Trending
Prev Story
Next Story

सुक्खायाममा १५० मेगावाट विद्युत् आयात गर्न बोलपत्र आह्वान गरिने

Ekantipur •
November 19, 2026 • 03:02 PM
1
1 reads 0 reactions

प्राधिकरणले सन् २०२७ जनवरीदेखि मेसम्म चौबिसै घण्टा आपूर्तिका लागि भारतीय कम्पनीसँग प्रतिस्पर्धात्मक दरमा विद्युत् खरिद गर्ने तयारी गरेको छ ।

सुक्खायाममा १५० मेगावाट विद्युत् आयात गर्न बोलपत्र आह्वान गरिने

प्राधिकरणले सन् २०२७ जनवरीदेखि मेसम्म चौबिसै घण्टा आपूर्तिका लागि भारतीय कम्पनीसँग प्रतिस्पर्धात्मक दरमा विद्युत् खरिद गर्ने तयारी गरेको छ ।

काठमाडौँ — आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

प्राधिकरणले सन् २०२७ जनवरीदेखि मेसम्म चौबिसै घण्टा (आरटीसी) विद्युत् आपूर्ति गर्नेगरी भारतीय विद्युत् व्यापारिक कम्पनीसँग प्रतिस्पर्धात्मक दरमा विद्युत् खरिद गर्न लागेको हो ।

प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार १५० मेगावाट विद्युत् आरटीसी मोडमा खरिद गर्ने प्रस्ताव अघि बढाइएको छ । पछिल्ला दुई–तीन वर्षदेखि सुक्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा भारतको विद्युत् पावर एक्सचेन्ज (आइईएक्स) को डे अहेड मार्केट (डीएएम) र रियल टाइम मार्केट (आरटीएम) बाट विद्युत् खरिद हुँदै आएको छ ।

यस वर्ष भोटेकोशी नदीमा आएको हिमबाढीले निर्माणाधीन तथा सञ्चालनमा रहेका विद्युत् आयोजनामा क्षति पुर्‍याउँदा करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ । यसले आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण हुने देखिएको छ ।

प्राधिकरणको विद्युत् व्यापार विश्लेषण समितिले गत भदौ २५ गते जनवरीदेखि मेसम्म १५० मेगावाट विद्युत् आरटिसी मोडमा खरिद गर्न व्यवस्थापनसमक्ष सिफारिस गरेको थियो । समितिले आवश्यकताअनुसार भारतीय पावर एक्सचेन्जबाट थप विद्युत् खरिद गर्न र अप्रिल तथा मे महिनामा माग बढ्ने भएकाले बजारको अवस्था हेरी थप खरिदको निर्णय लिन सुझाव दिएको थियो ।

आगामी सुक्खायामसम्म राष्ट्रिय विद्युत् प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना जोडिने अपेक्षा गरिएको भए पनि नदीमा पानीको बहाव घट्दा ती आयोजनाबाट करिब ९० मेगावाट मात्रै विद्युत् उत्पादन हुने अनुमान छ । त्यसैले आन्तरिक उत्पादनबाट माग धान्न कठिन हुने प्राधिकरणको आकलन छ ।

यसअघि प्राधिकरणले १५० मेगावाट विद्युत् खरिदका लागि भारतका तीन कम्पनीसँग दर प्रस्ताव माग गरेको थियो । तीमध्ये एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतियुनिट भारु ६ रुपैयाँ ९० पैसा, मनिकरण इनर्जी लिमिटेडले ८ रुपैयाँ ५० पैसा र एसजेभीएन लिमिटेडले ९ रुपैयाँ प्रस्ताव गरेका थिए ।

सबैभन्दा कम दर प्रस्ताव गरेको एनटीपीसी ट्रेडिङ कर्पोरेसनलाई प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार असोज १६ गते आशयपत्र जारी गरिएको थियो । असोज २९ गते विद्युत् खरिद सम्झौताका लागि बोलाइएकामा कम्पनीले भोलिपल्ट पत्र पठाउँदै प्रस्तावित दरमा सम्झौता गर्न नसक्ने जनाएको थियो ।

कम्पनीले भूराजनीतिक अनिश्चितता, कोइला तथा अन्य इन्धनको मूल्यवृद्धि, विश्वव्यापी मौसम परिवर्तन, एल निनो प्रभाव र भारतभित्रै विद्युत्‌को माग बढेको कारण देखाउँदै पुरानो दर पुनरावलोकन गर्नुपर्ने जनाएको थियो ।

यसैबीच, भारतीय विद्युत् बजारको डे अहेड मार्केटमा गत असोजको औसत बजार समायोजन मूल्य प्रतियुनिट नेपाली रु ११ रुपैयाँ ७४ पैसा अर्थात् भारतीय भारु ७ रुपैयाँ ३४ पैसा पुगेको थियो । बजार मूल्य बढेकाले यसअघि प्रस्तावित दरमा सम्झौता हुन नसकेको प्राधिकरणको भनाइ छ ।

पुरानो प्रस्तावमा सम्झौता हुन नसकेपछि प्राधिकरणले नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउन लागेको हो । अन्तरराष्ट्रिय बोलपत्रमार्फत भारतीय विद्युत् व्यापारिक कम्पनीबाट प्रस्ताव माग गरी प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्ने प्राधिकरणको योजना छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
हिउँदमा नेपालले भारतबाट १५० मेगावाट आरटीसी विद्युत खरिद गर्ने

हिउँदमा नेपालले भारतबाट १५० मेगावाट आरटीसी विद्युत खरिद गर्ने

प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार प्राधिकरणले १५० मेगावाट विद्युत चौबिसै घण्टा अर्थात् राउन्ड द क्लक (आरटीसी) मोडमा खरिद गर्ने योजना बनाएको छ।

#प्राधिकरण #खरिद #१५०
Compare →
Hamro Patro News
2h ago
भारतबाट १५० मेगावाट विद्युत खरिद गर्न बाेलपत्र आह्वानकाे तयारी

भारतबाट १५० मेगावाट विद्युत खरिद गर्न बाेलपत्र आह्वानकाे तयारी

काठमाडौँ । आगामी सुख्खायाममा विद्युत आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ । प्राधिकरणले जनवरी २०२७ देखि मे २०२७ ...

#खरिद #१५० #मेगावाट
Compare →
Bizshala
2d ago
हिउँदमा विद्युत् संकट टार्न भारतको भर, नेपाललाई ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यातको अनुमति

हिउँदमा विद्युत् संकट टार्न भारतको भर, नेपाललाई ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यातको अनुमति

काठमाण्डौ । वर्षायाममा विद्युत् निर्यात गरेर आम्दानी गर्दै आएको नेपालले आगामी हिउँदमा भने आन्तरिक माग धान्न भारतबाट...

#विद्युत् #मेगावाट #आयात
Compare →
Onlinekhabar
2d ago
भारतबाट ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यात अनुमति

भारतबाट ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यात अनुमति

१ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष हिउँदयाममा भारतबाट ३ सय ५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार डे–अहेड तथा रियल …

#विद्युत् #मेगावाट #आयात
Compare →

Related Stories

Business & Economy
Build #2612