काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशअनुसार कम्पनीले २ करोड ९ लाख ७८ हजार ९४९ रुपैयाँ ७५ पैसा बराबरको बोनस सेयर र ११ लाख ४ हजार १५५ रुपैयाँ २५ पैसा नगद लाभांश वितरण गर्नेछ।
यसरी कम्पनीले बोनस सेयर र नगद गरी कुल २ करोड २० लाख ८३ हजार १०५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।