Trending
Prev Story
Next Story

दानबहादुरको रिट निवेदनमा कारण देखाऊ आदेश जारी, दुवै पक्षलाई छलफलमा बोलाइयो

Onlinekhabar •
November 18, 2026 • 10:00 AM
2
2 reads 0 reactions

२ मंसिर, काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका …

दानबहादुरको रिट निवेदनमा कारण देखाऊ आदेश जारी, दुवै पक्षलाई छलफलमा बोलाइयो

२ मंसिर, काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो । तर, अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे  छलफल गर्न दुवै पक्षलाई झिकाउने आदेश भएको छ । आदेश भने सार्वजनिक भइसकेको छैन ।

एकल इजलासले ‘कार्कीलाई किन प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्ने हो ?’ त्यसको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

सबै विपक्षीहरूको लिखित जवाफ पेश भएपछि सर्वोच्च अदालतले मुद्दाको नियमित सुनुवाइको पालो तोक्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
40m ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अल्पकालीन आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अल्पकालीन आदेश

सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

#सर्वोच्च-अदालत #आदेश #दानबहादुर
Compare →
Hamro Patro News
2h ago
दानबहादुर कार्कीको रिटमा बहस सकियो, सर्वोच्चको आदेश आउन बाँकी

दानबहादुर कार्कीको रिटमा बहस सकियो, सर्वोच्चको आदेश आउन बाँकी

काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले गत कात्तिक २० गते दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा बुधबार र...

#सर्वोच्च-अदालत #दानबहादुर #रिट
Compare →
Bizshala
1d ago
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका दानबहादुर...

#सर्वोच्च-अदालत #दानबहादुर #रिट
Compare →
Ekantipur
22h ago
ट्रेड युनियन खारेजीविरुद्धको दोस्रो रिट पनि संवैधानिक इजलासमा पठाइयो

ट्रेड युनियन खारेजीविरुद्धको दोस्रो रिट पनि संवैधानिक इजलासमा पठाइयो

नेपाल निजामती कर्मचारी संगठनले दायर गरेको रिटलाई सर्वोच्च अदालतको संयुक्त इजलासले संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो ।

#सर्वोच्च-अदालत #आदेश #रिट
Compare →

Related Stories

National (Nepal)
Build #2612