नियुक्तिको एक महिनापछि बुधबार लुम्बिनी पुगेकी उनले मायादेवी मन्दिरमा पूजाआजा गरेपछि कोषको कार्यालयमा रहेको उपाध्यक्षको कार्यकक्ष पुगेर पदभार सम्हालेकी हुन् ।
लुम्बिनी — लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले बुधबार पदभार ग्रहण गरेकी छन् । नियुक्तिको एक महिनापछि लुम्बिनी पुगेकी उनले मायादेवी मन्दिरमा पूजाआजा गरेपछि कोषको कार्यालयमा रहेको उपाध्यक्षको कार्यकक्ष पुगेर पदभार सम्हालेकी हुन् ।
पदभार ग्रहण गर्दै उपाध्यक्ष आनीले सबैको सबै प्राणीको रक्षा र हितका लागि काम गर्दै लुम्बिनीलई अध्यात्मिक पर्यटनको गन्तव्य बनाउन लाग्ने बताइन् । सबै पक्षसँग सहकार्य गर्दै लुम्बिनीको विकासको गुरुयोजनाका कामलाई सक्दो छिटो सक्ने प्रतिबद्धता जनाइन् ।
३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकबाट भिक्षुणी तथा प्रसिद्ध गायिका डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ अनुसार उनको कार्यकाल ५ वर्षको हुनेछ । कार्यसमितिले पूर्णता पाएको छ । यसैबीच बुधबार सदस्यसचिव सन्तोष पान्डेयले पनि पदभार ग्रहण गरेका छन् ।ध्यक्ष आनीको नियुक्तिको विषयलाई लिएर लुम्बिनीमा विरोध हुँदै आएको थियो ।
मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।