Trending
Prev Story
Next Story

एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

Nagarik News •
November 20, 2026 • 02:44 AM
2
2 reads 0 reactions

खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ।

एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ।

उपभोक्ताले 'हेलो सरकार' को वेब पोर्टल (टिकट नं. HS-WEB-188...) मार्फत ग्यास सिलिन्डरको मूल्य बढी लिइएको भनी गुनासो दर्ता गराएका थिए। सोही गुनासोका आधारमा हेलो सरकारको समन्वयमा विभागको टोलीले सम्बन्धित स्टोरमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा कैफियत भेटिएपछि उक्त स्टोरलाई २ लाख रुपैयाँ (अक्षरुपी दुई लाख मात्र) जरिवाना गरिएको हेलो सरकारले जानकारी दिएको छ। हेलो सरकारले विश्वास गरी गुनासो पठाउने गुनासोकर्ता र तत्काल कारबाही प्रक्रिया अगाडि बढाएर सकारात्मक सहकार्य गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई धन्यवादसमेत ज्ञापन गरेको छ।

सरकारले उपभोक्ता ठगिने वा कुनै सार्वजनिक सेवामा समस्या आएमा हेलो सरकारको निःशुल्क फोन सेवा ११११ वा अनलाइन पोर्टलमार्फत गुनासो टिपाउन आग्रह गर्दै आएको छ।

प्रकाशित: ४ मंसिर २०८३ ०८:२९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
19h ago
फरक तौलका सिलिन्डर ल्याउँदैमा टर्छ ग्यास संकट ?

फरक तौलका सिलिन्डर ल्याउँदैमा टर्छ ग्यास संकट ?

३ मंसिर, काठमाडौं । नेपालमा खाना पकाउने एलपी ग्यासको बजारमा जब जब अभाव चर्किन्छ, तब तब समाधानका दीर्घकालीन उपाय खोज्नुको सट्टा सिलिन्डरको आकार, तौल र रङ बदल्ने बहस सतहमा आउने गरेको छ । कहिले आधा सिलिन्डर …

#ग्यास #सिलिन्डर
Compare →
Bizshala
1w ago
पाकिस्तानमा १५ हजारको ग्यास सिलिन्डर २५ हजारसम्म किन पुग्यो ?

पाकिस्तानमा १५ हजारको ग्यास सिलिन्डर २५ हजारसम्म किन पुग्यो ?

काठमाण्डौ। पाकिस्तानमा खाना पकाउने ग्यासको सरकारी दर र बजार मूल्यबीच ठूलो अन्तर देखिएको छ। त्यहाँको तेल तथा ग्यास...

#ग्यास #सिलिन्डर
Compare →
Hamro Patro News
1d ago
दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहलाई विभिन्न शुल्क, दस्तुर तथा करमा लागेको जरिवाना र ब्याज मिनाहाको सुविधा उपयोग गर्न आग्रह गरेको छ । प्राधिकरणले आर्थिक ऐन, २०८...

#जरिवाना
Compare →
Ekantipur
2d ago
सहकारी ठगी मुद्दामा नेपालीसहित सात जनालाई कैद र जरिवाना

सहकारी ठगी मुद्दामा नेपालीसहित सात जनालाई कैद र जरिवाना

अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद सजया र एक करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

#जरिवाना
Compare →

Related Stories

Business & Economy
Build #2612