धनकुटाको पाख्रीबास नगरपालिका –७, स्थित राम्चेका मोहन थापाले करिब दुई वर्ष अगाडिबाट कञ्चनजंगा डेरी उद्योग सञ्चालन गर्नुभएको छ । डेरी उद्योगमा स्थानीय किसानबाट दैनिक दुध सङ्कलन गर्दै आउनुभएको छ । डेरीमा सङ्कलित दुधबाट ध्यू, छुर्पी र नौनी लगायतका दुग्धजन्य वस्तु उत्पादन हुने गरेको छ ।
थापा बैदैशिक रोजगारीमा दुबईमा करिब एक दशक बिताएर नेपाल फर्कनुभयो । नेपाल फर्किएपछि उहाँले गाउँमै करिब ११ लाख रुपियाँ लागतमा डेरी उद्योग सुरु गर्नुभयो । डेरी उद्योगमा अहिले दैनिक २ सय ५० लिटरभन्दा बढी दुध सङ्कलन हुने गरेको छ ।
Read full story at source ( gorkhapatraonline.com )