सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरूलाई व्यतित बीमालेख पुनर्जागरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले २०८३ मंसिर २१ गतेसम्म सञ्चालन गर्ने यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र व्यतित बीमालेख पुनर्जागरण गर्ने बीमितहरूलाई विलम्ब शुल्क (ब्याज) मा छुट प्रदान गर्ने भएको हो।
कम्पनीका अनुसार व्यतित मितिबाट दुई वर्ष ननाघेका बीमालेखहरू पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट प्रदान गरिनेछ। त्यसैगरी, व्यतित मितिबाट दुई वर्ष नाघेका तर चार वर्ष ननाघेका बीमालेखहरू पुनर्जागरण गर्दा विलम्ब शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराइनेछ। उक्त छुट सुविधा सम्पूर्ण बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको छ। साथै, यस सुविधाअन्तर्गत पुनर्जागरण गरिएको बीमालेख पछि बीमा अवधिभित्र कुनै पनि समयमा समर्पण गरिएमा छुट दिइएको सम्पूर्ण विलम्ब शुल्क समर्पण मूल्यबाट कट्टा गरिनेछ।
Read full story at source ( arthasansar.com )