कर्णाली करिडोरको हुम्ला खण्ड अन्र्तगत पर्ने सलीसल्ला खार्पु खण्डको ३९ किलोमिटर सडक कालोपत्रे हुने पक्का भएको छ । सो क्षेत्रको सडकलाई दुई खण्डमा विभाजन गरि टेण्डर आव्हान गरिएको बेला दुई वटा निर्माण कम्पनीको आशयपत्र स्वीकृत भएर सम्झौता कार्य भएपछि सो खण्डको सडक कालोपत्र हुने भएको हो ।
अब कर्णाली करिडोरको हुम्ला खण्डको सडक पनि स्तरोन्नतिका साथै कालोपत्रे हुने पक्का भएको कर्णाली करिडोर उत्तरखण्ड अन्र्तगतको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो । सलीसल्लादेखि खार्पुसम्मको ३९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरि कालोपत्रे गर्ने कार्य अगाडि बढेको उहाँको भनाइ छ । यसमा सलीसल्लादेखि सर्केगार्ड गाउँपालिका– २ को खडीखेतसम्मको २०.८ किलोमिटरलाई एउटा खण्ड र खडीखेतदेखि खार्पुनाथ गाउँपालिका– ५ को खार्पुसम्मको १८.२ किलोमिटर दुरीको सडकलाई अर्को खण्ड बनाएर बोलपत्र आव्हान गरि निर्माण कम्पनी छनौट भएर सम्झौता कार्य सम्पन्न भएको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )