Trending
Prev Story
Next Story

हरिबोधनी एकादशीमा चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

Ekantipur •
November 20, 2026 • 03:32 AM
2
2 reads 0 reactions

बिहान ४ बजेदेखि भक्तजन लामबद्ध भएका छन् भने सहज आवागमन र पूजाआजाका लागि स्वयंसेवक, स्काउट तथा प्रहरी परिचालन गरिएको छ।

हरिबोधनी एकादशीमा चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

बिहान ४ बजेदेखि भक्तजन लामबद्ध भएका छन् भने सहज आवागमन र पूजाआजाका लागि स्वयंसेवक, स्काउट तथा प्रहरी परिचालन गरिएको छ।

भक्तपुर — हरिबोधनी एकादशीको अवसरमा आज भक्तपुरको ऐतिहासिक एवं विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

हरेक वर्ष हरिबोधनी एकादशीका दिन चाँगुनारायण मन्दिरमा पूजाआजा तथा दर्शन गर्न भक्तजनको ठूलो भीड लाग्ने गर्दछ। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि बिहानैदेखि मन्दिरमा दर्शनार्थीको भीड लागेको हो। मन्दिर दर्शन तथा पूजाआजाका लागि बिहान ४ बजेदेखि नै भक्तजनहरू लामबद्ध भएका स्थानीयको भनाइ छ।

दर्शनार्थीको सहज आवागमन तथा पूजाआजाको व्यवस्थापनका लागि स्वयंसेवक, स्काउट तथा प्रहरी परिचालन गरिएको नगरपालिकाले जनाएको छ। एकादशीको अवसरमा मन्दिरलाई फूलमालाले आकर्षक रूपमा सजाइएको छ।

भगवान् विष्णु चार महिनाको योगनिद्राबाट जागा हुने धार्मिक विश्वासका साथ आज देशभर श्रद्धा र भक्तिपूर्वक हरिबोधनी एकादशी मनाइँदैछ।

यसैबीच, हरिबोधनी एकादशीको अवसरमा चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी तथा शैक्षिक संस्थालगायतमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए।

विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन ठूलो मेला लाग्ने भएकाले धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरप्रमुख खत्रीले बताए ।

सुन्दर शिल्पकार कान्तिपुर मिडिया ग्रुपका भक्तपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको लामो लाम लागेको छ।

#मन्दिर #भक्तजन #एकादशी
Compare →
Hamro Patro News
3d ago
पाथीभरामा ६४ हजार बढी दर्शनार्थी

पाथीभरामा ६४ हजार बढी दर्शनार्थी

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा बढी दर्शनार्थी पुगेका छन् । एक महिनाको अवधिमा ६४ हजार १०६ जना भक्तजनले पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका हुन् ...

#दर्शनार्थी #भक्तजन
Compare →
Onlinekhabar
3h ago
आज हरिबोधिनी एकादशी, बूढानीलकण्ठ सहितका विष्णु मन्दिरमा घुइँचो

आज हरिबोधिनी एकादशी, बूढानीलकण्ठ सहितका विष्णु मन्दिरमा घुइँचो

४ मंसिर, काठमाडौं । आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । ठूलो एकादशी पनि भनिने आजको दिन तुलसीसँग भगवान् दामोदर अर्थात् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने परम्परा छ । आषाढ शुक्ल एकादशी …

#एकादशी #मन्दिर #घुइँचो
Compare →
Arthasansar
1w ago
रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

आज भाइटीका पर्वका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नभएका दाजुभाइ...

#मन्दिर
Compare →

Related Stories

World News
Build #2612