Trending
Prev Story
Next Story

डेभिड जोन्सपछि अर्को फेसन कम्पनी जनरल प्यान्ट्स प्रशासनिक नियन्त्रणमा, नेपाली विद्यार्थी पनि चिन्तित

Onlinekhabar •
November 19, 2026 • 03:01 PM
1
1 reads 0 reactions

३ मंसिर, सिड्नी । अस्ट्रेलियाको चर्चित डिपार्टमेन्ट स्टोर डेभिड जोन्सका १९ वटा पसल बन्द हुने घोषणा सार्वजनिक भएको केही दिनमै अर्को परिचित फेसन खुद्रा कम्पनी जनरल प्यान्ट्स स्वैच्छिक प्रशासनिक नियन्त्रणमा गएको छ । कम्पनी आर्थिक संकटमा …

डेभिड जोन्सपछि अर्को फेसन कम्पनी जनरल प्यान्ट्स प्रशासनिक नियन्त्रणमा, नेपाली विद्यार्थी पनि चिन्तित

३ मंसिर, सिड्नी । अस्ट्रेलियाको चर्चित डिपार्टमेन्ट स्टोर डेभिड जोन्सका १९ वटा पसल बन्द हुने घोषणा सार्वजनिक भएको केही दिनमै अर्को परिचित फेसन खुद्रा कम्पनी जनरल प्यान्ट्स स्वैच्छिक प्रशासनिक नियन्त्रणमा गएको छ ।

कम्पनी आर्थिक संकटमा परेपछि अस्ट्रेलिया र न्युजिल्यान्डमा कार्यरत करिब ५०० कर्मचारीको रोजगारी भविष्य अनिश्चित बनेको छ ।

कम्पनीको यो अवस्थाले त्यहाँ पार्टटाइम काम गर्दै आएका नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेत चिन्तित बनाएको छ । अध्ययन शुल्क र दैनिक खर्च धान्न रोजगारीमा निर्भर विद्यार्थीहरू काम गुमाउनुपर्ने अवस्था आउन सक्ने भन्दै तनावमा परेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै ब्रिस्बेन निवासी नेपाली विद्यार्थी राहुल सिंहले जनरल प्यान्ट्समा आफूले गरिरहेको काम अध्ययनसँग निकै अनुकूल रहेको बताए ।

उनका अनुसार कामको समय र अध्ययनलाई सन्तुलनमा राख्न सहज भएकाले उक्त रोजगारी विद्यार्थी जीवनका लागि उपयुक्त थियो । तर कम्पनी प्रशासनिक नियन्त्रणमा गएपछि आफ्नो रोजगारी के हुने भन्ने चिन्ता बढेको उनले बताए ।

रोजगारी गुमाउनुपर्ने अवस्था आए नयाँ काम खोज्नुपर्ने र त्यसले आर्थिक व्यवस्थापनसँगै अध्ययनमा पनि असर पार्न सक्ने उनको भनाइ छ ।

सन् १९७२ मा सिड्नीको जर्ज स्ट्रिटबाट डेनिम कपडा बिक्री गर्ने पसलका रूपमा सुरु भएको जनरल प्यान्ट्स अस्ट्रेलियाको परिचित युवा फेसन ब्रान्ड हो । कम्पनी अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालनमा छ । यसले हाल ३५ वटा पसल सञ्चालन गरिरहेको छ ।

कम्पनीको स्वामित्व रहेको अल्केमी ग्रुपले आर्थिक तथा व्यावसायिक चुनौतीबीच कम्पनी बिक्री गर्ने वा थप पुँजी लगानी जुटाउने विकल्पमा प्रयास गरे पनि सफल हुन नसकेपछि प्रशासनिक नियन्त्रणको प्रक्रिया अघि बढाएको हो ।

नोभेम्बर १८ को साँझ अल्भारेज एन्ड मार्सलका जेसन ट्रेसी र ग्लेन कानेभ्स्कीलाई कम्पनीको स्वैच्छिक प्रशासक नियुक्त गरिएको थियो । उनीहरूले कम्पनीको आर्थिक अवस्था, व्यापारिक कारोबार, पसल, मौज्दात र खर्चको समीक्षा गर्नेछन् ।

प्रशासनिक नियन्त्रणमा गए पनि तत्काल सबै पसल बन्द हुने छैनन् । प्रशासकका अनुसार कम्पनीका ३५ वटै पसल र अनलाइन व्यापार नियमित रूपमा सञ्चालनमा रहनेछन् । ग्राहकले उपहार कार्ड प्रयोग गर्न पनि पाउनेछन् ।

प्रशासकहरूले कम्पनीलाई बिक्री गर्ने वा थप पुँजी लगानीमार्फत सञ्चालनमा राख्ने सम्भावनाबारे काम गरिरहेका छन् । प्रशासनिक प्रक्रियाका क्रममा कर्मचारीले गरेको कामको पारिश्रमिक नियमित रूपमा दिइने जनाइएको छ ।

संयुक्त प्रशासक जेसन ट्रेसीले तत्कालको प्राथमिकता पसल सञ्चालनलाई निरन्तरता दिने, कर्मचारी र ग्राहकको हित संरक्षण गर्ने तथा कम्पनीको भविष्यका लागि उपयुक्त विकल्प खोज्ने रहेको बताएका छन् ।

ब्ल्याक फ्राइडे बिक्री अभियान सुरु हुन केही दिन मात्रै बाँकी रहेका बेला कम्पनी प्रशासनिक नियन्त्रणमा गएको हो । आगामी नोभेम्बर ३० मा ऋणदाता तथा सरोकारवालाहरूको पहिलो बैठक बस्ने तय भएको छ ।

डेभिड जोन्सका ३८ मध्ये १९ वटा पसल बन्द गर्ने निर्णय र जनरल प्यान्ट्स प्रशासनिक नियन्त्रणमा जानुले अस्ट्रेलियाको खुद्रा व्यापार क्षेत्रमा देखिएको चुनौतीलाई अगाडि ल्याएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
3d ago
एकपछि अर्को विपत्तिले थलिएका निर्जीवन बीमा कम्पनी, तीन महिनामै १ अर्ब २७ करोड घाटा !

एकपछि अर्को विपत्तिले थलिएका निर्जीवन बीमा कम्पनी, तीन महिनामै १ अर्ब २७ करोड घाटा !

काठमाण्डौ । एकपछि अर्को प्राकृतिक विपत्ति र प्रतिकूल परिस्थितिको सामना गरिरहेका निर्जीवन बीमा कम्पनीहरूको वित्तीय...

#अर्को
Compare →
Nagarik News
4d ago
बामपन्थी शक्तिविरुद्ध अर्को मोर्चा बनाउँदैनौं : आङ्वो

बामपन्थी शक्तिविरुद्ध अर्को मोर्चा बनाउँदैनौं : आङ्वो

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता इन्द्र आङ्वोले वामपन्थी शक्तिविरुद्ध अर्को मोर्चा बनाउने कार्यमा आफूहरू नरहेको बताएका छन्।

#अर्को
Compare →
Hamro Patro News
5d ago
अर्को साता चीनमा ट्रम्प, पुटिन र सी चिनफिङबिच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने

अर्को साता चीनमा ट्रम्प, पुटिन र सी चिनफिङबिच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच अर्को साता चीनमा ऐतिहासिक संयुक्त भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसका अनुसार चीनको दक्षिणी सहर...

#अर्को
Compare →

Related Stories

Education & Youth
Build #2612