Trending
Prev Story
Next Story

प्रचण्डसँग तत्काल एकता हुँदैन, ओलीकै नेतृत्वमा स्थानीय चुनाव लड्छौं: ज्ञवाली

Nagarik News •
November 19, 2026 • 01:48 PM
3
3 reads 0 reactions

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले तत्काल कुनै पनि वामपन्थी दलसँग पार्टी एकीकरणको सम्भावना नरहेको बताएका छन्।

प्रचण्डसँग तत्काल एकता हुँदैन, ओलीकै नेतृत्वमा स्थानीय चुनाव लड्छौं: ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले तत्काल कुनै पनि वामपन्थी दलसँग पार्टी एकीकरणको सम्भावना नरहेको बताएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै ज्ञवालीले आगामी स्थानीय तहको निर्वाचन अध्यक्ष केपी ओलीकै नेतृत्वमा लड्ने बताए।

नेकपा संयोजक पुष्पकमल दाहालले सहकार्य र एकीकरणका लागि गरेको सार्वजनिक अपिलमाथि बोल्दै ज्ञवालीले दाहाल छिटो मिल्न खोज्ने र छिटो विभाजित हुने नेता भएको आरोप लगाए।

‘उनी असाध्यै छिटो मिलौं पनि भन्छन्, असाध्यै छिटो विभाजित पनि गर्छन्,’ ज्ञवालीले भने, ‘अहिले हामी सहकार्यभन्दा पर सोचिरहेका छैनौं र एकताका लागि हतारो गर्ने पक्षमा पनि छैनौं।’

यद्यपि, सहकार्य गर्दै जाँदा तल्लो तहबाट जग बलियो बन्दै गए भविष्यमा एउटै कम्युनिस्ट पार्टी बन्ने सम्भावनालाई नीतिगत रूपमा नकार्न नसकिने उनले बताए।

हालका लागि भने संविधान, लोकतन्त्र, राष्ट्रिय हित, कम्युनिस्ट आन्दोलन र जनताको जीविकाको रक्षाका लागि मुद्दामा आधारित सहकार्य नै एमालेको प्राथमिकता रहेको उनको भनाइ छ।

ज्ञवालीले यस्तो मुद्दागत सहकार्य नेकपासँग मात्र नभई कतिपय सन्दर्भमा नेपाली कांग्रेस, अन्य दल, देशभक्त नागरिक र नागरिक समाजसँग समेत हुने बताए।

असोजमा सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकले यही निर्णय गरेको र बुधबारबाट सुरु राष्ट्रिय भेलामा पारित हुने प्रस्तावमा समेत त्यो विषय समेटिने उनले जानकारी दिए।

एमाले पूर्वअध्यक्ष झलनाथ खनालले ‘एमाले छोड्नु ठूलो गल्ती भयो’ भनी दिएको अभिव्यक्तिको प्रसंगमा ज्ञवालीले पार्टी छोडेर गएका साथीहरूलाई स्वागत गर्न एमाले सधैँ तत्पर रहेको बताए।

तर, उनीहरू बाहिरिएपछि एमाले धक्का चिर्दै आफ्नै ढंगले अघि बढिसकेकाले फर्किएपछि नेतृत्व र नीतिका विषयमा अनावश्यक किचलो गर्न नहुने सर्त उनले अघि सारे।

‘महाधिवेशनका बेला हुने छलफल एउटा कुरा हो, तर अहिले एमालेको नीति, नेतृत्व र समग्र आन्दोलनलाई स्वीकार गरेर आउने सबै साथीहरूलाई स्वागत छ,’ ज्ञवालीले भने। यद्यपि, उनीहरूसँग तत्काल पार्टी एकीकरणको सम्भावना भने नरहेको उनले दोहोर्याए।

२०७९ को निर्वाचनमा प्रतिकूलताका बीच पनि समग्र कम्युनिस्ट आन्दोलनको लोकप्रिय मत ४३-४४ प्रतिशत रहेकोमा फागुन २१ को निर्वाचनपछि सबै कम्युनिस्ट पार्टीको मत जोड्दा २२-२३ प्रतिशतमा सीमित भएको र एमाले एक्लै २८ बाट १४-१५ प्रतिशतमा झरेको ज्ञवालीले उल्लेख गरे।

यो संकटका बेला पार्टीको आन्तरिक एकता र सही नीति नै सबैभन्दा महत्वपूर्ण रहेको उनको भनाइ छ। आगामी चैत वा ढिलोमा वैशाखसम्म स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनसक्ने आकलन गर्दै ज्ञवालीले राष्ट्रिय भेलामार्फत सिंगो पार्टी पंक्तिलाई चुनावमा केन्द्रित गर्न लागिएको बताए।

एमाले पाँच वर्षसम्म धैर्यपूर्वक संगठन बलियो बनाएर चुनावबाटै सत्तामा आउने पक्षमा रहेको उल्लेख गर्दै उनले अध्यक्ष ओलीकै नेतृत्वमा आगामी स्थानीय निर्वाचनमा सकेसम्म राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गरे।

प्रकाशित: ३ मंसिर २०८३ १९:३३ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1d ago
जो आउँछ, ओली, प्रचण्ड र देउवालाई थुन्दिन्छु भन्छ, हामीमाथि मजाक गर्ने: ओली

जो आउँछ, ओली, प्रचण्ड र देउवालाई थुन्दिन्छु भन्छ, हामीमाथि मजाक गर्ने: ओली

एमालेको राष्ट्रिय भेलामा ओली आफू, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई थुनेर देखाउन चेतावनी दिएका छन्।

#प्रचण्ड #ओली
Compare →
Onlinekhabar
1d ago
ओलीको दाबी– आईजीपीले म, प्रचण्ड र देउवालाई थुनिदिन्छु भनेका छन्

ओलीको दाबी– आईजीपीले म, प्रचण्ड र देउवालाई थुनिदिन्छु भनेका छन्

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने चेतावनी दिएको दाबी गरेका छन् । बुधबार पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्ने …

#प्रचण्ड #ओली
Compare →
Hamro Patro News
2d ago
नेपाल भू–राजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल बन्नु हुँदैन : प्रचण्ड

नेपाल भू–राजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल बन्नु हुँदैन : प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूगोल भू–राजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल नभई क्षेत्रीय सहयोग र साझा समृद्धिको पुल बन्नुपर्ने...

#प्रचण्ड #हुँदैन
Compare →
Arthasansar
5h ago
भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन् ।...

#प्रचण्ड
Compare →
Bizshala
1d ago
रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन व्यापार तथा पारवहन सहज बनाउन तातोपानी नाका तत्काल सञ्चालनमा...

#तत्काल
Compare →

Related Stories

Politics & Governance
Build #2612