Trending
Prev Story
Next Story

आधिकारिकताको विवाद अदालतमा, देउवा समूह छुट्टै महाधिवेशनको तयारीमा

Onlinekhabar •
November 18, 2026 • 10:31 AM
3
3 reads 0 reactions

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा पनि पार्टीभित्रको सांगठनिक विवाद भने कायमै छ । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट गगनकुमार थापा नेतृत्वको कांग्रेसले आधिकारिकता पाइसकेको अवस्थामा …

आधिकारिकताको विवाद अदालतमा, देउवा समूह छुट्टै महाधिवेशनको तयारीमा

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा पनि पार्टीभित्रको सांगठनिक विवाद भने कायमै छ । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट गगनकुमार थापा नेतृत्वको कांग्रेसले आधिकारिकता पाइसकेको अवस्थामा पनि पार्टीभित्रको विवाद पूर्ण रूपमा टुंगिएको छैन ।

आयोगले २ माघ २०८२ मा विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिँदै पार्टीको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले २०८३ वैशाख ४ गते आयोगको निर्णयलाई सदर गर्दै उनीहरूको रिट खारेज गरेको थियो ।

त्यसपछि देउवा र खड्काले सर्वोच्चको फैसलामाथि पुनरावलोकनका लागि निवेदन दिएका थिए । सर्वोच्चको पूर्ण इजलासले २१ साउनमा पुनरावलोकनको निस्सा प्रदान गरेपछि कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद पुनः न्यायिक प्रक्रियामा प्रवेश गरेको थियो ।

देउवा समूहले पुनरावलोकनको निस्सा प्राप्त गरे पनि सर्वोच्चको अघिल्लो फैसला स्वतः बदर हुने वा देउवा पक्षले पार्टीको आधिकारिकता प्राप्त गर्ने अवस्था भने बनिसकेको छैन । यही न्यायिक प्रक्रियालाई आधार बनाउँदै देउवा समूहले छुट्टै सांगठनिक गतिविधि अघि बढाइरहेको छ । केही जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको समूहले ५ मंसिरदेखि प्रदेश अधिवेशन सुरु गर्ने तयारी गरेको छ ।

देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठन गरेको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का सचिवालय संयोजक दीपक कुइँकेलले ५ मंसिरदेखि प्रदेश अधिवेशनहरू सुरु हुने जानकारी दिए ।

उनकाअनुसार ५ मंसिरमा गण्डकी प्रदेशबाट प्रदेशस्तरीय अधिवेशनहरू हुने छन् । ५–६ मंसिरमा कास्कीको पोखरामा आयोजना गरिने गण्डकी प्रदेश अधिवेशनमा एक हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ ।

पोखराको न्युरोडस्थित पोखरा सभागृहमा उद्घाटन हुने प्रदेश अधिवेशनको बन्दसत्र तथा निर्वाचन प्रक्रिया पोखरा महानगरपालिका–९, बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।

अधिवेशनमा ३६ प्रदेश निर्वाचन क्षेत्रबाट २१ जनाका दरले ७५६ प्रदेश प्रतिनिधि र १८ संघीय निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले ६३० केन्द्रीय महाधिवेशन प्रतिनिधि सहभागी हुने आयोजक समितिले गत बिहीबार पत्रकार सम्मेलन गरेर जनाएको थियो ।

गण्डकीपछि ७ मंसिरमा लुम्बिनी प्रदेशको अधिवेशन हुने भएको छ । दाङको भालुवाङमा हुने प्रदेश अधिवेशनमा दुई हजार तीनसयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने प्यूठान सभापति देवेन्द्र वर्माले जानकारी दिए । यस्तै १३ मंसिरमा कर्णाली प्रदेश अधिवेशनको उद्घाटन हुने नेतृ रंगमती शाहीले जानकारी दिइन् । उनका अनुसार प्रदेश राजधानी सुर्खेतको नगरपालिका सिटी हलमा अधिवेशनको उद्घाटन समारोह आयोजना हुने छ ।

दुई दिनसम्म चल्ने प्रदेश अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुने नेतृ शाहीले जानकारी दिइन् । देउवा समूहले उनलाई कर्णाली प्रदेशका लागि संयोजक बताएको छ । सचिवालय संयोजक कुइँकेलले १४ मंसिरमा मधेश प्रदेश, १५ मंसिरमा सुदूरपश्चिम, १७ मंसिरमा कोशी र १९ मंसिरमा बागमती प्रदेशको अधिवेशन हुनेछ ।

देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीले ५ मंसिरबाट सुरु हुने सातवटै प्रदेश अधिवेशनहरूको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको जनाएको छ । देउवा समूहले २१–२३ मंसिरमा १५औं महाधिवेशनको मिति तोकेको छ । महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी उक्त समूहको छ ।

हरेक निर्वाचन क्षेत्रबाट ३८ जना, ७५३ पालिकाबाट प्रतिनिधि, तीन सय जना मनोनीत, भ्रातृ संस्थाबाट दुई सय, जनसम्पर्क समितिबाट दुई सय तथा पालिका प्रमुखसहित अन्य प्रतिनिधि गरी आठ हजारभन्दा बढीको सहभागिता रहने कुइँकेलले बताए । देउवा समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यहरूलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ ।

देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्र पठाएर जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको जानकारी गराएका थिए ।

‘प्रत्येक निर्वाचन क्षेत्रअन्तर्गत स्थानीय तहमा नेपाली कांग्रेस पार्टीको तर्फबाट निर्वाचित हुनुभएका पालिका–नगर–उपमाहानगर–महानगरपालिका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचित भई हाल पदमा कार्यरत रहनु भएका जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने भन्ने गर्ने निर्णय भएको हुँदा सोहीबमोजिम गर्नु गराउन हुन अनुरोध गर्दछु,’ पत्रमा भनिएको थियो ।

देउवा पक्षले १५ असोजबाट महाधिवेशन प्रक्रिया सुरु गरेको थियो । जसअन्तर्गत हालसम्म ४६ जिल्ला र १४० निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको बताइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2d ago
कांग्रेसमा शक्तिसंघर्ष: देउवाको उत्तराधिकारी खोजी थापा नेतृत्वमा असन्तुष्टि

कांग्रेसमा शक्तिसंघर्ष: देउवाको उत्तराधिकारी खोजी थापा नेतृत्वमा असन्तुष्टि

नेपाली कांग्रेस इतर पक्षको महाधिवेशन मिति नजिकिँदै गर्दा नेतृत्वको प्रतिस्पर्धा सुरु भएको छ।

#नेतृत्व #महाधिवेशन #देउवा
Compare →
Ekantipur
2d ago
देउवा पक्षको महाधिवेशन प्रक्रिया कसरी अघि बढ्दै छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

देउवा पक्षको महाधिवेशन प्रक्रिया कसरी अघि बढ्दै छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

देउवा पक्षले वडा, पालिका, क्षेत्र र जिल्ला तहका अधिवेशन सम्पन्न गरेर प्रदेश अधिवेशनको तयारी थालेको छ । आगामी ४ मंसिरमा प्रदेश अधिवेशन र २१–२३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ । यसै विषयमा देउवा पक्षको महाधिवेशन कसरी अघि बढ्दै छ भनेर पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

#महाधिवेशन #देउवा
Compare →
Hamro Patro News
21h ago
२०४६ पछिको प्रहरी नेतृत्व : नियुक्ति विवादित, बहिर्गमन पनि दुःखद

२०४६ पछिको प्रहरी नेतृत्व : नियुक्ति विवादित, बहिर्गमन पनि दुःखद

२०४६ पछिको प्रहरी नेतृत्व : नियुक्ति विवादित, बहिर्गमन पनि दुःखद नेतृत्वसम्बन्धी विवादले नेपाल प्रहरीको संस्थागत विकासमा गम्भीर असर त पारेको छ नै, चेन अफ कमान्डमा पनि यसको प्रभाव देखिन्छ । अनिश्चि...

#नेतृत्व #विवाद
Compare →

Related Stories

National (Nepal)
Build #2612