यो रिटमा कार्की पक्षका कानुन व्यवसायीले आफ्नो तर्क राखिरहेका छन् । वरिष्ठ अधिवक्ता माधव बस्नेत, वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेल, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र कानुन व्यवसायी टीकाबहादुर कुँवरले बहस गरिसकेका छन् ।
प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएपछि दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा बहस जारी छ ।
अहिले कार्की पक्षका कानुन व्यवसायीले आफ्नो तर्क राखिरहेका छन् । वरिष्ठ अधिवक्ता माधव बस्नेत, वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेल, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र कानुन व्यवसायी टीकाबहादुर कुँवरले बहस गरिसकेका छन् । उनीहरूले दानबहादुरको सरुवा गरिएको नभई पदबाट हटाइएको तर्क अघि सारेका छन् । उनीहरूले नेपाल प्रहरीको कानुन र संविधानविपरीत गएर यो कदम चालिएको भन्दै अन्तरिम आदेश मागेका छन् ।
कार्कीले दायर गरेको रिटमा आज पहिलो सुनुवाइ जारी छ । यो रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ । यसअघि ३० कात्तिककै पेसी तोकिएको भए पनि सरकारले सार्वजनिक बिदा दिएका कारण सरेको थियो ।
बालेन्द्र शाह नेतृत्वको सरकारले आईजीपी कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार पद सिर्जना गर्दै पदबाट हटाएको थियो । सरकारको उक्त निर्णय गैरकानुनी भएको भन्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा कार्कीले आफूलाई हटाउने निर्णय कार्यान्वयन रोक्न र पुनः पदमा बहाली गर्नसमेत माग गरेका छन् । सर्वोच्चले पहिलो सुनुवाइपछि गर्ने निर्णयले कार्की पुनः पदमा फर्कने वा नफर्कने टुंगो लगाउनेछ ।
दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।