सार्वजनिक सरोकारको विवादका रूपमा असाधारण अधिकारक्षेत्र अन्तर्गत निवेदन दर्ता गर्न नमिल्ने भन्दै रजिष्ट्रार बाबुराम दाहालले दरपिठको आदेश गरेका हुन् ।
काठमाडौँ — शैक्षिक क्षेत्रमा एआई डिटेक्सन सफ्टवेयरको प्रयोग रोक्न माग गर्दै पेस गर्न खोजेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ।
प्रविधिको प्रयोग र प्राज्ञिक शुद्धतासँग जोडिएको विषयमा कुन मौलिक वा कानुनी हक हनन भएको हो भन्ने स्पष्ट नखुलेको भन्दै दायर रिट सर्वोच्च अदालतले दरपिठ गरेको छ ।
सार्वजनिक सरोकारको विवादका रूपमा असाधारण अधिकारक्षेत्र अन्तर्गत निवेदन दर्ता गर्न नमिल्ने भन्दै रजिष्ट्रार बाबुराम दाहालले दरपिठको आदेश गरेका हुन् । मुलुकी देवानी कार्यविधि संहिता, २०७४ र सर्वोच्च अदालत नियमावली, २०७४ बमोजिम २०८३ मंसिर २ गते उक्त निवेदन अस्वीकार गरिएको आदेशमा उल्लेख छ । दरपिठ उपरको सुनवाइको निवेदन भने मंसिर ७ गते रहेको निवेदक विवेक चौधरीले जानकारी दिए ।
रिट निवेदनमा नेपालको संविधानको धारा १७ ,धारा २८ र धारा ३१ को उल्लघंन भएको दाबी गरिएको छ ।
किरण पौडेल कान्तिपुर मिडिया ग्रुपका संवाददाता हुन् । उनी अदालत र न्याय प्रणालीका रिपोर्टिङ गर्छन् ।