Trending
Prev Story
Next Story

संविधानको धारा १६८ को ३ बमोजिम सरकार गठनका लागि दाबी आह्वान गर्न जसपाको माग

Onlinekhabar •
November 20, 2026 • 11:31 AM
3
3 reads 0 reactions

४ मंसिर, जनकपुरधाम । जसपा नेपालले मधेशमा संविधानको धारा १६८ को ३ बमोजिम सरकारको दाबी पेशको लागि आह्वान गर्न दबाब दिन जान लागेका छन् । तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले …

संविधानको धारा १६८ को ३ बमोजिम सरकार गठनका लागि दाबी आह्वान गर्न जसपाको माग

४ मंसिर, जनकपुरधाम । जसपा नेपालले मधेशमा संविधानको धारा १६८ को ३ बमोजिम सरकारको दाबी पेशको लागि आह्वान गर्न दबाब दिन जान लागेका छन् ।

तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले संविधानको धारा १६८ को २ बमोजिम दावी पेशको लागि समय थप गर्न प्रदेश प्रमुखसँग माग गरेका छन् ।

प्रदेश प्रमुखले गत कार्तिक २८ गते नै संविधानको धारा १६८ को २ बमोजिम दुई वा दुईदलबभन्दा बढी दलको बहुमतसहित दावी पेश गर्न आज अपराहन्न ४ बजेको लागि समय दिएको थियो । तर दाबी पेश हुन सकेन ।

कांग्रेस पनि एमाले र नेकपासँगै प्रदेश प्रमुख कार्यालय पुगेपछि ठूलो दल जसपा सशंकित बनेको छ । जसपाले उपधारा २ बमोजिम प्रदेश प्रमुखले आह्वान गरिसकेकाले त्यसमा सरकार गठन नभएको कारण अब उपधारा ३ मा जानुपर्ने माग गरेको छ ।

उपधारा ३ मा ठूलो दलको हैसियतमा त्यस दलको नेता मुख्यमन्त्री हुने प्रावधान छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
7h ago
मधेश प्रदेशमा सरकार गठन अन्योल कायमै, एमालेसँग गठबन्धन नगर्ने जसपा नेपालको अडान

मधेश प्रदेशमा सरकार गठन अन्योल कायमै, एमालेसँग गठबन्धन नगर्ने जसपा नेपालको अडान

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग मिलेर मधेश प्रदेशमा सरकार बनाउन नसकिने अडानमा कायमै राखेको जसपाका एक नेताले बताए । शुक्रबार साँझ जनकपुर आइपुगेका यादवले आफ्नो दल जसपा नेपालका प्रदेश सांसदसँग एक्ला–एक्लै भेटेर छलफल गरिरहेका छन् ।

#जसपा #गठन
Compare →
Hamro Patro News
8h ago
प्रचण्डका कारण जसपाका जनप्रतिनिधिले पद गुमाए : पूर्ण बस्नेत

प्रचण्डका कारण जसपाका जनप्रतिनिधिले पद गुमाए : पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दाउपेचका कारण जसपा नेपालका जनप्रतिनिधिले पद गुमाउनु परेको आरोप लगाएका छन्...

#जसपा
Compare →
Arthasansar
1d ago
दल त्याग गरेका जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त

दल त्याग गरेका जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका विभिन्न १८ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद...

#जसपा
Compare →
Nagarik News
1d ago
दल त्याग गरेका जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त

दल त्याग गरेका जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित १८ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको छ।

#जसपा
Compare →

Related Stories

Politics & Governance
Build #2612