Trending
Prev Story
Next Story

मामा अवार्ड्समा बीटीएस र एनहाइपेनको बर्चस्व

Ekantipur •
November 21, 2026 • 02:32 AM
2
2 reads 0 reactions

वर्ल्ड टुरमा व्यस्त रहेका कारण ओसाकाको उक्त अवार्ड्स समारोहमा उपस्थित हुन नसके पनि बीटीएसले समारोहको सबैभन्दा ठूलो अवार्ड मानिने ‘आर्टिस्ट अफ द इयर’ जित्न सफल रह्यो ।

मामा अवार्ड्समा बीटीएस र एनहाइपेनको बर्चस्व

वर्ल्ड टुरमा व्यस्त रहेका कारण ओसाकाको उक्त अवार्ड्स समारोहमा उपस्थित हुन नसके पनि बीटीएसले समारोहको सबैभन्दा ठूलो अवार्ड मानिने ‘आर्टिस्ट अफ द इयर’ जित्न सफल रह्यो ।

ओसाका (जापान) — के–पप संगीत क्षेत्रकै प्रतिष्ठित मानिने मामा अवार्ड्स यसपटक दुई दिने नयाँ फर्म्याटसहित जापानको ओसाकामा जारी छ । समारोहको पहिलो दिन शुक्रबारको अवार्ड्स वितरण समारोहमा अपेक्षितरूपमा नै विश्वप्रसिद्ध के–पप ब्यान्ड बीटीएसले मुख्य विधामा आफ्नो बर्चस्व देखाएको छ ।

वर्ल्ड टुरमा व्यस्त रहेका कारण ओसाकाको उक्त अवार्ड्स समारोहमा उपस्थित हुन नसके पनि बीटीएसले समारोहको सबैभन्दा ठूलो अवार्ड मानिने ‘आर्टिस्ट अफ द इयर’ जित्न सफल रह्यो । यस्तै, एनहाइपेनले लगातार दोस्रो वर्ष पनि ‘फ्यान्स च्वाइस अफ द इयर’ को उपाधि जित्न सफल भयो । समारोहको दोस्रो दिन संगीत र पर्फर्मेन्समा आधारित विधाहरूमा केन्द्रित हुनेछ ।

ताइवानको काओसुङ शहरमा कन्सर्ट गरिरहेका कारण बीटीएसका सदस्यहरूले स्क्रिनमार्फत भिडियो सन्देश दिंदै उपाधि स्वीकार गरेका थिए । ‘हामी यतिबेला काओसुङमा कन्सर्टको बीचमा छौं, त्यसैले भिडियोमार्फत अभिवादन गर्नुपरेकामा दुःखी छौं’ भिडियो सन्देशमा बीटीएसका सदस्य ‘भी’ ले दर्शक तथा प्रशंसकहरूलाई सम्बोधन गर्दै भने, ‘हामीले पहिलो मामा अवार्ड जितेको पनि १० वर्ष भइसकेछ ।’

अर्का सदस्य सुगाले प्रशंसक (आर्मी) हरूलाई धन्यवाद दिंदै थपे, ‘हामीलाई सधैं साथ दिएर नयाँ–नयाँ रेकर्ड्स बनाउन सहयोग गर्नुभएकोमा आर्मीलाई धेरै–धेरै धन्यवाद ।’

समारोहको ‘क्लोजिङ क्रेडिट्स’ मा बीटीएसले ‘बेस्ट मेल ग्रुप’ को उपाधि पनि आफ्नो नाममा गर्‍यो । ‘मेलन म्युजिक अवार्ड्स’ मा शीर्ष पुरस्कार जितेको ठीक एक सातापछि बीटीएसले मामामा पनि सफलता दोहोर्‍याएको हो ।

मामा अवार्ड्सको शनिबार हुने दोस्रो दिनको कार्यक्रममा बीटीएसको एल्बम ‘आरिराङ’ ‘एल्बम अफ द इयर’ को होडमा छ ।

भावुक बन्यो एनहाइपेनः जित्यो तीन उपाधि

समारोहको पहिलो साँझ एनहाइपेनका लागि निकै विशेष रहृयो । टोलीले ‘फ्यान्स च्वाइस अफ द इयर’ सहित ‘फेभरेट एम काउन्टडाउन स्टेज’ र ग्रान्ड प्राइज हात पार्‍यो ।

आफ्नो सांगीतिक प्रस्तुति सकिने बित्तिकै सिधै स्टेजमा पुगेका सदस्यहरू निकै भावुक देखिएका थिए । सदस्य सङहुन त स्टेजमै रोएका थिए । ‘साँचो भन्नुपर्दा, हामीले यसरी जित्छौं होला भनेर सोचेका पनि थिएनौं,’ ब्यान्ड सदस्य जुङवोनले भने ।

अर्का सदस्य सुनुले खुसी व्यक्त गर्दै थपे, ‘यस वर्ष धेरै कुराहरू भए, हामीले धेरै कुराहरू सहन र पार गर्नुपर्‍यो ।’ एनहाइपेनको प्रस्तुति हलिउड फिल्म ‘ड्युनः पार्ट थ्री’ को थिममा आधारित थियो । वार्नर ब्रदर्स कोरियाका अनुसार ‘ड्युनः पार्ट थ्री’ डिसेम्बर १६ मा कोरियामा रिलिज हुँदैछ ।

एनहाइपेनले आफ्नो प्रस्तुतीमा नयाँ सिंगल ‘द सिनः प्यारालेल वर्ल्ड’ को ‘आई वान्ट यु’ बाट सुरुआत गरी ‘बिग गर्ल्स डोन्ट क्राई’, ‘नाइफ’ र ‘ब्लडी प्याराडाइज’ को रिमिक्स गाएका थिए ।

Prev Swipe Story Next

Related Stories

Entertainment & Cinema
Build #2612