Trending
Prev Story
Next Story

१० अर्ब ७३ करोड हिनामिना प्रकरण: बराह सहकारीकाे मुख्य याेजनाकारसहित दुई पक्राउ

Nagarik News •
November 19, 2026 • 05:56 AM
4
4 reads 0 reactions

सुनसरीको धरानमा रहेको बराह सहकारीको १० अर्ब ७३ करोडभन्दा बढी रकम हिनामिना भएको प्रकरणमा मुख्य योजनाकारसहित दुई जना पक्राउ परेका छन्।

१० अर्ब ७३ करोड हिनामिना प्रकरण:
बराह सहकारीकाे मुख्य याेजनाकारसहित दुई पक्राउ

सुनसरीको धरानमा रहेको बराह सहकारीको १० अर्ब ७३ करोडभन्दा बढी रकम हिनामिना भएको प्रकरणमा मुख्य योजनाकारसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीले मुख्य योजनाकार धरान १२ घर भई काठमाडाैं २२ बस्ने बराह बचत तथा ऋण सहकारी संस्थाका संस्थापक ४५ वर्षे शिवकुमार विश्वकर्मा (लामिछाने) र धरान १५ बस्ने सहकारीकी कर्मचारी ३३ वर्षे अस्मिता भण्डारीलाई पक्राउ गरेको हो।

बचतकर्ताको रकममध्ये सबैभन्दा बढी हिनामिना शिवकुमार लामिछानेले गरेको कुरा प्रहरीद्वारा डेढ वर्षअघि तयार गरेको अभियोगपत्रमा उल्लेख छ। अभियोगपत्रअनुसार शिवकुमारले व्यक्तिगत रूपमा दुई अर्ब ७१ करोड ३१ लाख ६० हजार २४ रुपैयाँ हिनामिना गरेका छन्।

त्यस्तै उनका बाबु इन्द्रकुमार लामिछानेका नाममा २ अर्ब ४५ करोड ७७ लाख १७ हजार ५७६ रुपैयाँ र आमा विष्णुमायाका नाममा ७० करोड १९ लाख १६ हजार २५४ रुपैयाँ हिनामिना भएको उल्लेख छ। शिवकुमारका बाबु इन्द्रकुमार र आमा विष्णुमाया दुवैको निधन भइसकेको छ। प्रहरी प्रतिवेदनअनुसार शिवकुमार, उनका बाबु र आमाको नाममा गरी कुल ५ अर्ब ८८ करोड ४० लाख ८४ हजार ३३ रुपैयाँ हिनामिना भएको छ।

सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा विश्वकर्मा र भण्डारीलाई बुधबार कोसी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले सुनसरीको भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो। ‘लामो समयदेखि खोजी कार्य तीव्र पारेका थियौं, मुख्य योजनाकार पक्राउ गर्न सफल भयौं, अब अनुसन्धानबाट अरुलाई पनि पक्राउ गर्न सहज हुने आशा छ’, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पुष्प मल्लले भने।

पक्राउ परेकामध्ये विश्वकर्मालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्धा चलाउने प्रहरीले जनाएको छ। शंकर थापासहित चार हजार २४३ जनाको जाहेरीका आधारमा मुख्य योजनाकार शिव रहे पनि अरु अझै फरार रहेकाले तिनीहरूको पनि खोजी तीव्ररूपमा भइरहेको एसपी मल्लले बताए।

सहकारीका मुख्य सञ्चालक तथा योजनाकार शिवकुमार पक्राउ परे पनि मानबहादुर विश्वकर्मा र गंगा कालिकोटे भने फरार नै छन्। मानबहादुरले एक अर्ब ११ करोड ४३ लाख ४५ हजार र गंगाले तीन करोड १२ लाख २९ हजार ५६ रुपैयाँ हिनामिना गरेको प्रहरीले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रहरीको रिपोर्टमा १७ हजार १० जना बचतकर्ताबाट नेपालभर ३० वटा र विदेशमा चारवटा कम्पनी स्थापना वचतकर्ताबाट पैसा संकलन गरेर हिनामिना गरेको उल्लेख छ।

बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा यसअघि (२०८१ फागुन) मा पक्राउ परेका आठ जनालाई जिल्ला अदालत सुनसरीले थुनामा पठाउने आदेश दिएकोमा एक जनाबाहेक अरु सवै उच्च अदालतको आदेशमा धरौटीमा छुटेका छन्।

त्यतिबेला जिल्ला पक्राउ परेका ११ जनामध्ये तीन जना मुख्य योजनाकार मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा, गंगा कालिकोटेकी श्रीमती सरिता कालिकोटे र सञ्चालक सदस्य विष्णुमाया तुलाधारलाई जिल्ला अदालत सुनसरीले जनही ५–५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो।

त्यतिबेला सुनसरी प्रहरीले २१० जना ऋणीसहित २६२ जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको थियो। मुद्दा दायर भएकामध्ये ३५ जनालाई संगठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ बमोजिम कसुरमा सजायको माग दाबी गरिएको प्रहरी रिपोर्टमा उल्लेख छ।

यस्तै २१० जना ऋणीसहित २२२ जनालाई सहकारी ऐन २०७४ बमोजिमको कसुरमा सजाय माग गरिएको छ। पाँचवटा कम्पनीलाई पनि सम्पत्ति जफत गर्ने उद्देश्यले प्रतिवादी बनाइएको छ।

बराह सहकारीका सञ्चालक र उच्चतहका कर्मचारीहरूलाई सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० बमोजिम कारबाही तथा सजायको माग दाबी गरिएको छ। सहकारीको नाममा रकम हिनामिना तथा अपचलन गरेको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले डेढ वर्षअघि तत्कालीन प्रहरी निरीक्षक दिनेश अधिकारीको नेतृत्वमा अनुसन्धान गरिएको थियो। प्रहरी निरीक्षक अधिकारीको अनुसन्धान प्रतिवेदनले कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ रकम हिनामिना तथा अपचलन गरी ठगी भएको निष्कर्ष निकालेको थियो।

प्रकाशित: ३ मंसिर २०८३ ११:४१ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
१० अर्ब ७३ करोड हिनामिना प्रकरण:
बराह सहकारीकाे मुख्य याेजनाकारसहित दुई पक्राउ

१० अर्ब ७३ करोड हिनामिना प्रकरण: बराह सहकारीकाे मुख्य याेजनाकारसहित दुई पक्राउ

सुनसरीको धरानमा रहेको बराह सहकारीको १० अर्ब ७३ करोडभन्दा बढी रकम हिनामिना भएको प्रकरणमा मुख्य योजनाकारसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले मुख्य योजनाकार धरान १२ घर भई काठमाडाैं २२ बस्ने बराह ब...

#हिनामिना #बराह #धरान
Compare →
Onlinekhabar
22h ago
करिब ११ अर्ब अपचलन भएकाे बराह ग्रुपका अध्यक्ष शिव लामिछाने पक्राउ

करिब ११ अर्ब अपचलन भएकाे बराह ग्रुपका अध्यक्ष शिव लामिछाने पक्राउ

२ मंसिर, विराटनगर । सुनसरीको धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्ने बराह ग्रुपका अध्यक्ष पक्राउ परेका छन् । करिब ११ अर्ब रकम अपचलन आरोपमा अध्यक्ष शिव लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेका …

#बराह
Compare →
Arthasansar
1w ago
आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर प्रकरण’मा टोलीका सबै सदस्यलाई बल टेम्परिङबारे जानकारी रहेको दाबी गरेका...

#प्रकरण
Compare →
Bizshala
1w ago
सामाजिक सुरक्षा भत्ताको ३१ लाख हिनामिना आरोप, पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

सामाजिक सुरक्षा भत्ताको ३१ लाख हिनामिना आरोप, पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाण्डौ । ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ...

#हिनामिना
Compare →
Ekantipur
1w ago
इनम प्रकरणका ५ परकम्प : न्यायालयदेखि प्रहरी नेतृत्वसम्म

इनम प्रकरणका ५ परकम्प : न्यायालयदेखि प्रहरी नेतृत्वसम्म

एउटा व्यक्तिले न्यायाधीश, प्रहरी प्रमुख, सुरक्षा अधिकारी, राजनीतिक नेतृत्व र व्यवसायीसम्म कसरी पहुँच बनाए ? त्यो पहुँच व्यक्तिगत सम्बन्धको परिणाम थियो कि शक्तिकेन्द्रको संरक्षणमा चलेको सञ्जाल ? इनम प्रकरणले यी प्रश्नको जवाफ खोज्नुपर्ने बनाएको छ ।

#प्रकरण
Compare →

Related Stories

Technology
Build #2612