Trending
Prev Story
Next Story

पोखरामा माछापुच्छ्र्रे दौड २०२६ आयोजना हुदै

Arthasansar •
November 19, 2026 • 11:05 AM
2
2 reads 0 reactions

माछापुच्छ्र्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्र्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ । माछापुच्छ्रे बैंकले...

पोखरामा माछापुच्छ्र्रे दौड २०२६ आयोजना हुदै

माछापुच्छ्र्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्र्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ । माछापुच्छ्रे बैंकले नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस प्रतियोगिताको सञ्चालक हिमालयन ट्रेल रनिङ संग सहकार्य गरेको हो ।

प्रतियोगिताले स्वस्थ जीवनशैलीको प्रवद्र्धन तथा पोखराको साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ । प्रतियोगिहरूले आफ्नो क्षमता र रुचि अनुसार ५ किलोमिटर, १२ किलोमिटर (कर्पोरेट विधा), २१ किलोमिटर र ४२ किलोमिटर गरी चार विधामा सहभागी हुन सक्नेछन् । इच्छुक धावकहरूले आयोजकको आधिकारिक वेबसाइट https://himalayantrailrunning.com/events/machhapuchhre-daud-2026/register?category=5f60eac9-5fb2-4232-8080-63585df069d0 मार्फत आफूलाई उपयुक्त विधा छनोट गरी अनलाइन दर्ता गर्न सक्नेछन् ।

बढ्दो व्यस्त जीवनशैली र शारीरिक निष्क्रियताका बीच नियमित व्यायाम तथा खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले माछापुच्छ्र्रे बैंकले यस प्रतियोगितामा सहकार्य गरेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
41m ago
माछापुच्छ्रे बैंकको प्रयोजनमा पोखरामा मंसिर २६ गते दौड हुँदै

माछापुच्छ्रे बैंकको प्रयोजनमा पोखरामा मंसिर २६ गते दौड हुँदै

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा आयोजना...

#पोखरा #दौड
Compare →
Onlinekhabar
8h ago
पोखरा घुम्न आएकी ग्रिसकी नागरिक तिलहरी चोरी आरोपमा पक्राउ

पोखरा घुम्न आएकी ग्रिसकी नागरिक तिलहरी चोरी आरोपमा पक्राउ

३ मंसिर, पोखरा । पोखराको एक सुनचाँदी पसलबाट तिलहरी चोरेको आरोपमा प्रहरीले ग्रिसकी नागरिकलाई पक्राउ गरेको छ । पर्यटकका रूपमा नेपाल आएकी काल्लीपी स्टेफानलाई चोरीको गहनासहित प्रहरीले पक्राउ गरेको हो । उनी नोभेम्बर १२ तारिख (कात्तिक …

#पोखरा
Compare →
Nagarik News
8h ago
फोहोरलाई मोहर बनाउँदै पोखरा

फोहोरलाई मोहर बनाउँदै पोखरा

फोहोरबाट आम्दानी दिलाउने र हरित रोजगारीको बाटो देखाउने उद्देश्यसहित पोखरामा आरयु (रिसाइकल र अपसाइकल) फेस्ट सुरु भएको छ।

#पोखरा
Compare →
Ekantipur
18h ago
दुबई उडानले बढायो पोखराको उत्साह, भारतसँग दिल्ली उडानको अपेक्षा

दुबई उडानले बढायो पोखराको उत्साह, भारतसँग दिल्ली उडानको अपेक्षा

प्रधानमन्त्रीको भारत भ्रमणमा पोखरा–दिल्ली सिधा उडान र थप तीन हवाई प्रवेश मार्गको विषय उठाउन पर्यटन व्यवसायीको माग

#पोखरा
Compare →
Hamro Patro News
1d ago
पोखराको लेकसाइडमा देउसी हेर्दा झैझगडा गर्ने नौजना पक्राउ

पोखराको लेकसाइडमा देउसी हेर्दा झैझगडा गर्ने नौजना पक्राउ

पोखरा । पोखरा-६ लेकसाइडमा देउसीभैलो हेर्ने क्रममा झैझगडा गरेर कुटपिटमा संलग्न नौजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नौजनालाई...

#पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2612