Trending
Prev Story
Next Story

बर्दियामा खाद्य कम्पनीद्वारा धान खरिद सुरु

Ekantipur •
November 20, 2026 • 04:02 AM
2
2 reads 0 reactions

सरकारले मोटो धानको प्रतिक्विन्टल ३ हजार ६ सय ६० र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ समर्थन मूल्य निर्धारण गरेको छ ।

बर्दियामा खाद्य कम्पनीद्वारा धान खरिद सुरु

सरकारले मोटो धानको प्रतिक्विन्टल ३ हजार ६ सय ६० र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ समर्थन मूल्य निर्धारण गरेको छ ।

बर्दिया — सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुरले ढिलो गरी धान खरिद सुरु गरेको छ । खाद्यले आज शुक्रबारदेखि धान खरिद सुरु गरेको हो । खाद्यले धान खरिदमा ढिलाइ गर्दा अधिकांश किसानले निजी व्यापारीलाई सस्तोमा धान बेचिसकेका छन् ।

सरकारले मोटो धानको प्रतिक्विन्टल ३ हजार ६ सय ६० र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ समर्थन मूल्य निर्धारण गरेको छ । तर, धान खरिदमा ढिलाइ हुँदा अधिकांश किसानले निजी व्यापारीलाई मोटो धान प्रतिक्विन्टल २ हजार ८ सय र मध्यम धान ३ हजार २ सय रुपैयाँमा बेचिसकेका छन् ।

धान खरिदका लागि खाद्यले बिहीबार राजापुरअन्तर्गतका ४ सय किसानलाई कुपन वितरण गरेको छ । कुपन वितरण गरिएका किसानको धान खरिद सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय राजापुरका प्रमुख कमलराज पाण्डेले बताए । ‘राजापुर र बारबर्दिया नगरपालिकामा धान खरिद सुरु भएको छ,’ उनले भने, ‘गोदाम व्यवस्थापन गर्ने पालिकामा धान खरिद गर्ने तयारी छ ।’ प्रत्येक किसानबाट २० क्विन्टलका दरले धान खरिद गर्ने उनले जनाए ।

चालु आर्थिक वर्षमा ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुरले जनाएको छ । मोटो २५ हजार क्विन्टल र मध्यम ५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ । जिल्लास्थित आठवटै पालिकाबाट ३/३ हजार क्विन्टलका दरले र बाँकी खाद्य कम्पनी राजापुर मुख्य शाखाबाट खरिद गरिने जनाइएको छ ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अनुसार बर्दियामा ५० हजार १ सय ५० हेक्टरमा धान खेती हुन्छ । यस वर्षको हालसम्म स्थानीय तहबाट धान उत्पादनको तथ्यांक प्राप्त नभएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयकी प्रमुख कमला अधिकारीले बताइन् । उनका अनुसार गत आर्थिक वर्षमा जिल्लामा २ लाख २५ हजार ६ सय ७५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

गत वर्ष पनि खाद्यले ३० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो । उत्पादन बढी र सरकारले धान खरिद गर्ने कोटा कम हुँदा अधिकांश किसान निजी व्यापारीलाई सस्तोमा धान बेच्न बाध्य छन् । उत्पादनअनुसार सरकारले धान खरिदको कोटा निर्धारण गर्नुपर्ने स्थानीय किसानहरूको माग छ ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
15h ago
धान किन्न सरकारी उदासीनता, धनगढी बाहेक सबै कार्यालयमा खरिद शून्य

धान किन्न सरकारी उदासीनता, धनगढी बाहेक सबै कार्यालयमा खरिद शून्य

३ मंसिर, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको धान खरिद कार्य निकै सुस्त रहेको छ । आजसम्म कम्पनीले जम्मा २ हजार ५ सय २९ क्विन्टल धान खरिद गरेको छ । प्रत्यक्ष किसानबाट …

#धान #खरिद
Compare →
Bizshala
1d ago
किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

काठमाण्डौ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ मा किसानबाट १...

#धान #खरिद
Compare →
Hamro Patro News
10h ago
विद्युत खरिद सम्झौता नभएपछि प्राधिकरणले नयाँ बोलपत्र आह्वान गर्ने

विद्युत खरिद सम्झौता नभएपछि प्राधिकरणले नयाँ बोलपत्र आह्वान गर्ने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले आगामी सुख्खायाममा विद्युत आपूर्ति सहज बनाउन भारतबाट १५० मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले जनवरी २०२७ देखि मे २०२७ सम्मका लागि अन्तर...

#खरिद
Compare →
Nagarik News
15h ago
हिउँदमा नेपालले भारतबाट १५० मेगावाट आरटीसी विद्युत खरिद गर्ने

हिउँदमा नेपालले भारतबाट १५० मेगावाट आरटीसी विद्युत खरिद गर्ने

प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार प्राधिकरणले १५० मेगावाट विद्युत चौबिसै घण्टा अर्थात् राउन्ड द क्लक (आरटीसी) मोडमा खरिद गर्ने योजना बनाएको छ।

#खरिद
Compare →

Related Stories

Business & Economy
Build #2612