बिहीबार नेकपाको राष्ट्रिय जागरण अभियानअन्तर्गत खोर्लाबेंसीमा भएको कार्यक्रममा गुरुङ नेकपा प्रवेश गरेको नेकपा धार्चेका अध्यक्ष सूर्य गुरुङले बताए । नेकपा नेताहरुले उनलाई खादा लगाएर स्वागत गरेका थिए ।
गोरखा — एमालेबाट निर्वाचित धार्चे गाउँपालिका–३ का वडाअध्यक्ष शेरबहादुर गुरुङ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
बिहीबार नेकपाको राष्ट्रिय जागरण अभियानअन्तर्गत खोर्लाबेंसीमा भएको कार्यक्रममा गुरुङ नेकपा प्रवेश गरेको नेकपा धार्चेका अध्यक्ष सूर्य गुरुङले बताए । नेकपा नेताहरुले उनलाई खादा लगाएर स्वागत गरेका थिए ।
२०७९ को स्थानीय तह निर्वाचनमा गुरुङ ३ सय ८७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका थिए । चारवटा वडा सदस्य भने तत्कालीन माओवादीले जितेको थियो ।
हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।