शुक्रबार जारी सूचनाले पदाधिकारी र सदस्यलाई उपस्थित हुन अनुरोध गरे पनि बैठकमा उठाइने विषयबारे कुनै जानकारी दिएको छैन।
काठमाडौँ — नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शुक्रबार सूचना जारी गर्दै मंसिर ८ गते मंगलबारका लागि बैठक आह्वान गरेका हुन् ।
बैठक दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ ।
बैठकका एजेन्डाबारे भने सूचनामा केही उल्लेख गरिएको छैन ।