यो साइबर ठगी सम्बन्धी उजुरी र शंकास्पद कारोबारको सूचना दिन चौबीसै घण्टा सञ्चालन हुने नम्बर हो ।
काठमाडौँ — राष्ट्र बैंकले अनलाइन ठगी, फिसिङ, नक्कली लिंक, अनधिकृत कारोबार वा डिजिटल भुक्तानीसम्बन्धी ठगीमा परेमा क्रममा स्क्याम भए तत्कालै १२४७ मा सम्पर्क गर्न भनेको छ ।
पछिल्लो समय मोबाइल बैंकिङ, डिजिटल वालेट र क्युआर भुक्तानीको क्रममा पनि यस्ता स्क्याम हुने गरेका छन् ।
शुक्रबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
यो साइबर ठगी सम्बन्धी उजुरी र शंकास्पद कारोबारको सूचना दिन चौबीसै घण्टा सञ्चालन हुने नम्बर हो ।
यो विभिन्न सरोकारवाला निकायहरु सम्मिलित एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको नम्बर हो ।
यो केन्द्रमा नेपाल प्रहरीको साइबर ब्युरो, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, दुरसञ्चार कम्पनी र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधि एउटै स्थानमा बसेर साइबर ठगीविरूद्ध काम गर्ने गर्छन् ।
ठगी भएको अवस्थामा आफ्नो बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई खाता तथा डिजिटल वालेट सुरक्षित गर्न आवश्यक पहल गर्न पनि राष्ट्र बैंकले भनेको छ ।
केन्द्रमा उजुरी दर्ता गरेपछि ठगी भएको रकम एक संस्थाबाट अर्कोमा पुगिसकेको अवस्थामा पनि रकम थप स्थानान्तरण हुनुअघि रोक्ने प्रयास गरिन्छ ।