Trending
Prev Story
Next Story

मुस्ताङमा चार महिनामा एक लाख १२ हजार पर्यटक भित्रिए

Onlinekhabar •
November 18, 2026 • 04:00 PM
7
7 reads 0 reactions

२ मंसिर, मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक लाख १२ हजार ४८ पर्यटक मुस्ताङ भित्रिएका छन् । साउनदेखि कात्तिकसम्म मुस्ताङ भित्रिने पर्यटकमध्ये ५७ हजार ८३१ नेपाली र ५४ हजार २१७ विदेशी रहेका जिल्ला …

मुस्ताङमा चार महिनामा एक लाख १२ हजार पर्यटक भित्रिए

२ मंसिर, मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक लाख १२ हजार ४८ पर्यटक मुस्ताङ भित्रिएका छन् । साउनदेखि कात्तिकसम्म मुस्ताङ भित्रिने पर्यटकमध्ये ५७ हजार ८३१ नेपाली र ५४ हजार २१७ विदेशी रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार उक्त अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै भित्रिएका नेपाली पर्यटकमध्ये ४३ हजार ५८४ पुरुष र १४ हजार २४७ महिला छन् । विदेशी पर्यटकमध्ये ३७ हजार ४१७ पुरुष, १६ हजार ७९३ महिला र सात जना अन्य रहेका छन् ।

पहिलो चौमासिकमा विदेशीको तुलनामा नेपाली पर्यटकको सङ्ख्या तीन हजार ६१४ अर्थात् ६ दशमलव २४ प्रतिशतले बढी रहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।

घाँसा प्रहरी चौकीको अभिलेखअनुसार साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८, असोजमा १९ हजार ५३९ र कात्तिकमा ४१ हजार ७०७ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

दशैँ, तिहार र छठ पर्वको लामो बिदाका कारण कात्तिकमा पर्यटकको आगमन बढेको हो । असोजमा भारी वर्षाका कारण बेनी–जोमसोम सडक दुई साताभन्दा बढी समय अवरुद्ध हुँदा पर्यटक आगमन घटेको प्रहरी निरीक्षक बस्यालले बताए ।

यसैगरी, पहिलो चौमासिकमा बेनी–जोमसोम सडकमार्ग हुँदै ६९ हजार ७४६ सवारीसाधन मुस्ताङ भित्रिएका छन् । प्रहरीका अनुसार साउनमा ४१ हजार ७४७, भदौमा सात हजार ९८२, असोजमा चार हजार ९७३ र कात्तिकमा १५ हजार ४४ सवारीसाधन मुस्ताङ प्रवेश गरेका थिए ।

आर्थिक वर्ष २०८२/८३ मा बेनी–जोमसोम सडकमार्ग हुँदै सात लाख ७७ हजार ७३७ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
6h ago
चार महिनामा मुस्ताङ भित्रिए १ लाख १२ हजार पर्यटक

चार महिनामा मुस्ताङ भित्रिए १ लाख १२ हजार पर्यटक

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ लाख १२ हजार ४८ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।

#मुस्ताङ #पर्यटक #भित्रिए
Compare →
Hamro Patro News
2d ago
१० महिनामा भित्रिए १० लाख बढी पर्यटक, बाढीपछि लयमा फर्किँदै ठमेल

१० महिनामा भित्रिए १० लाख बढी पर्यटक, बाढीपछि लयमा फर्किँदै ठमेल

सन् २०२६ को १० महिनामा हवाई मार्ग हुँदै १० लाख आठ हजार ६१६ विदेशी पर्यटक नेपाल भित्रिएसँगै प्रमुख पर्यटकीय केन्द्र ठमेलका गल्लीमा चहलपहल बाक्लिएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा ...

#पर्यटक #महिनामा #भित्रिए
Compare →
Ekantipur
2d ago
विपद्पछि पर्यटन पुनरुत्थानमा सरकारको जोड, सात महिनामा ६ लाख ८० हजार पर्यटक

विपद्पछि पर्यटन पुनरुत्थानमा सरकारको जोड, सात महिनामा ६ लाख ८० हजार पर्यटक

पर्यटन मन्त्री पौडेलले सन् २०२६ को अप्रिलदेखि अक्टोबरसम्म ६ लाख ८० हजार २०४ विदेशी पर्यटक नेपाल आएको तथ्यांक सार्वजनिक गर्दै पर्यटन क्षेत्रमा सुधार देखिएको बताए।

#पर्यटक #महिनामा
Compare →
Bizshala
2d ago
पर्यटक बढे तर होटल कम्पनीको नाफा बढेन, लगानीकर्ता मूल्यको भ्रममा पर्दैछन् ?

पर्यटक बढे तर होटल कम्पनीको नाफा बढेन, लगानीकर्ता मूल्यको भ्रममा पर्दैछन् ?

काठमाण्डौ । नेपालमा विदेशी पर्यटकको आगमन बढ्दै गए पनि सेयरबजारमा सूचीकृत होटल तथा पर्यटन समूहका अधिकांश कम्पनीको...

#पर्यटक
Compare →

Related Stories

World News
Build #2612