Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमण: हवाइ रुट खुलाउनेमा पोखरा विश्वस्त

Nagarik News •
November 20, 2026 • 02:09 PM
1
1 reads 0 reactions

पोखरा उद्योग वाणिज्य संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरमा सिधा उडान तथा नेपालका लागि अतिरिक्त हवाइ रुट सुनिश्चितताको पहल गर्न माग गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण: हवाइ रुट खुलाउनेमा पोखरा विश्वस्त

पोखरा उद्योग वाणिज्य संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरमा सिधा उडान तथा नेपालका लागि अतिरिक्त हवाइ रुट सुनिश्चितताको पहल गर्न माग गरेको छ।

संघले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ध्यानाकर्षण पत्र पठाउँदै हवाइ रुट प्राप्तिसँगै भारतीय सहरमा सिधा उडान भर्न तथा ती सहरबाट पोखरामा पर्यटक भित्र्याउनका निम्ति आवश्यक पहल गर्नका लागि पनि उद्योग वाणिज्य महासंघमार्फत् भारतको निजी क्षेत्रसँग पहल गर्न सुझाएके छ।

पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्याललाई प्रेषित गरेको ध्यानाकर्षण पत्रमा पोखरा उद्योग वाणिज्य संघले विमानस्थल निर्माण र संचालनको लागि गरेको लामो आन्दोलन र पैरवीको स्मरणसमेत गराएको थियो।

‘भ्रमणको क्रममा देशको आर्थिक हित, द्विपक्षीय व्यापार, उर्जा, पारवहन तथा थप हवाइ रुटबारे विभिन्न सहमति हुने हाम्रो जानकारीमा आएको छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ,‘ भ्रमणको एजेण्डामा पोखरा–भैरहवा द्रूतमार्ग निर्माण र पोखरा विमानस्थलबाट भारतीय सहरमा सिधा उडानका एजेण्डा समावेश भएकोमा हामी खुसी छौं। यी एजेण्डामा मित्रराष्ट्र भारतले सदासयता देखाउने विश्वास पनि छ।’ नेपालको तर्फबाट प्रस्तुत हुने हवाइ रुट प्राप्ति र द्रुतमार्ग निर्माणको हाम्रो सपना पुरा हुनेछ विश्वस्त रहेको पनि संघको भनाई छ।

ध्यानाकर्षण पत्रमा अगाडि भनिएको छ, ‘छोटो र इन्धन कम खपत हुने हवाइ मार्ग उपलब्ध नहुँदा यहाँबाट भारतको वाराणसी, दिल्ली लगायतका सहरमा सिधा उडान हुन सकेको छैन। भ्रमणको क्रममा ती अप्ठेरा फुक्नेमा आशावादी छौं।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालन नहुँदा विभिन्न शंका आशंका बाहिर आइरहेको पनि संघको भनाई छ। ‘हामी यो विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान भएको देख्न आतुर छौँ। विमानस्थलको दिगो संचालनबाट समग्र गण्डकीको समृद्धि हुनेछ।’

पोखराबाट भारतीय सहरमा सिधा उडानका निम्ति सजिलो हवाइ मार्गको अनुमति प्राप्त हुन नसकेको र त्यसल वायुसेवा कम्पनिलाई पोखरामा आकर्षित गर्न नसकिएको पनि संघको भनाई छ।  ‘छोटो र इन्धन कम खपत हुने हवाइ मार्ग उपलब्ध नहुँदा यहाँबाट भारतको वाराणसी, दिल्लीलगायतका सहरमा सिधा उडान हुन सकेको छैन,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘अहिले फेरो घुमेर जहाज अवतरण गर्नुपर्ने अवस्था रहेको छ।’

प्रकाशित: ४ मंसिर २०८३ १९:५४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6h ago
प्रधानमन्त्रीको भारत भ्रमण टोली ३४ सदस्यीय

प्रधानमन्त्रीको भारत भ्रमण टोली ३४ सदस्यीय

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै द्विपक्षीय साझेदारीलाई नय...

#बालेन-शाह #भारत #प्रधानमन्त्रीको
Compare →
Onlinekhabar
7h ago
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । ‘प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको …

#बालेन-शाह #भारत #प्रधानमन्त्रीको
Compare →
Bizshala
6h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई सरकारले औपचारिक स्वीकृति दिएको छ।शुक्रबार...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Arthasansar
7h ago
आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
5h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दा उठाउन आग्रह

प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दा उठाउन आग्रह

बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले वर्षौंदेखि अलपत्र झुलाघाटमा पुल बनाउने योजनालाई भ्रमणको उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

#भारत #प्रधानमन्त्रीको #भ्रमण
Compare →

Related Stories

World News
Build #2612