Trending
Prev Story
Next Story

कानुनले नचिनेका मान्छेहरूले राज्यका अंगलाई बेवकुफ बनाइरहेका छन् : महर

Onlinekhabar •
November 19, 2026 • 10:31 AM
3
3 reads 0 reactions

३ मंसिर, काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार विचौलियाहरूले चलाइरहेको आरोप लगाएका छन् । अहिले सरकार प्रधानमन्त्रीले नभई प्रधानमन्त्रीको सचिवालयले चलाएको र सचिवालयका व्यक्तिहरू सबै विचौलियासँग जोडिएको उनको आरोप छ । संविधान, कानुन र …

कानुनले नचिनेका मान्छेहरूले राज्यका अंगलाई बेवकुफ बनाइरहेका छन् : महर

३ मंसिर, काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार विचौलियाहरूले चलाइरहेको आरोप लगाएका छन् ।

अहिले सरकार प्रधानमन्त्रीले नभई प्रधानमन्त्रीको सचिवालयले चलाएको र सचिवालयका व्यक्तिहरू सबै विचौलियासँग जोडिएको उनको आरोप छ ।

संविधान, कानुन र राज्यका संस्थागत संरचनाले नचिनेका व्यक्तिहरूले राज्य सञ्चालनमा हस्तक्षेप गरिरहेको उनको आरोप छ ।

प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूले पक्राउ परेका विचौलियाको अनुसन्धानमा हस्तक्षेप गरेको उनले बताए । एमाले राष्ट्रिय भेलामा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान सरकारले आरोप राज्यका संवैधानिक तथा कानुनी निकायलाई कमजोर बनाउने काम गरिरहेको आरोप पनि लगाए ।

‘संविधान, कानुनले नचिनेका मान्छेहरूले राज्यलाई आज नाङ्गो हस्तक्षेप गरेर बेवकुफ बनाइरहेका छन् । निकम्मा बनाइरहेका छन् । यो गम्भीर कुरा हो, एक प्रकारको अराजकता हो । फासीवादी शैलीबाट सरकार अगाडि बढी रहेको छ,’ उनले भने ।

मन्त्रालयको संख्या घटाउने तर प्रधानमन्त्रीको सचिवालय विस्तार गर्ने सरकारी कार्यशैलीमाथि पनि प्रश्न उठाए ।

‘प्रधानमन्त्रीको मुख्य सल्लाहकारले विचौलियाको फोन प्रहरीकोमा जानु भन्दा अगाडि जान्छ, आफ्ना सबै कुराहरू हटाउँछ । विचौलियाको अनुसन्धान गर्दा प्रधानमन्त्रीका सचिवालयका मान्छे गएर हस्तक्षेप गर्छ । मन्त्रालय घटाउँछन्, सचिवालय बढाउँछन् । अनि सचिवालयका मान्छे के गर्छन् ?,’ उनको प्रश्न छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
एमाले नेता ऐन महरको आरोप – ‘संविधानले नचिन्ने मान्छेबाट सरकार चलिरहेको छ’

एमाले नेता ऐन महरको आरोप – ‘संविधानले नचिन्ने मान्छेबाट सरकार चलिरहेको छ’

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार विचौलियाहरुले चलाइरहेको आरोप लगाउनुभएको छ ।

#महर
Compare →
Ekantipur
1d ago
दानबहादुरको रिटमा सर्वोच्चमा बहस जारी, उनी पक्षका कानुन व्यवसायीले मागे अन्तरिम आदेश

दानबहादुरको रिटमा सर्वोच्चमा बहस जारी, उनी पक्षका कानुन व्यवसायीले मागे अन्तरिम आदेश

यो रिटमा कार्की पक्षका कानुन व्यवसायीले आफ्नो तर्क राखिरहेका छन् । वरिष्ठ अधिवक्ता माधव बस्नेत, वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेल, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र कानुन व्यवसायी टीकाबहादुर कुँवरले बहस गरिसकेका छन् ।

#कानुन
Compare →
Nagarik News
1w ago
शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाईदैं

शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाईदैं

शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौं संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ।

#कानुन
Compare →
Bizshala
1w ago
पूर्वाधार सम्मेलनअघि ५९ कानुन संशोधनको तयारी, निजी क्षेत्रसँग मस्यौदामाथि छलफल

पूर्वाधार सम्मेलनअघि ५९ कानुन संशोधनको तयारी, निजी क्षेत्रसँग मस्यौदामाथि छलफल

काठमाण्डौ । सरकारले आगामी मंसिर अन्तिम सातामा आयोजना हुने पूर्वाधार सम्मेलनलाई लक्षित गर्दै लगानी तथा पूर्वाधारसँग...

#कानुन
Compare →

Related Stories

Politics & Governance
Build #2612