Trending
Prev Story
Next Story

स्कुल बस दुर्घटना : दसैँले छोएन माझठानालाई, शोकमा डुब्यो गाउँ

Nagarik News •
October 23, 2026 • 01:29 AM
1
1 reads 0 reactions

आफन्तको जमघट, घरघरमा टीका लगाउने चहलपहल र गाउँभरि लिङ्गे पिङको उल्लास दसैँका विशेषता हुन्।

स्कुल बस दुर्घटना : दसैँले छोएन माझठानालाई, शोकमा डुब्यो गाउँ

वर्षमा एक पटक आउने दसैँमा सबैका घरमा टीका र जमराको रौनक छाउँछ। आफन्तको जमघट, घरघरमा टीका लगाउने चहलपहल र गाउँभरि लिङ्गे पिङको उल्लास दसैँका विशेषता हुन्।

तर, यस वर्ष पोखरा महानगरपालिका–२८ स्थित माझठानामा दसैँले खुसी ल्याउन सकेन। न घरघरमा टीका लाग्यो, न गाउँमा लिङ्गे पिङको रौनक देखियो। असोज २३ गते बिहान भएको स्कुल बस दुर्घटनाले गाउँलाई शोकमा डुबायो।

दुर्घटनामा गम्भीर घाइते भएकी १६ वर्षीया अस्मि कँडेलको टीकाको अघिल्लो दिन उपचारका क्रममा काठमाडौंमा मृत्यु भयो। टीकाकै दिन उनको शव घर ल्याइपुर्‍याउँदा गाउँको पीडा झन् गहिरियो।

घटस्थापनाको दुई दिनअघि भएको उक्त दुर्घटनाले माझठानावासीलाई स्तब्ध बनाएको थियो। सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओख्लेभीरमा दुर्घटना हुँदा छ जनाले ज्यान गुमाएका थिए भने १३ जना विद्यार्थी घाइते भएका थिए। आफ्ना सन्तान तथा आफन्त गुमाउनुपरेको पीडा र घाइते बालबालिकाको अवस्थाका कारण गाउँलेलाई यस वर्ष दसैँ मनाउन मन लागेन।

पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार गाउँका सबै टोलले सामूहिक निर्णय गरी यस वर्ष दसैँको टीका नलगाउने निर्णय गरेका थिए। दुर्घटनामा घाइते भएर उपचार गराइरहेकी विद्यार्थीको शव टीकाकै दिन घर ल्याइपुर्‍याउँदा गाउँमा थप सन्नाटा छाएको उनले बताए।

'यस्तो कहालीलाग्दो घटना यसअघि कहिल्यै भएको थिएन। चाडपर्वको मुखमा भएको दुःखद घटनाले कसैलाई पनि दसैँ मनाउने मन भएन। कसैले आफ्ना बालबालिका गुमाउनुपरेको छ भने कतिपय टोलका बालबालिका दुर्घटनामा घाइते भएका छन्। यस्तो पीडाको अवस्थामा गाउँलेले टीका मात्र नलगाउने निर्णय गरेनन्, टोलटोलमा राखिने लिङ्गे पिङ पनि राखिएनन् र शुभकामना आदानप्रदानका कुनै कार्यक्रम भएनन्,' वडाध्यक्ष लामिछानेले भने।

दसैँका दिन सधैँ चहलपहल हुने राखी–मिजुरे सडकसमेत यसपटक सुनसान रह्यो। विगतका वर्षमा दसैँको टीका लगाउन र आफन्त भेट्न आउनेजानेको भीड लाग्ने माझठानामा यस वर्ष न पर्वको उमङ्ग देखियो, न उत्सवको चहलपहल। गाउँका सडकदेखि बस्तीसमेत सुनसान बने। रासस

प्रकाशित: ६ कार्तिक २०८३ ०७:१४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी ९इभी० दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको...

#दुर्घटना #गाउँ #शोक
Compare →
Ekantipur
15h ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#दुर्घटना #शोक
Compare →
Onlinekhabar
6h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना
Compare →
Bizshala
11h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#गाउँ
Compare →

Related Stories

World News
Build #2611