Trending
Prev Story
Next Story

जीडब्लूएमका ओरा ५ र हाभल एच ७ ले पाए युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ

Onlinekhabar •
November 20, 2026 • 11:31 AM
3
3 reads 0 reactions

४ मंसिर, काठमाडौं । चिनियाँ सवारी उत्पादक कम्पनी ग्रेट वाल मोटर (जीडब्लूएम) का दुई मोडल ओरा ५ र हाभल एच ७ ले सन् २०२६ मा युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरेका छन्। अन्तर्राष्ट्रिय स्तरको सवारी …

जीडब्लूएमका ओरा ५ र हाभल एच ७ ले पाए युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ

४ मंसिर, काठमाडौं । चिनियाँ सवारी उत्पादक कम्पनी ग्रेट वाल मोटर (जीडब्लूएम) का दुई मोडल ओरा ५ र हाभल एच ७ ले सन् २०२६ मा युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरेका छन्।

अन्तर्राष्ट्रिय स्तरको सवारी सुरक्षा परीक्षणमा दुवै मोडलले उच्चतम रेटिङ पाएसँगै कम्पनीको सुरक्षा प्रविधि तथा इन्जिनियरिङ क्षमताले थप अन्तर्राष्ट्रिय मान्यता पाएको छ।

युरो एनक्यापले सवारीसाधनको सुरक्षा परीक्षण गर्दा यात्रुको सुरक्षा, दुर्घटनाका बेला हुने क्षति, दुर्घटनापछिको सुरक्षा व्यवस्था तथा चालकलाई सुरक्षित रूपमा सवारी सञ्चालन गर्न सहयोग गर्ने प्रविधिलगायतका पक्षको मूल्याङ्कन गर्छ।

कम्पनीका अनुसार ओरा ५ ले परीक्षणका चारवटै क्षेत्रमा राम्रो प्रदर्शन गरेको छ। विशेषगरी दुर्घटनाका बेला यात्रुको सुरक्षा र दुर्घटनापछिको सुरक्षासम्बन्धी परीक्षणमा यसको प्रदर्शन उल्लेखनीय रहेको छ।

विद्युतीय एसयूभी ओरा ५ मा ब्याट्री सुरक्षाका लागि जीडब्लूएमको ‘ड्रागन आर्मर’ ब्याट्री सुरक्षा प्रणाली समावेश गरिएको छ। त्यस्तै, यसमा प्रयोग गरिएको ‘डायु’ ब्याट्री सुरक्षा प्रविधिले ब्याट्रीको सुरक्षालाई थप मजबुत बनाउने कम्पनीको दाबी छ।

सवारीसाधनको सुविधा तथा मनोरञ्जन प्रणाली नियन्त्रणका लागि प्रयोग गरिएका भौतिक नियन्त्रण बटनले समेत परीक्षणमा पूर्ण अङ्क प्राप्त गरेका छन्। यसको गति सहायता प्रणालीले पनि प्रभावकारी प्रदर्शन गरेको कम्पनीले जनाएको छ।

आधुनिक चालक सहायता प्रणाली, बलियो सवारी संरचना तथा अन्य सुरक्षा प्रविधिका कारण ओरा ५ सुरक्षित विद्युतीय एसयूभीका रूपमा स्थापित हुन सहयोग पुगेको कम्पनीको भनाइ छ। यसअघि जीडब्लूएमका सवारीसाधनले अस्ट्रेलियाली तथा न्युजिल्यान्ड नयाँ सवारी मूल्याङ्कन कार्यक्रम ९एएनक्याप० बाट समेत पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरिसकेका छन्।

नेपालका लागि जीडब्लूएमको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिका अनुसार ओरा ५ र हाभल एच७ ले प्राप्त गरेको अन्तर्राष्ट्रिय मान्यताले नेपाली बजारमा ब्रान्डप्रतिको विश्वास थप बलियो बनाउने अपेक्षा गरिएको छ। कम्पनीले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरका प्रविधि, सुरक्षा र सुविधासहितका सवारीसाधन उपलब्ध गराउँदै आएको छ।

३५ वर्षभन्दा लामो इतिहास बोकेको जीडब्लूएम विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्न सफल भएको छ। कम्पनीका अनुसार हालसम्म विश्वभर एक करोडभन्दा बढी सवारीसाधन बिक्री भइसकेका छन्।

विद्युतीय तथा बौद्धिक सवारीसाधनको विकासलाई तीव्रता दिँदै आएको कम्पनीले आगामी दिनमा पनि सवारी सुरक्षा र अत्याधुनिक प्रविधिलाई प्राथमिकतामा राख्ने जनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
5h ago
जीडब्लुएमका दुई गाडीले पाए युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ

जीडब्लुएमका दुई गाडीले पाए युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ

काठमाण्डौ । चिनियाँ अटोमोबाइल निर्माता ग्रेट वाल मोटर (जीडब्लुएम) का दुई मोडल ओरा ५ र हाभल एच७ ले युरोपेली सवारीसाधन...

#सुरक्षा #युरो #एनक्याप
Compare →
Ekantipur
6h ago
दसौं राष्ट्रिय खेलकुद: सुरक्षा योजना एकीकृत गर्न र अपुग बजेटको स्पष्ट विवरण दिन मुख्यमन्त्रीको निर्देशन

दसौं राष्ट्रिय खेलकुद: सुरक्षा योजना एकीकृत गर्न र अपुग बजेटको स्पष्ट विवरण दिन मुख्यमन्त्रीको निर्देशन

शुक्रबार सुर्खेतमा आयोजित सुरक्षा समन्वय बैठकमा मुख्यमन्त्री शाहीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका र राष्ट्रिय अनुसन्धान विभागले योजनालाई एकीकृत गरी स्पष्ट कमान्ड र जिम्मेवारीसहितको कार्ययोजना बनाउन निर्देशन दिएका हुन्।

#सुरक्षा
Compare →
Hamro Patro News
7h ago
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले युद्ध अन्त्यपछि युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी दिने प्रस्तावमा रुस सहमत हुन सक्ने विश्वास व्यक्त गर्नुभएको छ । बर्लिन...

#सुरक्षा
Compare →
Nagarik News
3d ago
वैदेशिक रोजगारीमा रहेका नेपालीको सामाजिक सुरक्षा सुनिश्चित गर्न एनआरएनए र सामाजिक सुरक्षा कोषबीच छलफल

वैदेशिक रोजगारीमा रहेका नेपालीको सामाजिक सुरक्षा सुनिश्चित गर्न एनआरएनए र सामाजिक सुरक्षा कोषबीच छलफल

मंगलबार सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मी र उनको टोलीसँग एनआरएनएका मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठसहितको टोलीले भेटवार्ता गरेको थियो।

#सुरक्षा
Compare →

Related Stories

Technology
Build #2612