Trending
Prev Story
Next Story

मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

Onlinekhabar •
November 18, 2026 • 04:00 PM
7
7 reads 0 reactions

२ मंसिर, काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा …

मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

२ मंसिर, काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन् । उनीहरूसँगै श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)का अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाउने निर्णय गरिएको थियो ।

सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्र नाघ्दै विदेशी मुद्रा अपचलन गराउने निर्णयमा उनीहरूको संलग्नता रहेको प्रहरीको आरोप छ ।

श्रमिकलाई संगठित रूपमा ठगी गर्ने कार्यमा मौन बसेको, कानुनी उपचार नगरेको तथा गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5h ago
मलेसिया श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

मलेसिया श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव, सहसचिव र उपसचिवलाई पक्राउ गरेको हो ।

#मलेसिया #श्रमिक #ठगी
Compare →
Bizshala
4h ago
मलेसिया जाने श्रमिकबाट उठाइएको १ अर्ब ६९ करोडमाथि छानबिनमा दुई पूर्वश्रममन्त्रीसहित ६ पक्राउ

मलेसिया जाने श्रमिकबाट उठाइएको १ अर्ब ६९ करोडमाथि छानबिनमा दुई पूर्वश्रममन्त्रीसहित ६ पक्राउ

काठमाण्डौ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा उठाइएको रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई...

#मलेसिया #श्रमिक
Compare →
Nagarik News
5h ago
१ अर्ब ६९ करोडको संगठित ठगी आरोपमा दुई पूर्वश्रममन्त्री र पूर्वसचिवसहित ६ जना पक्राउ

१ अर्ब ६९ करोडको संगठित ठगी आरोपमा दुई पूर्वश्रममन्त्री र पूर्वसचिवसहित ६ जना पक्राउ

मलेसिया जाने श्रमिकलाई संगठित रूपमा ठगी गरी १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ।

#मलेसिया #ठगी
Compare →
Hamro Patro News
1d ago
मलेसियाको मानव विकास सूचकाङ्कमा स्थिरता, शिक्षा सूचकाङ्कमा गिरावट

मलेसियाको मानव विकास सूचकाङ्कमा स्थिरता, शिक्षा सूचकाङ्कमा गिरावट

मलेसियाको मानव विकास सूचकाङ्क (एचडीआई) सन् २०२५ मा ०.८२४ कायम रहेको छ । आम्दानी र औसत आयुमा भएको सुधारले देशको मानव विकास सूचकाङ्क उच्च स्तरमा कायम राख्न सहयोग पुगेको मलेसियाको तथ्याङ्क विभाग (डीओए...

#मलेसिया
Compare →

Related Stories

Politics & Governance
Build #2612