काठमाडौँ । हरि बोधिनी एकादशीका अवसरमा बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको शुत्रबार घुइँचो लागेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म पाँच दिन बुढानीलकण्ठ मन्दिरमा भक्तजन पूजा, आराधना एवं दर्शनका लागि पुग्ने छन् ।
शुक्रबार दिन उपत्यकाका चार नारायण भगवान्को दर्शन गर्न जाने परम्परा रहेको छ । यसो गरेमा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । एकै दिन चार नारायणको दर्शन गर्न नसक्नेले बुढानीलकण्ठ वा नारायणहिटी दरबार क्षेत्रमा रहेको चतुव्र्युह नारायण मन्दिरमा पूजा, आराधना वा दर्शन गर्नाले पनि मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )