Trending
Prev Story
Next Story

थापाको निष्कर्ष- ‘नेतृत्वविरुद्ध उभिँदा निर्वाचनमा एमाले पराजित भयो’

Ekantipur •
November 19, 2026 • 07:02 AM
4
4 reads 0 reactions

एमाले उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले नेतृत्वको वरिपरि एकताबद्ध हुँदा पार्टी हाबी हुने तर नेतृत्वविरुद्ध उभिँदा दुवै पक्ष पराजित हुने बताएका छन् ।

थापाको निष्कर्ष- ‘नेतृत्वविरुद्ध उभिँदा निर्वाचनमा एमाले पराजित भयो’

एमाले उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले नेतृत्वको वरिपरि एकताबद्ध हुँदा पार्टी हाबी हुने तर नेतृत्वविरुद्ध उभिँदा दुवै पक्ष पराजित हुने बताएका छन् ।

काठमाडौँ — एमाले उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले पार्टीभित्रको आन्तरिक एकता कमजोर हुँदा निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष सुनाएका छन् ।

बिहीबार काठमाडौंमा जारी एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै थापाले पार्टीले प्रतिद्वन्द्वीविरुद्ध प्रभावकारी सहकार्य गर्न नसकेको, आन्तरिक एकता कायम गर्न नसकेको र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकेको बताए ।

पार्टीभित्रको विभाजन, संगठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवादलाई नियन्त्रण गर्न नसक्नु पनि पराजयका कारण रहेको उनले उल्लेख गरे । अल्गोरिदमको भ्रम र डिप स्टेटको षड्यन्त्र चिर्न नसकेको उनको भनाइ छ ।

नेतृत्वको वरिपरि एकताबद्ध हुँदा पार्टी हाबी हुने तर नेतृत्वविरुद्ध उभिँदा दुवै पक्ष पराजित हुने उनको टिप्पणी छ । उनले केन्द्रीय समितिले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरी सही निष्कर्ष निकालेको दाबी गर्दै त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

सम्बोधनका क्रममा थापाले पछिल्लो राजनीतिक घटनाक्रममा भू–राजनीतिक शक्तिहरूबीचको संघर्ष तीव्र बन्दै गएको र पपुलिस्ट शक्तिहरूको आन्तरिक सत्ता संघर्ष चर्किरहेको बताए । संसदीय, सडक र कानुनी संघर्षका माध्यमबाट फासीवादको प्रतिवाद गर्दै त्यसलाई पराजित गर्नुपर्ने उनको भनाइ थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3h ago
आगामी चुनावहरू पपुलिस्ट र लोकतान्त्रिक शक्तिबिचको भीषण सङ्घर्ष हुनेछ: उपाध्यक्ष थापा

आगामी चुनावहरू पपुलिस्ट र लोकतान्त्रिक शक्तिबिचको भीषण सङ्घर्ष हुनेछ: उपाध्यक्ष थापा

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरू बिचको भीषण सङ्घर्षका रूपमा रहेको बताएका छन्।

#थापा #उपाध्यक्ष
Compare →
Onlinekhabar
17h ago
कमल थापा : पार्टी फोरे, राप्रपामै फर्केपछि गर्दैछन् मोर्चाबन्दी

कमल थापा : पार्टी फोरे, राप्रपामै फर्केपछि गर्दैछन् मोर्चाबन्दी

२ मंसिर, काठमाडौं । मंसिर २०७८ को महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि राप्रपा नेता कमल थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई शुभकामना दिँदै निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाए । गणतन्त्रको उभार आएको बेला राजतन्त्रको वकालत गर्दै हिँडेको …

#थापा #पराजित
Compare →
Hamro Patro News
23h ago
ओलीको उद्घोष : ‘एमाले मूल ढोकाबाट सिंहदरबार पस्छ, समृद्धि ल्याएरै छोड्छ’

ओलीको उद्घोष : ‘एमाले मूल ढोकाबाट सिंहदरबार पस्छ, समृद्धि ल्याएरै छोड्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मूल ढोकाबाटै सिंहदरबार प्रवेश गर्ने र देशमा समृद्धि ल्याएरै छाड्ने दाबी गरेका छन्। ओलीले एमालेको राजनीतिक यात्रालाई कमजोर नआँक्न चेता...

#एमा
Compare →

Related Stories

Politics & Governance
Build #2612