Trending
Prev Story
Next Story

धम्बोझी–नन्दनी मिल सडक चार लेनमा स्तरोन्नति हुँदै

Ekantipur •
November 19, 2026 • 02:02 PM
3
3 reads 0 reactions

बिहीबारदेखि निर्माण कार्य सुरु गरिएको नेपालगन्ज–गुलरिया सडकखण्डको उक्त सडक १ हजार ९२० मिटर लामो छ । सडक स्तरोन्नतिका लागि ३९ करोड ८४ लाख रुपैयाँभन्दा बढी लागतमा ठेक्का सम्झौता गरिएको छ ।

धम्बोझी–नन्दनी मिल सडक चार लेनमा स्तरोन्नति हुँदै

बिहीबारदेखि निर्माण कार्य सुरु गरिएको नेपालगन्ज–गुलरिया सडकखण्डको उक्त सडक १ हजार ९२० मिटर लामो छ । सडक स्तरोन्नतिका लागि ३९ करोड ८४ लाख रुपैयाँभन्दा बढी लागतमा ठेक्का सम्झौता गरिएको छ ।

नेपालगन्जको धम्बोझी चोकदेखि नन्दनी मिलसम्मको हुलाकी सडक चार लेनमा स्तरोन्नति हुने भएको छ ।

बिहीबारदेखि निर्माण कार्य सुरु गरिएको नेपालगन्ज–गुलरिया सडकखण्डको उक्त सडक १ हजार ९२० मिटर लामो छ । सडक स्तरोन्नतिका लागि ३९ करोड ८४ लाख रुपैयाँभन्दा बढी लागतमा ठेक्का सम्झौता गरिएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीका अनुसार निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण व्यवसायी हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिसँग २०८३ कात्तिक २० गते सम्झौता भएको हो ।

सम्झौताअनुसार २०८४ कात्तिक १९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि स्थानीयवासीको सहयोग र निर्माण व्यवसायीको प्रतिबद्धताका कारण छ महिनाभित्रै काम सक्ने लक्ष्य राखिएको भण्डारीले बताए । बजेट प्रवाह र कार्यालयको निर्णय प्रक्रियामा कुनै समस्या नरहेको उल्लेख गर्दै उनले निर्माण कार्यलाई तीव्रता दिइने जानकारी दिए ।

चार लेनमा निर्माण हुने सडकको बीचमा डिभाइडर र दुवैतर्फ फुटपाथ बनाइनेछ । उपमहानगरपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासका दृष्टिले सडक महत्त्वपूर्ण रहेको उल्लेख गर्दै भण्डारीले स्तरोन्नतिपछि आर्थिक गतिविधिसमेत बढ्ने अपेक्षा गरिएको बताए ।

सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ गरी कुल १५ मिटर राइट अफ वेभित्र पर्ने करिब १६१ वटा घर तथा संरचना हटाइसकिएको छ । अब एउटा मन्दिर र एक–दुईवटा घर हटाउन बाँकी रहेको र स्थानीय तहको सहयोगमा ती संरचनाको व्यवस्थापन गरिने उनले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिका- १ का वडाध्यक्ष प्रमोद धितालले सडक स्तरोन्नतिपछि आवागमन सहज हुनुका साथै सडक गुणस्तरीय र सुविधायुक्त बन्ने विश्वास व्यक्त गरे ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सडक निर्माणका लागि आवश्यक क्षेत्र खाली गराउन आफना जग्गा, घर तथा बाउन्ड्री हटाएर सहयोग गर्ने स्थानीयवासीप्रति आभार व्यक्त गरे । स्थानीयवासीको स्वस्फूर्त सहयोगले निर्माण कार्य अघि बढाउन सहज भएको उनले बताए ।

प्रमुख विष्टका अनुसार जानकी गाउँपालिकाको नन्दनी मिल क्षेत्रतर्फ सडक तुलनात्मक रूपमा व्यवस्थित र फराकिलो देखिए पनि उपमहानगरपालिका प्रवेश गरेपछि सडकको अवस्था कमजोर थियो । अब स्तरोन्नति हुन लागेको सडकले नेपालगन्जको सहरी स्वरूप र आवागमनलाई थप व्यवस्थित बनाउने उनको भनाइ छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सडक निर्माणका लागि आवश्यक जग्गा तथा संरचना खाली गराउन स्थानीयवासीले गरेको सहयोग प्रशंसनीय रहेको बताए । आयोजनाको समन्वय, सहजीकरण र शान्ति सुरक्षाको जिम्मेवारीअन्तर्गत राइट अफ वे खाली गराउने प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको उनले जानकारी दिए ।

सडक स्तरोन्नतिका लागि ३९ करोड ८४ लाख एक हजार २१९ रुपैयाँ ८८ पैसा सम्झौता रकम कायम गरिएको छ । उक्त रकममा मूल्य अभिवृद्धि कर (भ्याट) र प्रोभिजनल समसमेत समावेश छन् ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2612