Trending
Prev Story
Next Story

सन्धिखर्कमा एकादशी मेला र देउसी–भैलो व्यवस्थित बनाउन सवारी आवागमनमा रोक

Ekantipur •
November 18, 2026 • 04:02 PM
7
7 reads 0 reactions

दुवै मेलालाई व्यवस्थित गर्न सन्धिखर्क नगरपालिकाले शुक्रबार बिहान ८ देखि बेलुका ५ बजेसम्म बजार क्षेत्रमा सवारी आवागमनमा रोक लगाउने भएको हो ।

सन्धिखर्कमा एकादशी मेला र देउसी–भैलो व्यवस्थित बनाउन सवारी आवागमनमा रोक

दुवै मेलालाई व्यवस्थित गर्न सन्धिखर्क नगरपालिकाले शुक्रबार बिहान ८ देखि बेलुका ५ बजेसम्म बजार क्षेत्रमा सवारी आवागमनमा रोक लगाउने भएको हो ।

अर्घाखाँची — सन्धिखर्क–चुत्रावेशी बजारमा शुक्रबार लाग्ने हरिबोधनी एकादशी र देउसी–भैलोका समूहलाई व्यवस्थित गर्न बजार क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ । एकादशी मेला चुत्राबेंसीको त्रिवेणीधाममा लाग्ने गर्छ । देउसी–भैलोका विभिन्न समूह बजारका गल्लीमा खेलिन्छन् । एकादशीको दिन बजारमा बृहत् देउसी–भैलो खेलेर तिहारलाई बिदाइ गर्ने चलन छ ।

दुवै मेलालाई व्यवस्थित गर्न सन्धिखर्क नगरपालिकाले शुक्रबार बिहान ८ देखि बेलुका ५ बजेसम्म बजार क्षेत्रमा सवारी आवागमनमा रोक लगाउने भएको हो । नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको बैठकले ट्रक, बस, चारपांग्रे र दुईपांग्रे सवारीसाधनको आवागमन रोक्ने निर्णय गरेको हो । मेला अवधिमा बजार क्षेत्रमा सवारी चाप कम गरी पैदलयात्री तथा मेलामा सहभागी हुने नागरिकलाई सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको श्रेष्ठले बताए ।

भैलो र एकादशी दुवै मेला सन्धिखर्कको संस्कृति र परम्पराको उत्सवका रूपमा मनाइने उनले बताए । यसरी सवारीसाधनलाई रोक लगाएपछि बजारका गल्ली र चोकमा देउसी–भैलोका समूहले संस्कृति तथा परम्परागत नृत्य देखाउनेछन् । कसैले मौलिक भाकामा देउसी गाउनेछन् भने कसैले नाचगान गर्दै संस्कृति र परम्पराको उत्सव मनाउने वातावरण मिलाइएको उनले बताए ।

चुत्रावेशीको त्रिवेणीधाममा एकादशी मेला हुन्छ । बिहानै स्नान गर्नेदेखि दिउँसो कृषि मेला लाग्दै आएको छ । ‘एकादशी मेला र खेलिने देउसी–भैलोको महत्त्व छ,’ श्रेष्ठले भने, ‘संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको कर्तव्य हो । देउसी–भैलो अर्घाखाँचीको सांस्कृतिक पहिचान हो ।’

एकै दिन धेरै समूह देउसी–भैलो खेल्न बजार आउने र सर्वसाधारणको भीड बढ्ने भएकाले सन्धिखर्क नगरपालिकाले सवारी आवागमनदेखि पार्किङ र बजार व्यवस्थापनसम्मका निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए । बजारलाई सवारी चापबाट मुक्त गरी देउसी–भैलो खेल्ने समूह, दर्शक र सर्वसाधारणलाई सहज आवागमनको वातावरण बनाउने उद्देश्य रहेको उनले बताए । शुक्रबार एकादशी मेलामा गाउँबाट धेरै सर्वसाधारण उपस्थित हुने र देउसी–भैलोका समूह हरेक वर्ष कपिलवस्तु, प्यूठानलगायत जिल्लाबाट पनि सन्धिखर्कमा आउने गर्छन् ।

अर्घाखाँचीमा हरिबोधनी एकादशी धार्मिक आस्था र लोकसंस्कृतिसँग जोडिएको पर्व हो । धार्मिक विश्वासका साथ यस दिन पूजा, व्रत र भजनकीर्तन गरिन्छ । गाउँघरमा देउसी–भैलो खेल्ने, मौलिक गीत गाउने र सामूहिक रूपमा रमाइलो गर्ने परम्पराले पर्वलाई थप उत्सवमय बनाउँछ ।

नगरपालिकाले सवारी व्यवस्थापनका लागि विभिन्न क्षेत्रबाट आउने सवारीसाधनको मार्ग र पार्किङस्थलसमेत तोकेको छ । खनदह, खन, जिमुरथुम, तम्घास, बल्कोट, वाङ्ला र च्यानडाँडाबाट आउने सवारीसाधनलाई बसपार्कमा पार्किङ गर्न भनिएको छ । हंसपुर, बिहार, अर्घा, धारापानी, खिल्जी र असुरकोट क्षेत्रबाट आउने तथा बाहिरिने सवारीसाधनका लागि पनि वैकल्पिक मार्ग निर्धारण गरिएको छ ।

बजारभित्र एम्बुलेन्स, दमकल, सुरक्षाकर्मीका सवारीसाधन, दूध तथा सरसफाइका सवारीसाधन र शववाहनबाहेक अन्य सवारीसाधन प्रवेश गर्न पाउने छैनन् । मालवाहक सवारीसाधनलाई सामान लोड तथा अनलोड गर्न पनि रोक लगाइएको छ ।

मेलामा व्यापार गर्ने व्यवसायीसँग कुनै पनि बहानामा शुल्क वा पैसा लिन नपाइने निर्णय गरिएको छ । जुवाजन्य खेल तथा चिठ्ठा खेलाउने कार्यमा रोक लगाउनुका साथै बजारका फुटपाथ खाली गराउने व्यवस्था गरिएको छ । पेट्रोल पम्पअगाडिको फुटपाथमा भने तरुल, भ्याकुर, सुन्तला र सखरखण्डलगायत स्थानीय कृषिजन्य उत्पादन बिक्री गर्न पाइनेछ । सन्धिखर्क नगरपालिकाले शुक्रबार हरिबोधनी एकादशीका दिन स्थानीय बिदा दिएको खनालले बताए ।

अर्घाखाँची– सन्धिखर्क–चुत्रावेशी बजारमा शुक्रवार लाग्ने हरिबोधनी एकादशी र देउसी भैलोको समूहलाई व्यवस्थित गर्न बजार क्षेत्रमा सवारी आवागमनलाई रोक लगाइएको छ । एकादशी मेला चुत्रावेशीको त्रिवेणीधाममा लाग्ने गर्छ । देउसी–भैलोका विभिन्न समूह बजारका गल्लीमा खेलिन्छ । एकादशीको दिन बजारमा वृहत देउसीभैलो खेलेर तिहारलाई विदाई गर्ने चलन छ ।

दुवै मेलालाई व्यवस्थित गर्न सन्धिखर्क नगरपालिकाले शुक्रवार विहान ८ देखि बेलुका ५ बजेसम्म सवारी आवागमनलाई बजार क्षेत्रमा सञ्चालन गर्न नदिने भएको हो । नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको अध्यक्षमा भएको बैठकले ट्रक, बस, चारपांग्रे र दुईपांग्रे सवारीसाधनको आवागमन रोक्ने निर्णय गरेको हो । मेला अवधिमा बजार क्षेत्रमा सवारी चाप कम गरी पैदलयात्रु तथा मेलामा सहभागी हुने नागरिकलाई सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको श्रेष्ठले बताए ।

भैलो र एकादशी दुवै मेलालाई सन्धिखर्का संस्कृती र परम्पराको उत्सव मनाइने उनले बताए । यसरी सवारीसाधनलाई रोक लगाएपछि बजारका गल्ली र चोकमा देउसी–भैलोका समूहले संस्कृती तथा परम्परागत नृत्य देखाउनेछन् । देउसीलाई कसैले मौलिक भाकामा देउसी गाउनेछन्, कसैले नाचगान गर्दै संस्कृति र परम्पराको उत्सव मनाउनेको लागि सहज वातावरण मिलाइएको उनले बताए ।

चुत्रावेशीको त्रिणेणीधाममा एकादशी मेला हुन्छ । विहानै स्नान गर्ने देखि दिउँसो कृषि मेला लाग्दै आएको छ । ‘एकादशी मेला र खेलिने देउसी–भैलोको महत्व छ,’ श्रेष्ठले भने, ‘संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको कर्तव्य हो । देउसी भैलो अर्घाखाँची सांस्कृतिक पहिचान हो ।’

एकै दिन धेरै समूह देउसी–भैलो खेल्न बजार आउने र सर्वसाधारणको भीड बढ्ने भएकाले सन्धिखर्क नगरपालिकाले सवारी आवागमनदेखि पार्किङ र बजार व्यवस्थापनसम्मका निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए । बजारलाई सवारी चापबाट मुक्त गरी देउसी–भैलो खेल्ने समूह, दर्शक र सर्वसाधारणलाई सहज आवागमनको वातावरण बनाउने उद्देश्य रहेको उनले बताए । शुक्रवार एकादशी मेलामा गाउँबाट सर्वसाधारणको संख्या धेरै उपस्थित हुने र देउसी भैलोको समूह हरेक वर्ष कपिलवस्तु, प्यूठान लगायतका जिल्लाबाट पनि सन्धिखर्कमा भित्रिने गर्छन् । अर्घाखाँचीमा हरिबोधनी एकादशी धार्मिक आस्था र लोकसंस्कृतिसँग जोडिएको पर्व हो । धार्मिक विश्वासका साथ यस दिन पूजा, व्रत र भजनकीर्तन गरिन्छ । गाउँघरमा देउसी–भैलो खेल्ने, मौलिक गीत गाउने र सामूहिक रूपमा रमाइलो गर्ने परम्पराले पर्वलाई थप उत्सवमय बनाउँछ ।

नगरपालिकाले सवारी व्यवस्थापनका लागि विभिन्न क्षेत्रबाट आउने सवारीसाधनको मार्ग र पार्किङस्थलसमेत तोकेको छ । खनदह, खन, जिमुरथुम, तम्घास, बल्कोट, वाङ्ला र च्यानडाँडाबाट आउने सवारीसाधनलाई बसपार्कमा पार्किङ गर्न भनिएको छ । हंसपुर, बिहार, अर्घा, धारापानी, खिल्जी र असुरकोट क्षेत्रबाट आउने तथा बाहिरिने सवारीसाधनका लागि पनि वैकल्पिक मार्ग निर्धारण गरिएको छ ।

बजारभित्र एम्बुलेन्स, दमकल, सुरक्षाकर्मीका सवारीसाधन, दूध तथा सरसफाइका सवारीसाधन र शववाहन बाहेक अन्य सवारीसाधन प्रवेश गर्न पाउने छैनन् । मालवाहक सवारीसाधनलाई सामान लोड तथा अनलोड गर्न पनि रोक लगाइएको छ ।

मेलामा व्यापार गर्ने व्यवसायीसँग कुनै पनि बहानामा शुल्क वा पैसा लिन नपाइने निर्णय गरिएको छ । जुवाजन्य खेल तथा चिठ्ठा खेलाउने कार्यमा रोक लगाउनुका साथै बजारका फुटपाथ खाली गराउने व्यवस्था गरिएको छ । पेट्रोल पम्पअगाडिको फुटपाथमा भने तरुल, भ्याकुर, सुन्तला र सखरखण्डलगायत स्थानीय कृषिजन्य उत्पादन बिक्री गर्न पाइनेछ । सन्धिखर्क नगरपालिकाले शुक्रवार हरिबोधनी एकादशीको दिन स्थानीय विदा दिइएको खनालले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
१४ सिटे ईभी ‘तन्काएर’ १८ सिटे बनाउने ४ सवारी कारबाहीमा

१४ सिटे ईभी ‘तन्काएर’ १८ सिटे बनाउने ४ सवारी कारबाहीमा

सवारी दर्ता किताबमा उल्लेखित क्षमताभन्दा बढी अवैध सिट जडान गरी सञ्चालन गरिएका चारवटा विद्युतीय (ईभी) गाडीलाई मकवानपुरको भीमफेदीमा कारबाही गरिएको छ।

#सवारी #बनाउन
Compare →
Hamro Patro News
4d ago
काठमाडौं–हेटौँडा सडकमा राति सवारी चलाउन रोक

काठमाडौं–हेटौँडा सडकमा राति सवारी चलाउन रोक

काठमाडौं । दक्षिणकाली हुँदै जाने काठमाडौं–हेटौँडा सडक खण्डमा रातिको समयमा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बल्खु–दक्षिणकाली हुँदै हेटौँ...

#सवारी #रोक
Compare →
Onlinekhabar
7h ago
तिलोत्तमा औद्योगिक व्यापार मेलामा १२ करोड कारोबार लक्ष्य

तिलोत्तमा औद्योगिक व्यापार मेलामा १२ करोड कारोबार लक्ष्य

२ मंसिर,बुटवल । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा रुपन्देहीको मणिग्राममा मंसिर ३ गतेदेखि सञ्चालन हुने नवौं औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । आयोजकले बुधबार मेलास्थलमा पत्रकार सम्मेलन गरी मेलाको सबै तयारी पूरा भएको …

#मेला
Compare →
Arthasansar
5d ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#सवारी
Compare →

Related Stories

Technology
Build #2612