तोकिएको समय सकिएपछि जसपा नेपालले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग भेटघाट गरिरहेको हो ।
जनकपुर — मधेश प्रदेशको ठूलो दल जसपा नेपालले ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग भेटघाट गरिरहेको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनको दाबी गर्ने समय सकिएपछि जसपाले मुख्यमन्त्री दाबीका लागि कसरत गरिरहेको हो ।
तोकिएको समय सकिएपछि जसपा नेपालले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग भेटघाट गरिरहेको हो ।
जसपा नेपालका नेता लालबाबु राउतले संविधानको धारा १६८ को उपधारा २ बमोजिम तोकिएको समय सकिएकाले उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा जसपा नेपालका संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्न प्रदेश प्रमुखकहाँ आएको बताए ।
जसपा नेपालका सांसद तथा नेताहरू र प्रदेश प्रमुख सुरेन्द्र लाभकर्णबीच अहिले भेटघाट भइरहेको छ ।
अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।