय र अन्तराष्ट्रिय मामिलामा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
आफ्नै कर्मचारीसँग दोस्रो विवाहेत्तर सम्बन्धको खुलासासँगै एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

आफ्नै कर्मचारीसँग दोस्रो विवाहेत्तर सम्बन्धको खुलासासँगै एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

आफ्नै कर्मचारीसँग दोस्रो विवाहेत्तर सम्बन्धको खुलासासँगै एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा २२ मिनेट अघि काठमाडौँ : चिनिया महिलासँगको विवाहेत्तर सम्बन्ध सार्वजनिक भएसँगै संकटमा परेका विश...

#सम्बन्ध #विवाहेत्तर #एनभिडिया
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#एनभिडिया #जेन्सन
Compare →
Onlinekhabar
1d ago
जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

२६ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङको दोस्रो अफेयर बारे पनि खुलासा भएको छ। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, हुआङको एनभिडियाकै एक महिला अधिकारीसँग अफेयर थियो। ती अधिकारीको पहिचान कम्पनीकी हेल्थकेयर …

#एनभिडिया #सम्बन्ध
Compare →
Nagarik News
14h ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#एनभिडिया
Compare →
Bizshala
14h ago
एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्...

#एनभिडिया
Compare →

Related Stories

World News
Build #2611