Trending
Prev Story
Next Story

शिक्षा पत्रकारिता अवार्ड अनलाइनखबरकर्मी गौतमलाई

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

५ मंसिर, धनुषा । प्रधानाध्यापक संघ नेपाल (पान) ले यसवर्षको ‘उत्कृष्ट शिक्षा पत्रकारिता अवार्ड’ अनलाइनखबरकर्मी दिनेश गौतमलाई प्रदान गरेको छ । धनुषाको जनकपुरमा आयोजित संघको तेस्रो राष्ट्रिय शिखर सम्मेलन २०८३ मा प्रथम राष्ट्रपति डा. रामवरण यादवले …

शिक्षा पत्रकारिता अवार्ड अनलाइनखबरकर्मी गौतमलाई

५ मंसिर, धनुषा । प्रधानाध्यापक संघ नेपाल (पान) ले यसवर्षको ‘उत्कृष्ट शिक्षा पत्रकारिता अवार्ड’ अनलाइनखबरकर्मी दिनेश गौतमलाई प्रदान गरेको छ ।

धनुषाको जनकपुरमा आयोजित संघको तेस्रो राष्ट्रिय शिखर सम्मेलन २०८३ मा प्रथम राष्ट्रपति डा. रामवरण यादवले गौतमलाई अवार्ड प्रदान गरेका हुन् । पुरस्कारको राशी २५ हजार रहेको छ । साथै पत्रकार मणिका झालाई पनि अवार्डबाट सम्मान गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय शिक्षा पुरस्कार केयूका पूर्वउपकुलपति स्व. प्रा.डा. सुरेशराज शर्मालाई प्रदान गरिएको छ । उनलाई मरोणप्रान्त अवार्ड प्रदान गरिएको हो ।

संघले स्थानीय सरकार पुरस्कार अन्तर्गत महानगरपालिका/उपमहानगरपालिका, प्रत्येक प्रदेशबाट उत्कृष्ट नगरपालिका तथा उत्कृष्ट गाउँपालिकालाई सम्मान गरेको छ ।

विद्यालय पुरस्कार अन्तर्गत सातै प्रदेशबाट उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालय र उत्कृष्ट सामुदायिक आधारभूत विद्यालयलाई प्रदान गरिएको छ ।

प्रधानाध्यापक पुरस्कार अन्तर्गत सातै प्रदेशबाट उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा उत्कृष्ट सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको छ ।

आधारभूत तथा माध्यमिक तहका १४ विद्यालय, १५ पालिका, १४ प्रधानाध्यापकलाई सम्मान गरिएको हो । आधारभूत तहका प्रधानाध्यापकहरूमा कोशी प्रदेशबाट राजेशप्रसाद यादव, मधेशबाट प्रेमकुमारी यादव, बागमतीबाट बिनिता रञ्जित, गण्डकीबाट विश्वमोहन पोखरेल, लुम्बिनीबाट गङ्गा शर्मा, कर्णालीबाट ज्ञानु गुरुङ र सुदूरपश्चिमबाट मानसिंह ऐर रहेका छन् ।

माध्यमिक तहतर्फ कोशीबाट डा. इन्द्रमोहन झा, मधेसबाट गौरीशंकर चौधरी, बागमतीबाट दलबहादुर बल, गण्डकीबाट शान्त नेपाली, लुम्बिनीबाट मोहनप्रसाद सापकोटा, कर्णालीबाट खड्क रोकाया र सुदूरपश्चिमबाट लक्ष्मणदत्त भट्ट सम्मानित भए ।

शिक्षा क्षेत्रको विकास, सुधार, नेतृत्व, नवप्रवर्तन वा रुपान्तरणमा दीर्घकालीन तथा उल्लेखनीय योगदान पुर्‍याउने पालिका, विद्यालय, प्रधानाध्यापक र पत्रकारलाई सम्मान गरिएको संघका अध्यक्ष सुदाम गौतमले बताए ।

पुरस्कार छनोट गर्न संघले समिति बनाइएको थियो । समितिको संयोजकमा प्रा. डा. विद्यानाथ कोइराला तथा सदस्यहरू रामप्रसाद सुवेदी, नन्दकुमारी महर्जन, दिनेश कुमार श्रेष्ठ र सुदर्शन घिमिरे थिए । उक्त समितिले मापदण्ड बनाएर अवार्डको लागि नाम सिफारिस गरेको थियो ।

प्रधानाध्यापक संघका अध्यक्ष सुदाम गौतमका अनुसार राष्ट्रिय सम्मेलन ४ मंसिरदेखि ६ गतेसम्म चल्ने छ । सम्मेलनमा १ हजार सहभागी छन् ।

‘शिक्षाका अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागी छ । ८० वटा पाकिकाका प्रमुख र प्रशासकीय अधिकृत हुनुहुन्छ । सम्मेलनमा एआईदेखि विपद्सम्मको सेसन छ,’ उनले भने, ‘सेसनमा सांसदहरूको समेत सहभागिता छ ।’

प्रधानाध्यापक संघमा २२ हजार विद्यालय जोडिएका छन् । संघको ७७ जिल्लामा कार्यसमिति विस्तार भएको छ । अध्यक्ष गौतमका अनुसार सामुदायिक शिक्षा सुधारका लागि जनकपुर घोषणापत्र सार्वजनिक गरिनेछ ।

‘अब कक्षा केन्द्रित मिसन हुन्छ । जनकपुर घोषणापत्र सार्वजनिक गर्छौं,’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
समयले जिते ‘कमेडियन अफ द इयर’ अवार्ड

समयले जिते ‘कमेडियन अफ द इयर’ अवार्ड

शुक्रबार मुम्बईमा सार्वजनिक गरिएको विजेताको सूचीमा रैनालाई भारतीय स्ट्यान्डअप कमेडी र डिजिटल क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको हो।

#अवार्ड
Compare →
Hamro Patro News
7h ago
नेपालकी छोरी डा. रोजी प्रधान श्रेष्ठले जितिन् ५ करोड २५ लाख रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय अवार्ड!

नेपालकी छोरी डा. रोजी प्रधान श्रेष्ठले जितिन् ५ करोड २५ लाख रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय अवार्ड!

नेपाली मूलकी डा. रोजी प्रधान श्रेष्ठले प्रतिष्ठित ब्रिटिस एकेडेमी इन्टरनेसनल फेलोसिप अवार्ड २०२६ प्राप्त गरेकी छन्। यस अवार्डको मूल्य ५ करोड २५ लाख नेपाली रुपैयाँ बराबर रहेको बताइएको छ।

#अवार्ड
Compare →
Ekantipur
22h ago
पहिले पैसा कमाऊ अनि सुविधा लिऊ भन्ने सरकारी सोच देखिन्छ : सीईओ प्रकृति गौतम

पहिले पैसा कमाऊ अनि सुविधा लिऊ भन्ने सरकारी सोच देखिन्छ : सीईओ प्रकृति गौतम

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको ‘तुलनात्मक लाभमा नवप्रवर्तनको साथ’ विषयक तेस्रो सत्रमा बोल्दै गौतमले हरेक वर्ष बजेटमार्फत नीति परिवर्तन हुँदा दीर्घकालीन योजना बनाएर लगानी गर्ने वातावरण नभएको बताइन् ।

#गौतम
Compare →
Bizshala
1w ago
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

काठमाण्डौ । विद्युतीय सवारीसाधन प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस...

#अवार्ड
Compare →

Related Stories

Education & Youth
Build #2612