Trending
Prev Story
Next Story

दानबहादुरको रिट निवेदनमा मंसिर ७ गते अर्को सुनुवाइ

Onlinekhabar •
November 18, 2026 • 10:30 AM
3
3 reads 0 reactions

२ मंसिर, काठमाडौं । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुने भएको छ । न्यायाधीश श्रीकान्त पौडेलको इजलासले आगामी सोमबार (मंसिर ७) अन्तरिम आदेशको …

दानबहादुरको रिट निवेदनमा मंसिर ७ गते अर्को सुनुवाइ

२ मंसिर, काठमाडौं । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुने भएको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको इजलासले आगामी सोमबार (मंसिर ७) अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको हो ।

त्यो दिन रिट निवेदक कार्कीका कानुन व्यवसायी, कार्कीलाई हटाउने सरकारी निर्णयको प्रतिरक्षा गर्ने सरकारी वकिल र नवनियुक्त आईजीपी डा. मनोज केसीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीबीच बहस हुनेछ ।

सर्वोच्चले बुधबार भने अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षको छलफल पछिमात्रै अन्तरिम आदेशबारे निर्णय लिनका लागि छलफलमा डाकेको हो ।

मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदबाट हटाएर केसीलाई नियुक्त गरेको थियो ।

आफूलाई गैरकानुनी रुपमा पदबाट हटाएको भन्दै कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
35m ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।...

#सर्वोच्च-अदालत #आदेश #कार्की
Compare →
Nagarik News
1h ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अल्पकालीन आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अल्पकालीन आदेश

सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

#सर्वोच्च-अदालत #आदेश #कार्की
Compare →
Bizshala
1d ago
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका दानबहादुर...

#सर्वोच्च-अदालत #कार्की #दानबहादुर
Compare →
Hamro Patro News
3h ago
पूर्वआईजीपी कार्कीको रिटमा बहस सकियो, आदेश आउन बाँकी

पूर्वआईजीपी कार्कीको रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं– निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइको बहस सकिएको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाइपछि आदेश आउन ब...

#सर्वोच्च-अदालत #आदेश #कार्की
Compare →
Ekantipur
38m ago
आईजीपी विवादमा छलफलका लागि सर्वोच्चले ७ मंसिरमा तोक्यो पेसी

आईजीपी विवादमा छलफलका लागि सर्वोच्चले ७ मंसिरमा तोक्यो पेसी

सर्वोच्च दालतले बुधबार कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

#आदेश #मंसिर
Compare →

Related Stories

National (Nepal)
Build #2612