Trending
Prev Story
Next Story

धनकुटामा धमिलो पानीको समस्या हटाउन प्रशोधन प्रणाली सञ्चालनको तयारी

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

५ मंसिर, धनकुटा । वर्षायाममा खोलाको पानी धमिलो भएर धारामा आउने समस्याबाट धनकुटा बजारवासीले राहत पाउने भएका छन् । खानेपानी शुद्धीकरणका लागि धनकुटा बजारको स्कुलडाँडा र सल्लेरीमा निर्माण भइरहेका दुई ठूला प्रशोधन प्रणाली (ट्रिटमेन्ट प्लान्ट) …

धनकुटामा धमिलो पानीको समस्या हटाउन प्रशोधन प्रणाली सञ्चालनको तयारी

५ मंसिर, धनकुटा । वर्षायाममा खोलाको पानी धमिलो भएर धारामा आउने समस्याबाट धनकुटा बजारवासीले राहत पाउने भएका छन् । खानेपानी शुद्धीकरणका लागि धनकुटा बजारको स्कुलडाँडा र सल्लेरीमा निर्माण भइरहेका दुई ठूला प्रशोधन प्रणाली (ट्रिटमेन्ट प्लान्ट) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले निर्माण गरिरहेका दुवै प्रशोधन प्रणाली सञ्चालनमा आएपछि वर्षायाममा धमिलो पानी आउने समस्या न्यूनीकरण हुने र उपभोक्ताले प्रशोधित खानेपानी पाउने कार्यालयले जनाएको छ ।

कुल एक करोड २० लाख रुपैयाँ लागतमा निर्माण भइरहेका यी दुई प्रशोधन प्रणालीबाट प्रतिसेकेन्ड २० लिटर पानी प्रशोधन गर्न सकिनेछ । आयोजना सञ्चालनमा आएपछि धनकुटा नगरपालिकाका वडा नम्बर ३, ४ र ६ का करिब १ हजार १०० परिवार प्रत्यक्ष लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख हेराकाजी महर्जनले जानकारी दिए ।

उनका अनुसार दुवै प्रशोधन प्रणालीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ‘दुवै प्रशोधन प्रणालीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सञ्चालनमा आएपछि तीनवटा वडाका १ हजार १०० परिवारलाई प्रशोधित खानेपानी उपलब्ध हुनेछ,’ उनले भने ।

यसअघि निर्माण गरिएका साना क्षमताका खानेपानी शुद्धीकरण प्रणाली पुराना हुँदै गएपछि नयाँ प्रशोधन पूर्वाधार निर्माण थालिएको महर्जनले बताए । विशेषगरी वर्षायाममा खोलाको पानी धमिलो भएर आउने समस्यालाई ध्यानमा राखेर प्रशोधन क्षमता बढाउन नयाँ प्रणाली निर्माण गरिएको हो ।

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म हरेक घरमा स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यले खानेपानीका पूर्वाधार सुधार तथा विस्तारको काम भइरहेको महर्जनको भनाइ छ ।

धनकुटा सदरमुकाममा धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानी आपूर्ति हुँदै आएको छ । समितिले बजार क्षेत्रका करिब ४ हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ ।

नयाँ प्रशोधन प्रणाली सञ्चालनमा आएपछि धनकुटा बजारको खानेपानी शुद्धीकरण क्षमता बढ्ने र वर्षायाममा धारामा धमिलो पानी आउने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
धनकुटा बजारमा दुई खानेपानी प्रशोधन प्रणाली सञ्चालनको तयारी

धनकुटा बजारमा दुई खानेपानी प्रशोधन प्रणाली सञ्चालनको तयारी

एक करोड २० लाख रुपैयाँ लागतका प्रणाली सञ्चालनमा आएपछि धनकुटा नगरपालिकाका-३, ४ र ६ का ११ सय परिवार लाभान्वित हुनेछन्।

#धनकुटा #प्रशोधन #प्रणाली
Compare →
Hamro Patro News
1h ago
धनकुटामा छुर्पी व्यवसाय, माग धान्न मुस्किल

धनकुटामा छुर्पी व्यवसाय, माग धान्न मुस्किल

धनकुटाको पाख्रीबास नगरपालिका –७, स्थित राम्चेका मोहन थापाले करिब दुई वर्ष अगाडिबाट कञ्चनजंगा डेरी उद्योग सञ्चालन गर्नुभएको छ । डेरी उद्योगमा स्थानीय किसानबाट दैनिक दुध सङ्कलन गर्दै आउनुभएको छ । डेर...

#धनकुटा
Compare →
Bizshala
1d ago
बैंकिङ प्रणालीबाट २ खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, २८ दिनका लागि निक्षेप संकलन गर्ने

बैंकिङ प्रणालीबाट २ खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, २८ दिनका लागि निक्षेप संकलन गर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ खिच्ने भएको...

#प्रणाली
Compare →
Nagarik News
1d ago
स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री मेहताको जोड

स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री मेहताको जोड

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएकी छन्।

#प्रणाली
Compare →

Related Stories

Education & Youth
Build #2612