Trending
Prev Story
Next Story

रोहिंग्यामाथि म्यानमारले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

Ekantipur •
November 19, 2026 • 01:32 PM
3
3 reads 0 reactions

सन् २०१७ मा सेनाले चलाएको सैन्य अभियानका क्रममा हजारौं रोहिंग्याको हत्या, यौन हिंसा तथा गाउँ ध्वस्त पारिएको संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय न्यायालयको निष्कर्ष छ ।

रोहिंग्यामाथि म्यानमारले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

सन् २०१७ मा सेनाले चलाएको सैन्य अभियानका क्रममा हजारौं रोहिंग्याको हत्या, यौन हिंसा तथा गाउँ ध्वस्त पारिएको संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय न्यायालयको निष्कर्ष छ ।

हेग — सन् २०१७ मा म्यानमारका सुरक्षा फौजले मुस्लिम अल्पसंख्यक रोहिंग्या समुदायमाथि गरेको हत्या र यौन हिंसालाई संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय न्यायालय (आईसिजे) ले नरसंहार ठहर गरेको छ ।

गाम्बियाले सन् २०१९ मा दायर गरेको मुद्दामा सात वर्षपछि बिहीबार फैसला आएको हो । कुनै राज्यलाई नै नरसंहारका लागि जिम्मेवार ठहर गरिएको यो पहिलो पटक हो ।

अन्तर्राष्ट्रिय न्यायालयका अध्यक्ष न्यायाधीश युजी इवासावाले फैसला सुनाउँदै भने, 'म्यानमारका सुरक्षा फौजले हजारौँ रोहिंग्या सर्वसाधारणको हत्या गरे, यौन हिंसा गरे, बालबालिकामाथि चरम हिंसा गरे र ज्यान जोगाउन भागिरहेका रोहिंग्यामाथि समेत आक्रमण गरे ।'

१५ सदस्यीय न्यायाधीशको इजलासले 'म्यानमार संघीय गणतन्त्रले उत्तरी रखाइन राज्यमा रोहिंग्या समुदायमाथि नरसंहार गरेको' निष्कर्ष सुनाएको हो ।

फैसलाबारे टिप्पणी लिन खोज्दा म्यानमार सरकारले तत्काल कुनै प्रतिक्रिया दिएन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
2w ago
रोहिङ्ग्या नरसंहार मुद्दामा नोभेम्बर १९ मा फैसला आउने

रोहिङ्ग्या नरसंहार मुद्दामा नोभेम्बर १९ मा फैसला आउने

१८ कात्तिक, द हेग (रासस/एएफपी)। संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले म्यान्मामा रोहिङ्ग्या मुस्लिममाथि भएको दमन नरसंहार हो वा होइन भन्ने विषयमा नोभेम्बर १९ मा ऐतिहासिक फैसला सुनाउने भएको छ । गाम्बियाले सन् २०१९ …

#सन् #नरसंहार
Compare →
Hamro Patro News
1w ago
तेहरानका लागि जासुसी गरेको अभियोगमा दुई इरानी अदालतबाट दोषी ठहर

तेहरानका लागि जासुसी गरेको अभियोगमा दुई इरानी अदालतबाट दोषी ठहर

लन्डन । लन्डनस्थित फारसी भाषाको सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको जासुसी गरेको अभियोगमा दुई इरानी पुरुषलाई बिहीबार बेलायतको अदालतले दोषी ठहर गरेको छ । दक्षिण लन्डनस्थित ‘वुलविच क्राउन कोर्ट’ का ...

#ठहर
Compare →

Related Stories

World News
Build #2612