Trending
Prev Story
Next Story

फिफाको प्रतिबन्धबाट हट्न एन्फालाई सहज बाटो

Ekantipur •
November 20, 2026 • 05:33 AM
5
5 reads 0 reactions

राखेपको आन्तरिक निलम्बन हटेपछि एन्फाले निर्वाचन प्रक्रिया अघि बढाउने र फिफाले एक महिनाभित्र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने संकेत दिएको छ।

फिफाको प्रतिबन्धबाट हट्न एन्फालाई सहज बाटो

राखेपको आन्तरिक निलम्बन हटेपछि एन्फाले निर्वाचन प्रक्रिया अघि बढाउने र फिफाले एक महिनाभित्र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने संकेत दिएको छ।

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन करिब आठ महिनापछि बिहीबार फुकुवा गरेको छ । दिनभरका अन्य घटनाक्रमले विश्व फुटबल महासंघ (फिफा) ले नेपाली फुटबलमाथि लगाएको अन्तर्राष्ट्रिय प्रतिबन्ध पनि एक महिनाभित्रै हट्ने संकेत गरेको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार बिहीबार थाइल्यान्डको बैंककमा मन्त्री पोखरेल, फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का अधिकारीहरूसम्मिलित संयुक्त बैठकमा उक्त सहमति जुटेको हो ।

मन्त्री पोखरेल, उनका सल्लाहकार सिद्धि व्यञ्जनकार र राखेप उपाध्यक्ष विशाल श्रेष्ठ मंगलबार राति थाइल्यान्ड गएका थिए । उनीहरूले बिहीबार आयोजित ३० औं एएफसी अवार्डको अवसर पारेर उक्त बैठक गरेका हुन् ।

विश्वकप फुटबल चलिरहेका बेला फिफाले २४ जुनमा एन्फालाई निलम्बन गरेको थियो । राखेपले आन्तरिक निलम्बन फुकुवा गर्न अस्वीकार गर्दै तेस्रो पक्षको हस्तक्षेपलाई निरन्तरता दिएपछि तथा एन्फा पदाधिकारीहरूलाई विदेश भ्रमण र फुटबल गतिविधिमा सहभागी हुन रोक लगाएपछि फिफाले अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको थियो । राखेपले २५ मार्चमा एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।

फिफाको प्रतिबन्ध लाग्दा बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको तीन महिनामात्र भएको थियो । प्रतिबन्ध निम्त्याउने गतिविधिमा आफ्नो सरकार जिम्मेवार नरहेको तर्क गर्दै मन्त्री पोखरेलले जतिसक्दो छिटो प्रतिबन्ध फुकुवा गर्न अन्तर्राष्ट्रिय फुटबल निकायहरूसग वार्ता भइरहेको दाबी गर्दै आएका थिए ।

यद्यपि सरकारले एन्फाको मामिलामा हस्तक्षेप गर्न भने छाडेको थिएन । १५ मेमै राखेपले ५१ दिनपछि एन्फामाथिको निलम्बन फुकुवा गरे पनि तहगत निर्वाचनलगायतका सर्तहरू तेर्स्याएको थियो ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले अर्ली इलेक्सन गराउने योजना अघि सारेपछि एन्फा र राखेपबीचको विवाद चर्किएको थियो । झापामा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा राखेपले एन्फालाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

तर, एन्फा नेतृत्व तहगत निर्वाचनको पक्षमा नरहेपछि राखेपले मे महिनामा त्यसलाई मुख्य सर्तका रूपमा अघि सारेको थियो । कागजी रूपमा निलम्बन फुकुवा गरिए पनि एन्फालाई आर्थिक तथा अन्य गतिविधि सञ्चालन गर्न दिइएको थिएन ।

‘तर, बिहीबार हामीले प्रशासनिक र आर्थिक प्रतिबन्धसहित एन्फामाथि लगाइएका सबै निलम्बन र बन्देज फुकुवा गरिएको राखेपको पत्र प्राप्त गरेका छौं,’ एन्फा प्रवक्ता सुरेश शाहले भने । राखेपका सदस्य–सचिव रामचरित्र मेहताद्वारा हस्ताक्षरित उक्त पत्र एन्फालाई भर्चुअल माध्यमबाट पठाइएको थियो ।

पछिल्लो नौ महिनामा राखेप र एन्फाबीच थुप्रै पत्र आदानप्रदान भए । तर, बिहीबार एन्फाले राखेपबाट पहिलो पटक अंग्रेजी भाषामा पत्र प्राप्त गर्‍यो । यसको मुख्य कारण उक्त पत्र मूलतः फिफा र एएफसीलक्षित गरी पठाइनु थियो । फिफा र एएफसीको विश्वास जित्नका लागि राखेपले निलम्बन फुकुवा गरेको विभिन्न स्रोतहरूले पुष्टि गरेका छन् ।

‘आन्तरिक निलम्बन फुकुवा भए पनि अध्यक्ष नेम्वाङ नेतृत्वको एन्फाले तहगत निर्वाचन भने गराउनुपर्नेछ,’ मन्त्रालयका एक अधिकारीले नाम नबताउने सर्तमा कान्तिपुरसँग भने, ‘झापामा रोकिएको अर्ली इलेक्सनको प्रक्रिया रद्द भइसकेको छ ।’

ती अधिकारीका अनुसार एन्फाले नयाा निर्वाचन प्रक्रिया सुरु गरेपछि फिफा र एएफसीले त्यसको प्रगति हेरेर एक महिनाभित्र प्रतिबन्ध फुकुवा गर्नेछन् । यसको अर्थ नेपाल सरकार र फिफा दुवै पक्ष आ–आफ्नो अडानबाट केही लचिलो हुादै मध्यमार्गी सहमतिमा पुगेका हुन् ।

यसअघि सरकार नेम्वाङलाई नेतृत्वमा फर्काउन चाहादैनथ्यो । उता फिफाले भने नेम्वाङलाई सरकारी हस्तक्षेपविना काम गर्न दिनुपर्ने र झापामा रोकिएको निर्वाचन प्रक्रिया तत्काल सुचारु गर्नुपर्ने माग राख्दै आएको थियो । अब नेम्वाङ अध्यक्षकै रूपमा फर्किनेछन् र नयाा तहगत निर्वाचन सञ्चालन गर्नेछन् ।

नायक पौडेल काठमाडौं पोस्टका खेल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
17h ago
एन्फा निलम्बन फुकूवाका लागि ग्रीन सिग्नल, नेम्वाङकै नेतृत्वमा निर्वाचन गर्न फिफाको सर्त

एन्फा निलम्बन फुकूवाका लागि ग्रीन सिग्नल, नेम्वाङकै नेतृत्वमा निर्वाचन गर्न फिफाको सर्त

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन फुकूवा गर्ने विषयमा फिफा र एएफसीले ग्रिन सिग्नल दिएको छ । त्यसका लागि वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङकै नेतृत्वमा एन्फाको तहगत निर्वाचन …

#फिफा #एन्फा #निलम्बन
Compare →
Hamro Patro News
1d ago
राखेपले एन्फामाथि लगाएको निलम्बन र प्रतिबन्ध हटायो

राखेपले एन्फामाथि लगाएको निलम्बन र प्रतिबन्ध हटायो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ । राखेपले बिहीबार एन्फालाई पत्र पठाउँदै निलम्बन तथा प्रतिबन्ध फुकुव...

#प्रतिबन्ध #एन्फा #निलम्बन
Compare →
Nagarik News
16h ago
फिफाका अध्यक्षसँग खेलकुदमन्त्रीको भेट, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

फिफाका अध्यक्षसँग खेलकुदमन्त्रीको भेट, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्ध हटाएसँगै विश्व फुटबल महासंघ (फिफा) ले पनि निलम्बन फुकुवा गर्ने मौखिक सहमति भएको छ।

#फिफा #प्रतिबन्ध #एन्फा
Compare →
Arthasansar
23h ago
राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएको छ । राखेपको कार्यकारी समितिले...

#प्रतिबन्ध #एन्फा #निलम्बन
Compare →

Related Stories

Sports
Build #2612