Trending
Prev Story
Next Story

वैदेशिक रोजगारको विवादमा युवक अपहरण, चार जना पक्राउ

Ekantipur •
November 19, 2026 • 03:02 PM
1
1 reads 0 reactions

घटनालाई अतिरञ्जित बनाउन गलत सूचना दिएको आरोपमा अन्य दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरीले अपहरण र पक्राउको घटनाबारे बिहीबार सार्वजनिक गरेको छ।

वैदेशिक रोजगारको विवादमा युवक अपहरण, चार जना पक्राउ

घटनालाई अतिरञ्जित बनाउन गलत सूचना दिएको आरोपमा अन्य दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरीले अपहरण र पक्राउको घटनाबारे बिहीबार सार्वजनिक गरेको छ।

सर्लाही — सर्लाहीमा वैदेशिक रोजगारसम्बन्धी आर्थिक विवादलाई लिएर एक युवकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। घटनालाई अतिरञ्जित बनाउन गलत सूचना दिएको आरोपमा अन्य दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरीले अपहरण र पक्राउको घटनाबारे बिहीबार सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत कात्तिक २७ गते राति गोडैताका ३७ वर्षीय सुनीलकुमार रायलाई कौडेना फूलपरासीबाट अपहरण गरिएको थियो। दुईवटा मोटरसाइकलमा आएका चार/पाँच जनाको समूहले रायलाई कुटपिट गर्दै नियन्त्रणमा लिई पिकअप गाडीमा राखेर बरहथवातर्फ लगेको थियो। घटनाबारे रायका आफन्तले इलाका प्रहरी कार्यालय बरहथवामा जानकारी गराएपछि प्रहरीले खोजी तथा अनुसन्धान सुरु गरेको थियो।

खोजीका क्रममा कात्तिक २८ गते बिहान करिब ९ बजे बरहथवाका राजकुमार महतोको घरमा रायलाई कोठाभित्र थुनेर राखिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए। प्रहरीले रायको उद्धार गर्नुका साथै सोही स्थानबाट सन्तोषकुमार महतोलाई नियन्त्रणमा लिएको थियो। घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्ने क्रममा सोही दिन बरहथवास्थित दूध डेरी चोकबाट थप तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

डीएसपी गौतमका अनुसार पक्राउ पर्नेमा बरहथवाका विशेश्वर महतो, प्रमोदकुमार महतो, अमितकुमार महतो र सन्तोषकुमार महतो छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटना वैदेशिक रोजगारीसम्बन्धी आर्थिक लेनदेनको विवादसँग जोडिएको देखिएको छ। सोही विवादमा जबरजस्ती रकम असुल गर्ने उद्देश्यले रायलाई अपहरण गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

अपहरणकारीहरूले तीन लाख रुपैयाँ फिरौती माग गरेको र गरगहनासमेत लुटिएको भन्दै घटनालाई अतिरञ्जित गर्ने उद्देश्यले गलत सूचना दिएको आरोपमा बरहथवाका ४२ वर्षीय रामनारायण यादव र ४० वर्षीया निलव देवीलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2d ago
कांग्रेसलाई योजनाबद्ध रूपमा अपहरण गरिएको देउवा पक्षीय नेताहरूको आरोप

कांग्रेसलाई योजनाबद्ध रूपमा अपहरण गरिएको देउवा पक्षीय नेताहरूको आरोप

कसैले प्रयोजन गरेको आधारमा तत्कालीन महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसलाई अपहरण गरेको कांग्रेस नेता प्रकाशचरण महतले आरोप लगाए।

#अपहरण
Compare →
Bizshala
1d ago
वैदेशिक रोजगारीको नाममा डेढ लाख नेपाली महिला हिंसा र बेचबिखनको जोखिममा, मानव तस्करी रोक्ने संस्थाकै भूमिकामाथि प्रश्न

वैदेशिक रोजगारीको नाममा डेढ लाख नेपाली महिला हिंसा र बेचबिखनको जोखिममा, मानव तस्करी रोक्ने संस्थाकै भूमिकामाथि प्रश्न

काठमाण्डौ । वैदेशिक रोजगारीको नाममा विदेश पुगेका करिब एक लाख ५० हजार नेपाली महिला विभिन्न प्रकारका हिंसा तथा शोषणमा...

#वैदेशिक #रोजगार
Compare →
Hamro Patro News
3d ago
कान्तिपुर फर्मास्युटिकल्सको आईपीओ मंसिर १० देखि खुल्ने, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई ८ लाख ९० हजार कित्ता

कान्तिपुर फर्मास्युटिकल्सको आईपीओ मंसिर १० देखि खुल्ने, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई ८ लाख ९० हजार कित्ता

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीम...

#वैदेशिक #रोजगार
Compare →

Related Stories

Technology
Build #2612