Trending
Prev Story
Next Story

सम्पदा लघुवित्तले घोषणा गर्‍यो ४.२१ प्रतिशत लाभांश

Bizshala •
November 19, 2026 • 06:05 AM
2
2 reads 0 reactions

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले गत...

सम्पदा लघुवित्तले घोषणा गर्‍यो ४.२१ प्रतिशत लाभांश

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको मंसिर २ गते बुधबार अपराह्न ४ बजे बसेको सञ्चालक समितिको ५२औँ बैठकले हाल कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको जानकारीअनुसार हाल कायम ७० करोड ८ लाख ५८ हजार ३४५ रुपैयाँ चुक्तापुँजीको आधारमा २ करोड ८० लाख ३४ हजार ३३३ रुपैयाँ ८० पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ।

त्यसैगरी बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १४ लाख ७५ हजार ४९१ रुपैयाँ २५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।

यसअनुसार कम्पनीले बोनस सेयर र नगद गरी कुल २ करोड ९५ लाख ९ हजार ८२५ रुपैयाँ ५ पैसा बराबरको लाभांश वितरण गर्नेछ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
48m ago
सम्पदा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

सम्पदा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर...

#लाभांश #वितरण #लघुवित्त
Compare →
Ekantipur
1h ago
सम्पदा लघुवित्तको लाभांश घोषणा, कति दिने भयो ?

सम्पदा लघुवित्तको लाभांश घोषणा, कति दिने भयो ?

मर्जरपछि कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो ।

#लाभांश #लघुवित्त #घोषणा
Compare →

Related Stories

Business & Economy
Build #2612