Trending
Prev Story
Next Story

पाहुना टोली पोखरालाई १० गोलले हराउँदै झापाको विजयी सुरुवात

Nagarik News •
November 21, 2026 • 03:02 PM
1
1 reads 0 reactions

स्याङताङको ह्याट्रिकको मद्दतले पाहुना टोली आरएस पोखरा फुटबल क्लबलाई १०-० गोलले हराउँदै झापा ११ फुटबल क्लबले विजयी सुरुवात गरेको छ।

पाहुना टोली पोखरालाई १० गोलले हराउँदै झापाको विजयी सुरुवात

स्याङताङको ह्याट्रिकको मद्दतले पाहुना टोली आरएस पोखरा फुटबल क्लबलाई १०-० गोलले हराउँदै झापा ११ फुटबल क्लबले विजयी सुरुवात गरेको छ।

झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा शनिबार भएको ‘दोस्रो झापा महिला गोल्डकप फुटबल’ प्रतियोगिताको उद्घाटन खेलमा पोखरालाई भारी गोलअन्तरमा पराजित गर्दै झापाले सेमिफाइनल यात्रा पक्का गरेको हो।

झापाको जितमा सजिना स्याङताङले ह्याट्रिकसहित सर्वाधिक चार गोल गरिन्। ममता राउतले दुई तथा सेमिहाङमा लिम्बू, सञ्जु तामाङ, अञ्जली चन्द र पुनम चेम्जोङले समान एक-एक गोल गरे। खेलको प्लेयर अफ द म्याच घोषित सजिनाले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

एकपक्षीय खेलमा झापाले पोखरालाई दबाबमा राखेको थियो। खेल अवधिभर पोखराले झापाको पोस्टमा गोलको अवसर सिर्जना गर्न नसक्दा ८ गोल खाएको थियो भने मध्यान्तरपछि थप २ गोल खाएको थियो।

झापाले पहिलो गोलका लागि खेलको ३६औँ मिनेट पर्खिनुपर्‍यो। पहिलो गोल सेमिहाङमा लिम्बूले गरिन्। अञ्जली चन्दले गरेको कर्नर प्रहारमा डिबक्समा रहेकी उनले वान टचमा गोल गरिन्। ४१औँ मिनेटमा सजिना स्याङताङले गोल थप्दै २-० ले अगाडि रहेको झापाका लागि ५५औँ मिनेटमा सजिनाले नै व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन्।

६५औँ मिनेटमा वैकल्पिक खेलाडी सञ्जु तामाङले मैदानको मध्यभागबाट सिंगल खेल्दै सुन्दर गोल गरिन्। सञ्जुले गोल गरेलगत्तै सजिनाले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। ७४औँ मिनेटमा ममता राउतले गोल थपिन्। ७८औँ मिनेटमा अर्को गोल थप्दै झापालाई बलियो अवस्थामा पुर्‍याइन्।

ह्याट्रिक पूरा गरेकी सजिनाले ८०औँ मिनेटमा गोल थपिन्। ८५औँ मिनेटमा पुनम चेम्जोङले पोखराका खेलाडीबाट रिबाउन्ड भएको बललाई डिबक्समा रहेर गरेको कडा प्रहार गोल भएको थियो। खेलको अतिरिक्त समयमा अञ्जली चन्दले गोल गर्दै १०-० को अवस्थामा खेललाई पुर्‍याइन्।

आइतबार विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब र भारतको एभी एफसीबीच खेल हुनेछ। प्रतियोगितामा आयोजक झापा-११ सहित आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको एभी फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुवन आर्मी एफसी र सशस्त्र प्रहरीको एपीएफ एफसीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट एक खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित: ५ मंसिर २०८३ २०:४७ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
46m ago
पाहुना टोली पोखरालाई १० गोलले हराउँदै झापाको विजयी सुरुवात

पाहुना टोली पोखरालाई १० गोलले हराउँदै झापाको विजयी सुरुवात

स्याङताङको ह्याट्रिकको मद्दतले पाहुना टोली आरएस पोखरा फुटबल क्लबलाई १०-० गोलले हराउँदै झापा ११ फुटबल क्लबले विजयी सुरुवात गरेको छ। झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा शनिबार भएको ‘दोस्रो झापा मह...

#झापा #फुटबल #पोखरा
Compare →
Ekantipur
1d ago
आयोजक स्वर्णिमलाई ६ गोलले हराउँदै पुलिस धरान महिला गोल्डकपको फाइनलमा

आयोजक स्वर्णिमलाई ६ गोलले हराउँदै पुलिस धरान महिला गोल्डकपको फाइनलमा

बिहीबार राति धरान रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक स्वर्णिम फुटबल क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिसले उपाधि भिडन्त पक्का गरेको हो ।

#गोल #हराउँदै
Compare →
Onlinekhabar
2d ago
पोखरामा माछापुच्छ्रे दौड आयोजना हुँदै

पोखरामा माछापुच्छ्रे दौड आयोजना हुँदै

३ मंसिर, पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड’ आगामी मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ । बैंकले नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस प्रतियोगिताको सञ्चालक हिमालयन …

#पोखरा
Compare →
Arthasansar
2d ago
पोखरामा माछापुच्छ्र्रे दौड २०२६ आयोजना हुदै

पोखरामा माछापुच्छ्र्रे दौड २०२६ आयोजना हुदै

माछापुच्छ्र्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्र्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ । माछापुच्छ्रे बैंकले...

#पोखरा
Compare →
Bizshala
2d ago
माछापुच्छ्रे बैंकको प्रयोजनमा पोखरामा मंसिर २६ गते दौड हुँदै

माछापुच्छ्रे बैंकको प्रयोजनमा पोखरामा मंसिर २६ गते दौड हुँदै

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा आयोजना...

#पोखरा
Compare →

Related Stories

Sports
Build #2612