Trending
Prev Story
Next Story

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

Nagarik News •
November 20, 2026 • 11:39 AM
3
3 reads 0 reactions

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमण उपचारमा चुनौती थप्नुका साथै स्वास्थ्य प्रणालीमा आर्थिक भार बढाउँदै लगेको बताएकी छिन्।

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमण उपचारमा चुनौती थप्नुका साथै स्वास्थ्य प्रणालीमा आर्थिक भार बढाउँदै लगेको बताएकी छिन्।

विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह २०२६ को अवसरमा आज स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उनले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमणको उपचार कठिन बनाउनुका साथै उपचार खर्च बढाउने बताइन्।

उनले यसको नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सङ्घ, प्रदेश र स्थानीय तहसम्म समन्वित प्रयास आवश्यक रहेको बताइन्।

एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि औषधिको विवेकपूर्ण प्रयोग, प्रभावकारी नियमन र स्वास्थ्य, कृषि तथा पशुपन्छी क्षेत्रबीच समन्वय आवश्यक रहेको मन्त्री मेहताले बताइन्।

उनले भनिन्, ‘एएमआर कुनै एक क्षेत्रको मात्र समस्या नभई मानव, पशुपन्छी, वनस्पति, खाद्य प्रणाली र वातावरणसँग जोडिएको साझा चुनौती बनेको छ।’

कार्यक्रममा मन्त्री मेहताले ‘नेपालका अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगसम्बन्धी सर्वेक्षण’ दस्तावेज सार्वजनिक गरिन्।

यस अध्ययनले अस्पतालहरूमा औषधि प्रयोग तथा चिकित्सकीय सिफारिसको अभ्यासबारे व्यवस्थित तथ्याङ्क सङ्कलन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साथै सर्वेक्षणले अस्पतालमा एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोग प्रवर्द्धन गर्न तथा प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

मन्त्री मेहताले एएमआर नियन्त्रणका लागि औषधिको प्रयोगमा नियामकीय निगरानी कडा बनाउनुका साथै खोप, सङ्क्रमण रोकथाम तथा नियन्त्रण र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छताका अभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने बताइन्।

हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म मनाइने विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह यस वर्ष ‘एक स्वास्थ्य, एक अभियानः प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

प्रकाशित: ४ मंसिर २०८३ १७:२४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3h ago
एन्टिमाइक्रोबियल औषधि नियन्त्रणमा तीनै तहका सरकारको समन्वित प्रयास जरुरी : मन्त्री मेहता

एन्टिमाइक्रोबियल औषधि नियन्त्रणमा तीनै तहका सरकारको समन्वित प्रयास जरुरी : मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि औषधिको विवेकपूर्ण प्रयोग, प्रभावकारी नियमन र स्वास्थ्य, कृषि तथा पशुपन्छी क्षेत्रबीच समन्वय आवश्यक रहेको पनि बताइन् ।

#एन्टिमाइक्रोबियल #औषधिको #प्रयोग
Compare →
Onlinekhabar
21h ago
‘एन्टीबायोटिकको विवेकपूर्ण प्रयोग र नीतिगत सुधारको आवश्यकता’

‘एन्टीबायोटिकको विवेकपूर्ण प्रयोग र नीतिगत सुधारको आवश्यकता’

३ मंसिर, काठमाडौं । एन्टीबायोटिक औषधि आफूखुसी किनेर खाने, चिकित्सकले दिएको मात्रा पूरा नगर्ने र पशुपालन तथा कृषि क्षेत्रमा समेत आवश्यकताभन्दा बढी प्रयोग गर्ने प्रवृत्तिले एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) को जोखिम बढाउँदै लगेको छ । यो समस्या …

#प्रयोग
Compare →
Hamro Patro News
4d ago
माउथवासको प्रयोग : फाइदा कि अदृश्य जोखिम?

माउथवासको प्रयोग : फाइदा कि अदृश्य जोखिम?

‘ओरल रिन्स’ वा ‘माउथ रिन्स’ पनि भनिने माउथवासमा सामान्यतया दाँतका बिचको भाग सफा गर्न एन्टिब्याक्टेरियल तत्त्वहरूका साथै स्वाद दिने अन्य पदार्थहरू मिसाइएका हुन्छन्। केही प्रकारका माउथवासमा निष्क्रि...

#प्रयोग
Compare →
Bizshala
2d ago
एन्टिबायोटिक औषधिको प्रभाव घट्दै जाँदा सामान्य संक्रमणको उपचार जटिल बन्न सक्ने - स्वास्थ्य मन्त्री निशा मेहता

एन्टिबायोटिक औषधिको प्रभाव घट्दै जाँदा सामान्य संक्रमणको उपचार जटिल बन्न सक्ने - स्वास्थ्य मन्त्री निशा मेहता

काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिजैविक औषधिप्रतिको प्रतिरोध क्षमता बढ्दै जानु...

#औषधिको #मेहता
Compare →

Related Stories

Health & Wellness
Build #2612