Trending
Prev Story
Next Story

गगन थापासँग राम्रो कुराकानी भयो: अध्यक्ष ओली

Nagarik News •
November 04, 2026 • 11:12 AM
1
1 reads 0 reactions

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति गगन थापासँगको भेटवार्ता सकारात्मक भएको बताएका छन्।

गगन थापासँग राम्रो कुराकानी भयो: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति गगन थापासँगको भेटवार्ता सकारात्मक भएको बताएका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले मङ्गलबार थापासँग भएको भेटबारे पुष्टि गरेका हुन्।

सभापति थापासँगको भेटवार्ताका विषयमा पत्रकारहरूले राखेको जिज्ञासामा अध्यक्ष ओलीले भने - ‘उहाँसँग खास राम्रो कुरा भयो, राजनीतिक कुराकानीहरू भए।’

यसै क्रममा सञ्चारकर्मीहरूले नयाँ प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिबारे सोधेको प्रश्नमा अध्यक्ष ओलीले बालेन सरकारमाथि व्यङ्ग्य गरे।

डा. मनोज केसीलाई आइजिपी बनाइएको विषयमा टिप्पणी गर्दै उनले भने - ‘उहाँहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला।’

प्रकाशित: १८ कार्तिक २०८३ १६:५७ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
‘बात बहादुर’ होइन ‘काम बहादुर’ बनौं: ओली

‘बात बहादुर’ होइन ‘काम बहादुर’ बनौं: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंसको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्न आह्वान गरेका छन्। उनले नागरिकलाई कुरा मात्र गर्ने ‘बात...

#केपी-ओली #नेकपा #ओली
Compare →
Onlinekhabar
4d ago
सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीति खलबलियो : केपी ओली

सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीति खलबलियो : केपी ओली

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंशको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन्। सोमबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको बडादसैँ, शुभदीपावली, …

#केपी-ओली #नेकपा #ओली
Compare →

Related Stories

Politics & Governance
Build #2611